सुदूरपश्चिम सरकारबाट रवि अाेडलाई सम्मान

दलित अनलाईन ९ पुष २०७५, सोमबार २३:३०

धनगढी – नेपाल आइडल सिजन–२ का विजेता रवि वडलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले स्वागत तथा सम्मान गरेका छन् ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष कार्यक्रममा आइडल रविलाई स्वागत र सम्मान कार्यक्रमा गरिएको हो । स्वागत सम्मान कार्यक्रममा मुख्यमन्त्री भट्टले अवसर पाएमा पछाडि पारिएको व्यक्तिले गर्न सक्छ भन्ने पुष्टि गरेको बताए ।

मुख्यमन्त्री भट्टले रविले नेपाल आइडल मार्फत आफ्नो भुगोललाई चिनाउन खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताए । उनले यस क्षेत्रको कला, संस्कृतिको संरक्षण र कलाको उत्थानका लागि प्रदेश सरकार तयार रहेको बताए ।

‘प्रतियोगिता आयोजना गर्ने संस्थालाई धन्यवाद छ’, उनले भने, ‘ग्रामिण बस्तीको कलाहरुलाई अगाडि ल्याएको छ ।’ उनले कला संस्कति उजागर गर्न प्रदेश सरकार गम्भीर भएको धारणा व्यक्त गरे ।

कार्यक्रममा विजेता रविले नेपाल आइडल मार्फत सुदूरपश्चिमलाई चिनाउन पाउँदा खुसी लागेको बताए । सुदूरपश्चिमको माया सद्भाव ले गर्दा आइडल जिताएकोमा उनले खुसी व्यक्त गरे ।

‘सबैको साथ सहयोगले नेपाल आइडल विजेता बन्न सफल भएको छु’ उनले भने, ‘तर संगीतको पहिलो खुट्किलो मात्र पार गरेकोले अझै पनि मैले धेरै संघर्ष गर्नुपर्ने छ ।’ स्वागत सम्मान कार्यक्रममा सामाजिक विकास मन्त्री कृष्ण सुवेदी, कैलालीको प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड लगायत विशिष्ठ व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank