कांग्रेस नेता एवं पूर्वमन्त्री गोविन्द शाहले २४ वर्षसम्म दलित महिलालाई शारीरिक सम्बन्ध राखेर दलित भएको भन्दै विवाह गर्न मानेनन् , पीडितले अदालतमा मुद्दा हालिन्

दलित अनलाईन १२ पुष २०७५, बिहीबार १२:०५

आछाम –पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्द शाहसँग नाता कायम गरी पाउ भन्दै दलित समुदायका महिला नेतृ राधिका भूजलले मुद्दा दर्ता गरेकी छिन् ।
आफुसँग विवाह गछु भनेर २४ वर्षसम्म शारीरिक सम्बन्ध राखेपनि अहिले आएर दलित समुदाय भनेर हेला गर्दै विवाह नगरी श्रीमतिको रुपमा स्वीकार्य नगरेको भन्दै महिला नेतृ भुजेलले न्यायको लागि जिल्ला अदालत अछाममा मुद्दा दर्ता गरेकी हुन् ।

राज्यमन्त्री शाहले विवाह गर्ने भनेपछि आफूले २३ वर्ष अघि देखि शारीरिक सम्बन्ध राख्दै आएको पनि खुलासा दलित अनलाईनसँग गरिनन् । शाहको सल्लाह अनुसार औपचारिक रुपमा १४ वर्ष अघि गोरर्खाको मनकामना मन्दिरमा गएर सिन्दुर हालेको नेतृ भुजेलको भनाई रहेको छ । यस्तै २ वर्ष ९ महिना अघि बनाएको पासपोर्टमा पनि गोविन्द बहादुर शाहको श्रीमान भनेर नाम उल्लेख गरिएको भुजेलको भनाई रहेको छ । पासपार्ट बनाउन वेला शाहले आफूलाई दिएको उनको सक्कल नागरिकता पनि आफूसँग नै रहेको पनि दलित अनलाइनलाई जानकारी दिइन् । पटक पटक पूर्व राज्यमन्त्री शाहलाई विवाह दर्ता गरौं भन्दा उल्टै दलित समुदायको भनेर विवाह गर्न नमान्दा न्यायको लागि जिल्ला अदालत अछाममा साउन ३० गते मुद्दा हाल्न वाध्य भएको भुजेलको बताइन् । ‘यो नियात नै बेठिक हो, मन्दिरमा सिन्दुर हालेर विवाह दर्ता नगर्नेमाथि कारबाही हुनुपर्छ । ’


जवानी उमेरमा १५ वर्षसम्म शाहसँगै बसेपनि अहिले दलित समुदायको भनेर छोडेकोमा राधिकाले बताइन् । तिमि दलितकी छोरी म ठकुरीको छोरा भनेर जातिगत आधारमा आफूलाई विभेद गरेपछि नाता कायमको लागि अदालतमा गएको भुजेलको भनाई छ । भुजेलको मुद्दा अहिले जिल्ला अदालतमा विचारधिन अवस्थामा रहेको स्रोतले जनाएको छ ।

यस्तै नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा अछाममा आउँदा पनि विवाह गरेको भनेर स्विकार गरेका शाहले भुजेलको दाबी रहेको छ । शाहले जवानी उमेरमा आफ्नो अस्मिता लुटेपनि अहिले ४५ वर्षको वुढेसकालमा दलित समुदायको भनेर घर न घाँटको बनाएको कानुनी लडाई लड्ने उनको दावी छ । राधिकाले आफू न्यायको लागि जिल्ला अदालतदेखि सरोकारवाला पक्षलाई गुहार्दै आएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank