सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन पारित गर्न ढिलाइ : अध्यक्ष तपबहादुर मगर

दलित अनलाईन २४ मंसिर २०८०, आईतवार १८:०६

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा विचाराधीन रहे पनि पारित हुन ढिलाइ भएको गुनासो गरेका छन्।

आइतबार काठमाडौंमा ७५औं अन्तरराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। सत्य निरूपण तथा मेल मिलापआयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा विचाराधीन रहेको भन्दै राजनीतिक सहमतिको नाममा ढिलाई हुँदा अपेक्षित परिणाम हासिल हुन नसकेको उनले गुनासो गरे।

उनले भने, ‘विगत सत्र वर्षदेखि पूरा हुन नसकेको संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुरÞ्याउन सरकारले पटकपटक प्रतिवद्धता जाहेर गरे पनि सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा विचाराधीन छ। राजनीतिक सहमतिको नाममा ढिलाई भएको कार्यले अपेक्षित परिणाम हासिलहुन सकेको छैन।’

उनले नेपालको मानवअधिकार अवस्थामा केही सकारात्मक सुधारहरु देखिएको जानकारी दिए। तीनै तहको सरकारले नीति तथा कार्यक्रम र वार्षिक बजेटमार्फत मानव अधिकारका विषयहरुलाई सम्वोधन गर्न आवश्यक रहेको उनको भनाइ छ।

उनले भने, ‘नेपालको मानवअधिकार अवस्थामा केही सकारात्मक सुधारहरु देखिएका छन्। नेपालीको राजनीतिक अधिकारको प्रयोग मजबुत बन्दै गएको, संघीय संसद, प्रदेश सभा र स्थानीय तहबाट समेत मानव अधिकारसँग सम्बन्धित कानूनहरु निर्माण हुँदै आएका छन्। तीनै तहको सरकारले नीति तथा कार्यक्रम र वार्षिक बजेटमार्फत मानव अधिकारका विषयहरुलाई सम्वोधन गर्न आवश्यक छ।’

उनले संक्रमणकालीनन्यायका संयन्त्रहरूलाई अधिकार सम्पन्नबनाउने कार्यमा अन्तरराष्ट्रिय मूल्य मान्यता, सर्वोच्च अदालतको आदेश र आयोगको सिफारिस बमोजिम ऐन संशोधन गरी विश्वसनीय संक्रमणकालीन संयन्त्रहरू गठनमार्फत प्रभावकारी कार्य सम्पादनबाट टुङ्गोमा पुर्याउनुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank