रुपन्देहीमा एक दलित बालिका सामुहिक बलात्कृत

दलित अनलाईन २२ मंसिर २०७५, शनिबार १४:२४

प्रेम सुनार

बुटवल– शुक्रबार राति रुपन्देही देवदह नगरपालिका खैरेनी ७ की एक दलित बालिका सामुहिक बलात्कृत भएकी छिन ।
देवदह नगरपालिका खैरेनी बजारकी दलित समुदायकी ५ बर्षिया वालिका ६ जना युवाद्धारा सामुहिक बलात्कृत भएकी हुन् ।
६ जना मध्ये सामुहिक बलात्कारको आरोपमा गएराती नै प्रहरीले देवदह नगरपालिका–६ का २२ बर्षीय लक्ष्मण विक र वडा ७ का १८ बर्षीय जीवन खत्रीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक ऋषिराम घर्तीले जानकारी दिए ।
रक्ताश्रावले आशक्त ती वालिकाको लुम्विनी अञ्चल अस्पतालमा उपचार भई रहेको र अहिले उनको होस खुलेर बोल्न थालेको प्रहरी निरीक्षक घर्तीले बताए । पक्राउ परेका ती दुई जनाले बलात्कार गरेको स्वीकार गरेको र अन्य चार जनाको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।
ती वालिकाकी आमा सुत्केरी भएर माईतीमा बाब’ले छोड्न गएकोले एक्लै घरमा रहेको बेला घर नजिकैको टहरोमा लगेर ती युवाहरुले बलात्कार गरेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank