मन्त्रिपरिषद् बैठककाे चार निर्णय

दलित अनलाईन ११ कार्तिक २०७५, आईतवार १९:१०

काठमाडौं-सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भम्रण स्वीकृत गरेको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले भण्डारीको ४ दिने कतार भ्रमण स्वीकृत गरेको हो । राष्ट्रपति भण्डारी ४ दिने औपचारिक भ्रमणका लागि सोमवार कतार जाँदैहुनुहुन्छ ।

त्यसैगरी बैठकले गोरखापत्र संस्थापनका महाप्रबन्धक बसन्तप्रकाश उपाध्यायलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयाे । उहाँका अनुसार बैठकले मलेसियासँग रोजगार सम्झौता गर्न श्रममन्त्री गोकर्ण विष्टलाई अख्तियारी दिने निर्णय समेत गरेको छ ।

त्यस्तै कृषि तथा पशुपंक्षी विकास सम्बन्धी, स्वास्थ्य सम्बन्धी, सुरक्षा सहयोगसम्बन्धी, प्रेस तथा सूचनासम्बन्धी र कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिने समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank