जातीय विभेद अन्त्य नभएसम्म देश समृद्ध हुँदैन : मुख्यमन्त्री राउत

दलित अनलाईन २० पुष २०७५, शुक्रबार १२:४३

जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दलित र मुस्लिममाथिको विभेद अन्त्य नभएसम्म देश समृद्ध हुन नसक्ने बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगद्धारा जनकपुरमा  विहिवार आयोजित जातीय भेदभाव तथा छुवाछुत विरुद्धको अधिकार सम्बन्धि प्रादेशिक सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले देश समृद्ध हुनका लागि दलित र मुस्लिममाथि भइरहेको विभेद अन्त्य गर्नुपर्ने धारणा राखेका हुन् ।


मुख्यमन्त्री रावतले प्रदेश २ मा १८ प्रतिशत दलित र १२ प्रतिशत मुस्लिम रहेको बताउँदै जनसंख्या आधारमै हरेक तहमा सिट आरक्षणको व्यवस्था गर्न लागेको जानकारी गराए . मुख्यमन्त्री राउतले संविधानमा जातीय भेदभाव तथा छुवाछुतलाई सामाजिक अपराधको रुपमा उल्लेख गरिएपनि व्यवहारमा कार्यान्वयन हुन नसकेकोमा दुःख व्यक्त गरे । नीति र कानुन जति आएपनि राज्य इमान्दार नभएसम्म विभेद अन्त्य हुनसक्दैनन् , ’अहिले पनि समाजमा दलित र मुस्लिममा विभेद हुँदा मुद्दा दर्ता किन हुँदैन’, उनले प्रश्न तेर्साउदै भने, किनकी राज्य अहिले पनि इमान्दार छैन ।’


२१ औं शताब्दीमा पनि दलितमाथि विभेद भइरहेको भन्दै मुख्यमन्त्री राउतले दु :ख ब्यक्त गरेका छन् । मुख्यमन्त्री राउतले दलितलाई अधिकार सम्पन्न बनाउन र शिक्षित बनाउन दलित शसक्तिकरण विधेयक ल्याएको बताए । उनले उक्त विधेयक पारित भएर ऐन बनेपछि दलितमाथि भइरहेको हरेक खालका विभेद अन्त्य हुने र छुवाछुत तथा विभेद गर्नेमाथि कडा कारबाही हुने पनि बताए । यस्तै दलित गैर सरकारी संस्था महासंघका अध्यक्ष भक्त विश्वकर्माले जातीय छुवाछूतलाई संविधान ऐन कानुनमा जोडबलले लिएपनि कार्यान्वयन हुन नसक्दा दलित समुदाय थप उत्पीडन भोग्नुपेरेको बताए ।

 

सम्मेलनमा प्रदेश २ का आठ जिल्लाकै दलित अगुवाहरुको सहभागिता छन् । शुक्रवारसम्म चल्ने सम्मेलनमा दलितमाथि भइरहेको विभेद र छुवाछुतको अवस्थाबारे अगुवाहरुले धारणा राख्ने कार्यक्रम छ । दलित अगुवाहरुको धारणा पश्चात विभेद र छुवाछुत अन्त्य गर्न कार्यनीति बनाएर अगाडी बढ्ने मानव अधिकार आयोगका लक्ष्य संम्मेलनका संयोजक दिपक विश्वकर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank