प्रहरी हिरासतभित्र मृत्यु : उब्जाएका प्रश्न

दलित अनलाईन ३० भाद्र २०७७, मंगलवार २२:४१

 

असोज १ गतेबाट :  नेपालमा दलित भविष्य

कोरोना महाव्याधिका बेला पनि देशभर दलित समुदायमाथि रोगभन्दा भोक र भोकभन्दा, शोकसँगै पीडायुक्त श्रृंखलाबद्ध हत्या प्रकरणको थर्मोमिटरले थिचिरह्यो । जातीय आधारमा दलित समुदायमाथि छुवाछुतजन्य विभेद हुँदै हत्या हिंसा, कुटपिट, थिचोमिचो भइनै रह्यो । जातीयताको निहुँमा दलित समुदायमाथि छुवाछुत र विभेदका घटना देशव्यापी रुपमा घटे । दलित समुदायमाथि जातीय आधारमा हुने श्रृंखलाबद्ध हत्या हिंसा,कुटपिटका घटनाले संविधानका मौलिक हकको अपमान नै ग¥यो । तर कानुनी कारबाही भने निकै फितलो रह्यो । संविधानको मैलिक हकमा लेखिएको कानुनकै उपहास भयो ।  मनवीरे सुनार, सेते दमाईं, मना सार्की, शिवशंकर दास, लक्ष्मी परियार, राजेश नेपाली, श्रेया सुनार, रूपमती दास, रेश्मा रसाइली, माया विक, अस्मिता तोलामी सार्की, संगीता परियार, झुमा विक जातको निहुँमा मारिएका लोकतान्त्रिक गणतान्त्रिक नेपालका कुरुप डर लाग्दो तस्बिरहरु हुन् । संविधान र कानुनबाट समेत तिरस्कृत ,बहिस्कृत र अपहेलित छन् दलित समुदायहरु । त्यसका कारणहरु माथि तेस्साईएका घटनाहरुमध्ये कतिले न्याय प्राप्त गरे, कतिपय घटनाहरु अझै न्यायको पखाईमा छन् । कानुनी न्यायका लागि संघर्ष जारी छ । अन्तरजातीय प्रेम गरेको निहुँमा मारिएका काभ्रेका अजित मिजारको शव दाहसंस्कारको लागि न्यायिक संघर्षको अडान र दोषीले कारबाही भएपछि छोराको शव बुझ्ने मागले गर्दा साढे चार वर्षदेखि शिक्षण अस्पतालमा शव छ । नवराज विक र उनका साथीहरुको शव टिचिङ्ग अस्पतालमा आउन नपाए पनि मिजारको शव वार्डमा विजय रामको शव थपिएको छ । न्यायको पर्खाइमा अस्पतालको शव वार्डमा रहेको अजितको शवले न्याय पाउँछ ? या पाउँदैन आशा धेरै कमैले गरेका छन् । तर अजितको शव वार्डमा थपिएको प्रहरी कुटाईबाट हिरासतभित्र रहेका विजय रामको हत्यापछिको मृत्यु प्रकरणको शव न्यायको मुद्दासँग शव वार्डमा थपिएको छ । थपिएको मात्रै छैन कि, मधेशभित्र बदलिदो रुपमा देखा परेको हत्या श्रंखृलाले प्रतिविम्ब बन्दै छोरोको हत्या प्रहरीबाटै गरेको दावी गरेको परिवारले शव नबुझने अडानपछि शव टिचिङमै छ ।

केन्द्रिय दलित आन्दोलन कमजोर अवस्थामा देखिरहेका वेला प्रदेश २ मा दलित आन्दोलन सशक्त रुपमा देखिएको छ । समुदायमाथि प्रशासनिक तवरबाटै हत्या श्रृंखला दोहोरिएको भन्दै आन्दोलन झनै तेजिलो बनाउँदै लगेका छन् । रौतहट गरुडा नगरपालिका–८ जिंगडियाका १९ वर्षीय दलित युवा विजय रामको घटनाले गरुडा प्रहरी प्रशासनलाई हम्मेहम्मे परेको छ । २० वर्षीय निरञ्जन राम चमारको गरुडामै रहस्यमय ढंगले भएको हत्या र सोही घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १९ वर्षीय विजय रामको प्रहरी कुटाईले मृत्यु भएको थियो । निरञ्जनको हत्या हुनु जघन्य अपराध हो । उनको हत्यालाई विभिन्न घटनामा जोडेर हेरिए पनि खास कारण पत्ता लागेको छैन । यसबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्छ । अनुसन्धानकै क्रममा हिरासतमा लिएका व्यक्ति विजय राम प्रहरीको कुटाईबाट उपचारको क्रममा भएको मृत्युले भएपछि केही आशंका र प्रश्नहरु उब्जिएका छन् । लकडाउनको भोक प्यासले मलरा सदाको मृत्यु पहिलो घटनाको रुपमा देखा परेपनि प्रदेश २ मा दलितमाथि हत्या श्रृंखला रोकिने पक्षमा छैन, झनै बढ्ने गतिमा छ । एकपछि अर्को गर्दै हत्या क्रमिक रुपमा भइरहेको छ । जेठ ५ गते कंचनरुप नगरपालिका ५ सप्तरीका मलरा सदा,कर्जनहा नगरपालिका सिरहा–३ बिगुल पासमान र दुई छोरी र एक छोराको भोक प्यास मिटाउन र भोकमरी सहन नसक्दा मोरङ सुन्दरहरैंचा नगरपालिका–१० की ४७ वर्षीया अशोक दर्जीले मृत्युको बाटो रोजे । अपराध मुद्दा लागेर हिरासतमा पुगेका वा तर न्यायिक फाँटको प्रक्रियामा रहेका व्यक्तिहरुको प्रशासनिक निकाय वा हिरासतभित्र मृत्यु प्रकरण दोहोरिदै गएपछि दलित समुदाय त्रसित मात्र बनेका छैनन्, ‘अब त अति भयो, ‘छुवाछूतको बली’ भन्ने मनोभाव पर्न थालिसकेको छ । यी पछिला प्रहरी हिरासतभित्र भएको हत्या प्रकरणले त्यही भन्छन् ।

 

अपराध मुद्दा लागेर हिरासतमा पुगेका वा न्यायिक फाँटको प्रक्रियामा रहेका व्यक्तिहरुको प्रशासनिक निकाय वा हिरासतभित्र मृत्यु प्रकरण दोहोरिदै गएपछि दलित समुदाय त्रसित मात्र बनेका छैनन्, ‘अब त अति भयो, ‘छुवाछूतको बली’ भन्ने मनोभाव पर्न थालिसकेको छ । यी पछिला प्रहरी हिरासतभित्र भएको हत्या प्रकरणले त्यही भन्छन् ।

सप्तरी डाक्नेश्वरी– १० सखुवाका ५४ वर्षीय सुकदेव मण्डल, विराटनगर उपमहानगरपालिका– १६ राजेश ऋषिदेव, सप्तरी शम्भुनाथ– ३ कचनदाहाका ४२ वर्षीय त्रिभुवन राम, लहान न.पा. १ मटियरवा, सिरहा रोशन राम, छिरेश्वर नगरपालिका–३ धनुषा अञ्जनी कुमारी सदा, धनौजी नगरपालिका–१, धनुषाकी अमिरका कुमारि दास , रौतहट गढीमाई–३ लक्ष्मीपुर मुसरीटोलकी ३५ वर्षीय मिन्त्रादेवी बैठा, देवदह नगरपालकिा वडा नं. ११, रुपन्देही अंगिरा पासी, धनुषा सबैला–१२ वर्कुवानिवासी २३ वर्षीय शम्भु सदाको हत्या भयो । रौतहट जिल्ला गरुडा नगरपालिका वडा नं.५ को निरञ्जन रामको हत्या र सोही हत्यामा जबरजस्त फसाउन सोही वडाका विजयराम चमारलाई इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी प्रमुख, प्रहरी नायब उपरिक्षक समेतले पक्राउ गरी प्रहरी हिरासतभित्र हत्या गरेको साबिती गराउन विजयराम चमारलाई अमानवीय तवरबाट यातना र कुटपिट गरी हत्या भयो । जुन कुरा लाशको पोष्टमार्टम रिपोर्टबाट पनि पुष्टि भइसकेको छ । विजय रामको हिरासतभित्र भएको प्रहरी ज्यादती र प्रहरी प्रशासनको छविमाथि नै प्रश्न चिह्न तेर्सिएको छ । घटनामा प्रहरीको प्रत्यक्ष संग्लन रहेको मृतकका आफन्तजन र दलित अधिकारकर्मीहरुले संघर्ष समिति बनाएर मधेश आन्दोलन तताएका छन् । हिरासतभित्र रहेका विजय रामको प्रहरी कुटाईबाट मृत्यु भएपछि केन्द्रिय तहमा सडकमा आउन नसकेको दलित आन्दोलन रौतहटको गरुडा,धनुषा वा जनकपुरले केन्द्रिय तहलाई धक्का दिएकै हो । तर केन्द्रीय तहको बलविना नै आफै नै निर्णय र आन्दोलनको रणनीति अनुरुप अघि बढेको आन्दोलनले समुदायमाथि भएका हत्याका घटनामा न्यायिक सुधारउन्मुख रहेको ठहर गर्छ ।  प्रहरीले इन्स्पेक्टर नवीन सिंह तथा हवल्दार फिरोज मियाँ धुनियाँ र मुन्ना सिंहलाई निलम्बन गरेको छ । इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ज्ञानकुमार महतो प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्का प्रहरी प्रधान कार्यालय तानिएका छन । तर, दोषी प्रहरीलाई पक्राउ गर्नुपर्ने पीडित परिवारको माग छ । र आन्दोलन निरन्तर चर्काउँदै लगेका छन् । मृतक विजयका बाबु पनिलालले यातना र ज्यानसम्बन्धी कसुरमा रौतहटका तत्कालीन एसपी खड्का, गरुडाका डिएसपी महतो, प्रहरी निरीक्षक सिंह, सइ वीरेन्द्र यादव, हवल्दार फिरोज मियाँ धुनियाँ र मुन्ना सिंहविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा जाहेरी दर्ता गराएका छन् ।

दलित समुदामाथिको ज्यादती र हत्या हिंसाका श्रृंखलाबद्ध घटनाहरु देशव्यापी रुपमा लकडाउनकै बीचमा बढ्दो छ । विजयको जस्तै दर्दनाक मृत्यृवरण कम पीडादायी पक्कै थिएन्, धनगढी ५ का १९ वर्षीय रोशन विकको हत्या प्रकरण । चोरी आरोपमा प्रहरी हिरासतमा रहेका रोशनको शौचालयभित्र झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी प्रतीक विष्टको दावी छ । तर परिवार र दलित अधिकारकर्मीहरु यो घटना मृत्यु नभएर हत्या भएको भन्दै आक्रोशित समूहले मिडिया हाउसमाथि समेत आक्रमण गरी थप आन्दोलन चर्काउँदै र प्रहरी प्रशासनमाथि आन्दोलन बलियो बनाउँदै लागिरहेका छन् । विजय रामको होस् या रोशन विकको प्रहरी हिरासतभित्र मृत्यु हुनु अपराध त भइनै हाल्यो, हिरासतको सुरक्षा अवस्था कमजोर र प्रहरी प्रशासनको गैरन्यायिक हत्या काबुल श्रृंखलाले फेरी दलित आन्दोलनलाई झस्काएको छ ।  प्रहरी प्रशासनले नै कसैको प्रभावमा परेर यस्तो यातना दिएको र जर्बजस्ती दोषी करार गराउन खोजेको परिवारको आरोप छ । यो आरोप निराधार होइन भन्ने प्रहरी प्रशासनले पुष्टि गर्न सक्नुपर्छ । होइन भने पटकपटक एउटाको गल्तीमा अर्कै व्यक्तिलाई बलपूर्वक दोषी ठह¥याउने गरेको भनेर विगतमा पनि प्रहरी प्रशासनमाथि लाग्ने गरेको आरोपलाई यो घटनाले बल पु¥याउनेछ । जनतालाई सुरक्षा दिने दायित्व बोकेको प्रहरीले आफ्नै नियन्त्रणमा रहेका नागरिकको त सुरक्षा गर्न सक्दैन भने अन्य नागरिकले कसरी सुरक्षाको अनुभूति गर्न सक्छन् ? प्रहरीको गतिविधिप्रति जनता सशंकित बन्नुपर्ने अवस्था आउनु हुँदैन । संविधान कार्यान्वयनमा गएको पनि पाँच वर्ष पूरा भई छ वर्षमा लाग्दै छ । कार्यान्वयनको चरणमा रहेको संविधान व्यवहारिक रुपले कार्यान्वयन गर्ने निकाय प्रहरी प्रशासन नै हत्या हिंसा घटनामा आफै संग्लन हुनु लज्जाको विषय मात्रै होइन, प्रहरी प्रशासनको छविमाथि प्रश्न हो ।प्रहरीले समयमै आफ्नो गल्ति औल्याउँदै प्रहरीले पीडीत परिवारले भनेको जस्तै दोषीहरुलाई कारबाही गर्न गरी न्याकि फैसला गरोस् ।हिरासतभित्र गैरन्यायिक हत्या हुने वा क्रुर हत्याको क्षमा कदापि हुन सक्दैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank