रविको संघर्ष अनि नेपाल आइडलको यात्रा

दलित अनलाईन २० मंसिर २०७५, बिहीबार २०:५५

 

सागर नेपाली

सुगम सजिलो गन्तब्य, तर ‘सुदुर’ धेरै अर्थ र पीडा बोकेको एउटा गहन शब्द, सु अनि दुर (सुदुर) अत्ति टाढा, विकास गति अवसर शिक्षा स्वास्थ्य धेरै कुराबाट दुर छ । यो सुदुर, राजधानीबाट दुर छ । यो सुदुर, कमल हिलोमै फुल्छ, चट्टान चिरेर भए पनि त्यो कोमल विरुवा आफु बाहिर निस्कन्छ । सुदुर पश्चिम कंचनपुरका रवि ओडको संघर्ष पनि त कम छैन । गरिबी, अभाव, भुटभुटी, छटपटी यीनका पर्याय हुन । सुगमता, सहजता, उपलब्धतामा मान्छे निकै निखारिन्छ, तिखारिन्छ । तर यिनका लागि यी सब स्वप्न थिए । आफ्नै बलबुता र संघर्षले यिनी चट्टान फोडेर निस्केका हुन । लाखौ प्रतिष्पर्धीबाट उत्कृष्ट ५ मा पुग्नु त्यसको ज्वलन्त उदाहरण हो । ५ नै प्रतिष्पर्धी अब्बल छन् अब फाइनलसम्म कसलाई पुर्याउने त्यो जनताको हातमा छ ! तर त्यसभित्र पनि रवि ओडको अब्बल प्रस्तुती सबैलाई काफी छ ।
उन्नति प्रगति विकासमा पश्चिमको दाजोमा पुर्व सधै अघि आउने गर्दछ, युग त प्रतिष्पर्धाकै हो । तर विभिन्न आरोह अवरोहका कारण केहि यस्ता प्रतिष्पर्धा पनि यतैको पोल्टोमा पर्ने गरेको छन । हामी योग्यता क्षमता सक्षमताको कुरा गरि रहेका हुन्छौ । तर त्यसमा पनि प्रशिक्षण सुगमता उपलब्धता सम्पन्नता आदिले भूमिका त खेलेकै हुन्छ !

केहि सफल व्यक्तिहरुको पछाडी पनि तितो यथार्थ, दर्दहरु लुकेका हुन्छन । उनीहरुको संघर्षको कथा निकै मार्मिक हुने गर्दछ । जीवन संघर्षको बाटोमा हिड्दै, सफलताको सिंढीमा उक्लने प्रयास गर्दैगरेका रवि ओडको पनि दर्दनाक र पिडादायी भोगाइ र यथार्थहरु छन ।

केहि सफल व्यक्तिहरुको पछाडी पनि तितो यथार्थ, दर्दहरु लुकेका हुन्छन । उनीहरुको संघर्षको कथा निकै मार्मिक हुने गर्दछ । जीवन संघर्षको बाटोमा हिड्दै, सफलताको सिंढीमा उक्लने प्रयास गर्दैगरेका रवि ओडको पनि दर्दनाक र पिडादायी भोगाइ र यथार्थहरु छन । सानैमा आफ्नी ममतामयी आमाले यो संसार छोडेर जानुभो । एउटा सानो झुप्रोको भुईमा लालाबाला यत्रतत्र लडिरहेका हुन्थे । उनहरुको मुखमा माड लाउन उनका बाबा छिमेकी देश भारतमा मजदुरी गर्नु बाहेक अर्को विकल्प थिएन । यसरी पीडाको महासागरबाट हुर्केका रवि, आफ्नो बाबाको फुटेका हातहरु सुम्सुम्याउन चाहन्छन । ति चाउरी परेका गाला अनि कलेटी परेका ओठहरुमा मुस्कान ल्याउन चाहन्छन । अब उप्रान्त उनलाई आफ्नो बाबालाई परदेशी भूमिमा श्रम गर्न पठाउन विल्कुल मन छैन । बुढेसकालमा आफ्नै घरमा राखी सुखका दुइ मुट्ठी सास फेरेको हेर्न चाहन्छन !

भौगोलिक विकटता, रहनसहन, संस्कृति र परम्पराहरुले मानिसको जीवनमा ठुलो असर गरेको हुन्छ, अनि महत्व राख्दछ । विविधताले भरिएको हाम्रो देशमा यस्ता धेरै ठाउँ छन् जहाँ, लोक–संस्कृति, परम्परा, मौलिकता आदि त्यस ठाउँको सुन्दर गहना अनि पहिचान हुने गर्दछ।

के देश के विदेश सारा नेपाली रवि ओडलाई यसपालिको आइडल बनाउनमा कम्मर कसेर लागि परेका छन । आउनुस यस अभियानमा तपाई हामी सबै सहभागी हौ, रवि ओडलाई भोट गरि बिजयी बनाऔ !

त्यसमा पनि सुदुरपश्चिमको आफ्नै मौलिक भेषभुषा, संस्कृति परम्पराहरु छन देउडा, ठाडी, लोकभाकाहरु गाउँदै, गुनगुनाउदै हुर्किएका हुन् रवि । तिनै भाका, तिनै सुसेली उनका जीवनका अभिन्न अंग भए । साच्चि नै भन्नु पर्दा अहिले बज्ने कतिपय आधुनिक गीत, रक पप गीतहरु उनले सुनेकासम्म थिएनन । नेपाल आइडलमा उनले प्रस्तुत गरेका कतिपय त्यस्ता गीतहरु पहिलो पटक सुनी छोटो समय सीमा र केहि दिनको मात्र तयारीमा उनले प्रस्तुति दिएका थिए । जहाँ उनि अब्बल साबित भए । कहिल्यै नसुनेका गीतलाइ छोटो तयारीमा १–२ शब्द तल माथि हुनु स्वाभाविक हो। ‘म मौनतामा अल्झी रहेको एउटा जिवन’, ‘देउडा गीत’, ‘बिरताको चिनो बिरको सन्तान’ जस्ता कालजयी गीतलाइ पूर्ण न्याय गर्दै, आफ्नो गायकी प्रमाणित गरिदिए, अहिले सुदुर पश्चिम उल्टिएर उनको पक्षमा लागेको छ भने, पुर्वले उनलाई साथ दिईरहेको छ । के देश के विदेश सारा नेपाली रवि ओडलाई यसपालिको आइडल बनाउनमा कम्मर कसेर लागि परेका छन । आउनुस यस अभियानमा तपाई हामी सबै सहभागी हौ, रवि ओडलाई भोट गरि बिजयी बनाऔ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank