लोक सेवा विज्ञापनको विरोधमा राजधानीमै जल्यो प्रधानमन्त्री–मन्त्रीहरूकाे फोटो (फोटो फिचर )

दलित अनलाईन ३ श्रावण २०७६, शुक्रबार २२:३३

खोटाङ्ग,जनकपुर, इटहरी र कैलाली मन्त्रीका पुत्ला दहन

 

काठमाडौं– लोक सेवा विज्ञापनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओली सहित मन्त्री लालबाबु पण्डित र लोक सेवा आयोगका अध्यक्षको फोटो जलाइएको छ ।
शुक्रबार एक महिना अघिबाट आन्दोलनरत आरक्षण बचाउ आन्दोलनको एक घटक तराई मधेस राष्ट्रिय परिषदले आयोजना गरेको विरोध प्रदर्शनले प्रधानमन्त्री केपी ओलीसँगै मन्त्री लालबाबु पण्डित र लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको फोटो जलाइएको हो ।


प्रदर्शनकारीले भृकुटीमण्डपदेखि सुरू गरेका ¥याली शहीदगेट, असन हुँदै बांगेमुढासम्म पुगेको थियो । बांगेमुढामा पुगेर प्रदर्शनकारीले प्रधानमन्त्री ओली, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमीसुधार तथा सहकारी मन्त्री पद्मा अर्याल र सरकारका प्रवक्ता गोकुल बाँस्कोटाका फोटोहरू जलाएका थिए ।


फोटोहरू जलाएपछि कोणसभालाई सम्बोधन गर्दै परिषदको नेतृत्वले लोकसेवा आयोगको असंवैधानिक विज्ञापन विरुद्ध तत्काल खारेज नभए आन्दोलन झनै चर्किने दावी गरे । । प्रदर्शनकारीहरुले प्रधानमन्त्री केपी ओली र मन्त्री लालबाबु पण्डितको विरुद्धमा नाराबाजी समेत गरेका थिए ।


पाँच सय ५५ स्थानीय तहका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसका आधारमा आयोगले जेठ १५ गते नौ हजार १ सय ६१ पदका लागि विज्ञापन खुलाएको थियो । उक्त विज्ञापन संविधानले सुनिश्चित गरेको समावेशी सिद्धान्तविपरीत रहेको भन्दै फिर्ता लिन माग गदै आन्दोलनरत छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank