समृद्धिको नाराले दलित समुदायलाई छुन सक्छ ? अष्ट्रेलियन राजदूत पीटर बड

दलित अनलाईन २ पुष २०७५, सोमबार २२:०४

काठमाडौ– नेपालका लागि अष्ट्रेलियन राजदूत पीटर बडले समृद्धिको नाराले दलित समुदायलाई छुन सक्ने नीति ल्याउन सरकारलाई आग्रह गरेका छन् ।
डिग्निटी इनिसियटिभ्सले समृद्धिका लागि सामाजिक न्याय कार्यक्रमा बोल्दै बडले पिंधमा पारिएको दलित समुदायलाई समृद्धिको नाराले छुनु पर्ने नीति ल्याउन सरकारलाई आग्रह गरेका हुन् ।
समृद्धिका सन्दर्भमा आयोजना गरिएको यो नीति–संवादले दलित समुदायको दृष्टिकोणबाट नेपालको समृद्धिका लागि पक्कै पनि एक किसिमको दृष्टिकोण दिने कुरामा विश्वस्त रहेको बताउँदै सबै जातिजाति समुदायलाई न्याय दिलाउने समृद्धिको खोचो रहेको बडले टिप्पणी गरे । ‘समृद्धिको नाराले सबैलाई न्याय दिलाउनुपर्छ, न कि कुनै समुदाय छुट्नुहुँदैन । ’


एउटा मित्र राष्ट्रका हिसाबले अष्ट्रेलिया नेपालको स्थायित्व र समृद्धिको पक्षमा निरन्तर सहकार्य गर्न चाहेको बताउँदै नेपालमा सबैभन्दा पछाडि पारिएका र गरिबीको रेखामुनी रहेका नागरिकको मानवीय विकासका लागि केही सहयोग पुगोस भन्ने अपेक्षा राखेर आफुहरुले कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । ‘लैंगिक समानता र सामाजिक समावेशीकरणका क्षेत्रमा सहयोग गर्नु अष्ट्रेलियन राजदुतावासको एउटा महत्वपूर्ण काम हो , ‘सबै नागरिकले आफ्नो अधिकार उपभोग गर्न पाउनेछन् ।’


डिग्निटी इनिसियटिभ्सले सातै प्रदेशमा दलितका लागि समृद्धिका विषयमा छलफल र अन्तक्र्रिया गरे एउटा महत्वपूर्ण नीति सम्वाद गरेको भन्दै राजदूत बडले दलित समुदायका सरोकार र एजेण्डालाई सार्वजनिक बहसमा ल्याउन सहयोग बताउँदै समावेशी र सहभागीतामुलक लोकतन्त्र, नीति निर्माण निर्णय प्रक्रियामा सहयोग पुु¥याउने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank