आगलागी दलित परिवारलाई नगरपालिकाको सहयोग

दलित अनलाईन १८ मंसिर २०७५, मंगलवार २१:१६

मणिलाल विश्वकर्मा

लहान-सिरहाको लहानसँगै जोडिएको सप्तरीको सुरुङ्गा नगरपालिका ११ मलहनियाका एक दलित समुदायका आगलागी पीडित परिवारलाई नगरपालिकाले आपत्कालीन राहत सहयोग उपलब्ध गराएको छ ।

उक्त नगरपालिकाको ११ नं. वडामा पर्ने मलहनियाका जयकुमार सदायको परिवार १४ मंसिरमा भएको आगलागीपछि बिचल्लीमा परेपछि आपत्कालीन राहतको रुपमा नगद, लत्ताकपडा र खाद्यान्न सामग्री सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले बताए ।

प्रमुख प्रशासकीय अधिकृत दासका अनुसार नगर प्रमुख मुक्तिनाथ चौधरीसहित नगरपालिका विपद् व्यवस्थापन शाखाका कर्मचारीको टोलीले पीडित सदायको घरमै पुगेर राहत सामग्री उपलब्ध गराएको हो । राहत सामग्रीमा दुई थान ब्ल्याङ्केट, दुई थान तकिया, एक थान त्रिपाल, चामल, चिउरा, मुरही लगायतका खाद्यान्न सामग्री रहेको थियो ।

सदाय परिवारलाई नगर प्रमुख चौधरीले व्यक्तिगत रुपमा पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए । उनलाई तत्काल आपत्कालीन राहत स्वरुप सहयोग गरिएपनि पुनःस्थापनाका लागि नगर कार्यपालिकाको बैठक बसेर थप सहयोग उपलब्ध गराइने नगर प्रमुख चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank