विजय राम हत्या प्रकरणमा : तीन प्रहरी निलम्बित

दलित अनलाईन १६ भाद्र २०७७, मंगलवार २२:३०

काठमाडौं— हिरासतमा रहेका विजय रामको प्रहरी कुटाईबाट हत्या भएको भन्दै मृतकका परिवार र दलित अधिकारकर्मीहरुले घटनामा संग्लन प्रहरीलाई कारबाही माग गदै आन्दोलन चर्काउँदै गएका बेला जिल्ला प्रहरी कार्यालय रौतहटले तीन प्रहरी निलम्बित गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलबार विज्ञप्ति जारी गदै  प्रहरी  निरीक्षक नवीनकुमार सिंहलाई ६ महिला र हवल्दारद्वय हिरोज मियाँ धुनियासगै मन्नुकुमार सिंहलाई थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुञ्जेलसम्मका लागि निलम्बन गरेको हो ।

हत्या आरोपमा नियन्त्रणमा लिएका आरोपीको सोधपुछ गर्ने क्रममा थुनामै मृत्यु भएको सन्दर्भमा तीन प्रहरीलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरी हिरासतभित्र भएका विजय रामको हत्यासँगै देशभरी दलित समुदायमाथि भएका योजनाबद्ध र सुनियोजित हत्याका दोषीहरुलाई हदैसम्मको कानुनी कारबाहीको माग गदै पिडीतलाई न्याय तथा क्षतिपूर्ती माग गदै रौतहट जिल्ला प्रहरी कार्यालय अघि दलित अधिकारकर्मीहरु धर्ना तथा आन्दोलनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank