अन्तरजातीय प्रेम सम्बन्धमा रहेका नितेश विश्वकर्मा पुगे प्रहरी हिरासतमा

दलित अनलाइन चैत्र २२, २०८१

काठमाडौं– अन्तरजातीय प्रेम सम्बन्धमा रहेका रौतहट चन्द्रपुर नगरपालिका वडा १० बालचनपुरका दलित युवा प्रहरी हिरासतमा पुगेका छन् ।
रौतहट जिल्ला चन्द्रपुर नगरपालिकाका वडा १० बालचनपुरका नितेश विश्वकर्मालाई केटी पक्षको पहलमा काठमाडौबाट पक्राउ गरी ईलाका प्रहरी कार्यालय चन्द्रपुरको हिरासतमा राखिएको हो ।

चन्द्रपुर नगरपालिकाका वडा १० बालचनपुरका नितेश विश्वकर्माले स्थानीय ममता साहसँग एक वर्षदेखि प्रेम सम्बन्धामा रहेका थिए । उनीहरुको प्रेम सम्बन्ध रहेको स्थानीयहरुले थाहाँ पाएपछि २०८१ बैशाख १४ गते दुवै जनाको उमेर कम भएको भन्दै ईलाका प्रहरी कार्यालय चन्द्रपुरमा जिम्मा लगाएको थियो ।

नितेश विश्वकर्माका बुबा जितबहादुर विश्वकर्माका अनुसार छोराको उमेर कम भएको भन्दै एक वर्षअघि वडा कार्यालयमा समेत छलफल गरी प्रहरीको जिम्मा लगाए उमेर नपुगेको भन्दै प्रहरीले दुवैको परिवारलाई केटाकेटीहरुको जिम्मा लगाएका थिए । २०६३ असोज १ गते जन्मिएका नितेश विश्वकर्मा र २०६४ मंसिर २५ गते जन्मिएकी ममता साहबीच डेढ वर्षदेखि प्रेम सम्बन्धमा छन् ।
उनीहरु बीचको प्रेम सम्बन्ध उमेर नपुगेको निहुँमा गाउँदेखि प्रहरीसम्म पुगेर आ–आफ्नो परिवारले जिम्मा लिए पनि एक-अर्काबीच प्रेम सम्बन्ध झनै झागिदै गएको थियो ।
केटीपक्षले उमेर नपुगेको भनिएकी ममता साहको विवाह गर्न थालेपछि २०८१ फागुन १२ गते फेरी विवाहको दिन नितेश र ममता साह घरबाट भागेका थिए ।

विवाहको दिन दलित केटासँग केटी भागेपछि केटीपक्षका युवाहरुले केटापक्षको घरमा आई तोडफोड् गर्नुको साथै नितेश विश्वकर्माको घरमा ताला लगाई घर परिवारलाई विस्थापित गरेका थिए ।

घटना घटेको एक हप्तापछि फागुन १८ गते दलित अधिकारकर्मी र दलित आयोगको पहलमा दुवै पक्षबीच केटीकेटीलाई खोज्ने गरी सहमति भएको बाबु जितबहादुर विश्वकर्माले बताए । दुवै पक्षबीचमा विवाह गर्न केटाकेटीको उमेर नपुगेको भनि सहमतिमा भएको कुरालाई अहिले आफ्नो छोरालाई झुटा मुद्दामा फसाउने गरी काठमाठौंबाट पक्राउ गरी रौतहट ईलाका प्रहरी कार्यालयमा राखेको बताए ।

Laxmi sunrise bank 2034

दलित भएकै कारण आफुहरुमाथि पटक पटक अन्याया र अत्यचार गएको विश्वकर्माले बताए । घरमा केटीपक्षका मान्छेहरु आई ताला लगाए, अहिले जबरजस्तीकरण सम्बन्धीत मुद्दा लगाउने गरी आफुहरुमाथि केटीपक्षले धम्की दिएको बाबु जितबहादुरले बताए । ‘उनीहरुबीच प्रेम सम्बन्ध रहेको सबैलाई थहाँ छ, ‘पटक पटक उनीहरु प्रेमलाई बचाउन घर छोडेर भागेका छन् , ‘यो कसरी जबरजस्तीकरण हुन सक्छ ? विश्वकर्माले भने,हामीमाथि अन्याया भयो । ’

जातीय भेदभाव गरी घरबाट विस्तापित गरेको भन्दै नितेशका बाबु जितबहादुर विश्वकर्माले दलित आयोगलाई घरमा बस्न शान्ति सुरक्षा गरी पाउँ भनि निवेदन दिएका थिए ।

उमेर नपुगेको भनेर दुवै पक्षको सहयोगमा केटालाई पक्राउ गरी अनुसन्धान गर्न हिरासतमा लिएको ईलाका प्रहरी कार्यालय चन्द्रपुर रौतहटका डिसपी राजकुमार राईले बताए । ‘हामीहरुले पक्राउ गरी लिएका होइन, उहाँहरुको परिवारले नै हामीसँग ल्याउनुभएको हो । केटीको उमेर नपुगेको कारणले गर्दा हामीले दुवै पक्षलाई छलफल गरी अनुसन्धान अगाडी बढ्छौं । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank