ब्राह्मणवाद र राज्यसत्ता

दलित अनलाईन २२ श्रावण २०७५, मंगलवार २३:०६

सामान्य अर्थमा ब्राह्मण भनेको वेदको बारेमा जान्ने व्यक्ति हो । मनुका अनुसार ‘ब्राह्म जानाति ब्राह्मण’ अर्थात ब्राह्मण त्यो हो जस्ले ब्राह्म ( अन्तिम सत्य ईश्वरीय वा परम ज्ञान )लाई जान्दछ जो इश्वर ज्ञाता हो । त्यो ब्राह्मण हो । नीतिशास्त्रका अनुसार सुरुमा एक वर्ण मात्र यियो । त्यतिबेला कुनै जाति थिएन । बुद्धले समेत आफ्नो प्रवचनमा ‘भीक्षुहरु हो कुनै मानिस जन्मको आधारमा ब्राह्मण हुदैन भनेको पाइन्छ ।’ हिन्दुधार्मिक ग्रन्थमा रहेको चार आश्रम (ब्रह्मचर्य आश्रम,गृहस्थ आश्रम, वाणप्रस्त आश्रम र सन्यास आश्रम ) सबैलाई अनिवार्य थियो । तर कालान्तरमा सवर्ण, आश्रम अनिवार्य मान्ने र असवर्ण, आश्रम अनिवार्य नमान्ने गरि वर्णाश्रम व्यवस्थाको सुरु भयो । हाल नेपालका ब्राह्मणहरु आर्यमुल अन्तरगत पर्ने एक हिन्दु धार्मिक समुदाय वा जाति हो । जसलाई गाउँले जनजिब्रोको भाषामा बाहुन, पण्डित वा पुजारी पनि भनिन्छ ।
नेपालमा ती भिन्न आर्य हिन्दु ब्राह्मण जाति वा समुदाय (पहाडी ब्राह्मण , नेवारी ब्राह्मण र मैथिली ब्राह्मण ) छन । ब्राह्मण नेपाली समाजको सबै भन्दा उन्नत जाति हो र जसको महत्वपूर्ण योगदान पनि छ । विद्धानहरुका अनुसार के प्रस्ष्ट छ भने केहि फटाहा र धुर्त व्यक्तिहरुले तोडमोड गरेर विद्याका आधारमा नभई वंशका आधारमा ब्राह्मणलाई जातिमा रुपान्तरण गरे र ब्राह्मणवादको विकास गरे । ब्राह्मणवाद मुख्यत हिन्दु वर्णाश्रम व्यवस्थामा आधारित छ यसले दलित र महिलालाई पशु भन्दा पनि तल्लो दर्जामा राख्छ ।

शाब्दिक रुपमा संस्कृत भाषाको ‘ब्राह्मण’ शब्दका पछाडी ‘वाद’ संग जोडिएर ब्राह्मणवाद शब्द बनेको छ । आफ्नो जाति, धर्म ,भाषा , संस्कृति महान र सर्व श्रेष्ठ अरु निच भन्ने सोच हो, ब्राह्मणवाद । यसलाई जबरजस्त लागू गर्न मनु र मनुस्मृति ग्रन्थको मुख्य भुमिका रहेको छ ।
तथापि त्यसको विकासमा २१ जना ब्रह्मशास्त्रीहरु अंगिर, अपस्तभ्म, आत्रि, वृहस्पति, बौद्धायन, दक्ष, गौतम, हरित,कात्यायन, लिखित,मनु, परासर ,सम्वर्त, शंख, शत्तय, उपानस, वशिष्ठ, बिष्णु, वेदव्यास, यज्ञवलक्य तथा यमक लगाएत शंकर आचार्यहरुको पनि योगदान छ ।

विद्धानहरुका अनुसार के प्रस्ष्ट छ भने केहि फटाहा र धुर्त व्यक्तिहरुले तोडमोड गरेर विद्याका आधारमा नभई वंशका आधारमा ब्राह्मणलाई जातिमा रुपान्तरण गरे र ब्राह्मणवादको विकास गरे । ब्राह्मणवाद मुख्यत हिन्दु वर्णाश्रम व्यवस्थामा आधारित छ यसले दलित र महिलालाई पशु भन्दा पनि तल्लो दर्जामा राख्छ ।

हाम्रो समाजमा अझै पनि ब्राह्मणवाद कति हिंस्रक र क्रुर छ भन्ने कुरा बर्दिबासकी बुद्धमाया विश्वकर्मा जसले जातिय छुवाछूत विभेद विरुद्धको लडाईमा त कानुनिरुपले अदालतबाट जितिन तर सामाजिक रुपमा भने हार स्वीकार्दै आत्महत्या जस्तो भयानक बाटो रोज्नु पर्यो । उनको यो अवस्था न त व्यक्तिगत हो न त सामान्य घट्ना नै हो । त्यस्तै यो एक महिनायता सुदूरपश्चिममा समान प्रकारका दुई पासबिक र जंगली प्रकारका घट्ना घटे । कैलाली गौरीगंगा नगरपालिका ११ की कक्षा १२मा पढ्ने विद्यार्थी माया विश्वकर्मा र कञ्चनपुर भीमदत्त नगरपालीका २ खोलटीकी विद्यार्थी निर्मला पन्त, यी दुबै जना विद्यार्थीको बलात्कार पछि हत्या गरिएको थीयो । दुबै घट्ना आम संचारमा महत्वका साथ आए । तर सामाजिक र राजनितिक रुपमा माया विश्वकर्माको सामुहिक बलात्कार र जघन्य हत्याको विरोधमा न समाज बोल्यो न दलहरु न विद्यार्थी संगठन न महिला संगठन बोले तर निर्मला पन्त हत्याको उस्तै घट्नामा स्थानिय स्तरमा समाज र दलहरु आन्दोलित भए । विद्यार्थी र महिला संगठनहरुले सडक प्रदशन गरे, प्रदेश र केन्द्रीय संसदमा कुरा उठे सरकार बोल्न बाध्य भयो जो सहि छ । तर माया विश्वकर्माको हत्यामा बोल्न नसक्नेहरु निर्मला पन्तको घट्नामा उग्र आन्दोलनकारी कसरी भए होलान् ? त्यहा एउटा सांस्कृतिक दर्शनले काम गरेको छ त्यो हो ब्राह्मणवाद । जस्को चुरो चीज हिन्दु कर्मकाण्डि वर्णाश्रम व्यवस्था हो । जसले सबै जात जातिलाई एक हुनै दिदैन । जनतालाई फुटाउने र राज गर्ने नीतिमा निहित छ । जातिप्रथा मान्ने छुवाछुतमा विश्वास गर्ने, अरुलाई स्वाठ, निच देख्ने र हेप्ने निकृष्ट एवं अमानवीय बर्बर सामन्ती व्यवहार गर्ने विचार हो ब्राह्मणवाद । जसरि जन्मदै राजा हुने राजनितीक व्यवस्था थियो त्यस्तै जन्मदै ब्राह्मण हुने सामाजिक, सांस्कृतिक व्यवस्था हो यो, जहा पुरानो वर्ण व्यवस्थाको संकृणतामा अल्झेर आफुलाई एक सर्वश्रेष्ठ जाति ठान्ने चीन्तन हो ब्राह्मणवाद जो सर्वथा गलत छ। केहि सज्जन र असल ब्राह्मणहरु पनि छन् । कुरितिको भत्र्सना गर्छ बिज्ञानमा विश्वास गर्दछन् सबै मानव जातिको मुक्तिका निम्ति संघर्षरत छन । यी कु विचारबाट मुक्त छन । तर राज्यसत्ताले नै सदियौ देखी जबरजस्ती लादेर आएको हुँदा दलित जनजाति लगाएत अन्य जातजाति र पुरै समाजमा व्याप्त छ ब्राह्मणवाद । विज्ञानको बिरोध गर्ने अध्यात्मवादमा विश्वास गर्ने सबै दलित जनजातिहरु पनि ब्राह्मणवादका ठीमाहा सन्तान हुन ।

राज्यसत्ताले नै सदियौ देखी जबरजस्ती लादेर आएको हुँदा दलित जनजाति लगाएत अन्य जातजाति र पुरै समाजमा व्याप्त छ ब्राह्मणवाद । विज्ञानको बिरोध गर्ने अध्यात्मवादमा विश्वास गर्ने सबै दलित जनजातिहरु पनि ब्राह्मणवादका ठीमाहा सन्तान हुन ।

नेता, बुद्धिजीवी , पत्रकार प्रत्येकको दिल दिमागमा ब्राह्मणवादको विष भरिएको छ । नेताहरु जनता र कार्यकर्तामा भरपर्न छोडेर ज्योतिषीका कुरामा भर पर्नु , कम्युनिस्ट भनिनेहरु ग्रहदशा लागे भनेर भैसी पुजा गर्दै हिँड्नु , कपाल खौरेर जनै भिरेर सेता बस्त्र पहिरिएर कृया वस्नु लगायतका कृयाकलापले समाजमा यसको प्रभाव कति जर्जर छ भन्ने देखाउँछ । खास गरेर यो नेपाल र भारतको हिन्दु समाजमा मान्छेको जन्मने प्रकृयादेखी मृत्यु परन्त पनि ब्राह्मणको अनिवार्य आवश्यकता निर्धारण गरिएको एक कुरुप र भद्धा संस्कार हो । हिन्दु धार्मिक शास्त्रका अनुसार स्रोह संस्कार जस्तै न्वारण, पास्नि , वर्तबन्ध , विवाह , मृत्यु र श्राद्ध लगाएतका सबै काममा ब्राह्मणलाई पुज्नै ,ढोग्नै पर्छ । सबै चाडपर्व तिथीहरुमा कुनै न कुनै रुपमा हिन्दु ब्राह्मणवादको साईनो गाँसिएको छ ।

राज्यसत्ताका सबै उच्च तहमा एकै जातिको नेतृत्व हुनु मात्र हैन सत्ताका सवै आयव्ययहरु राजनिती, धर्म, संस्कृति, शिक्षा, मनोविज्ञान , समाज र अर्थतन्त्र लगाएत संम्वत र झण्डा समेतमा ब्राह्मणवादलाई जबर्जस्त स्थापीत गरिएको छ । त्यसकारण हामिले बुझ्नुपर्ने मुख्यकुरा यो छ की नेपालका आम मुक्तिकामी न्याय प्रेमी जनता , मजदुर किसान , महिला, दलित, जनजातिहरुको साझा दुस्मन राज्यसत्ता नै हो जसको मुख्य सामाजिक ,सांस्कृतिक आधार हिन्दु सामन्ती ब्राह्मणवाद हो भने आर्थिक आधार दलाल पुँजीवाद हो ।

नेपालको राज्यसत्ता र सामाजिक संस्कृतिमा बिशेष गरेर मल्ल कालदेखि शाहवंशी र राणाकालीन शासकहरुले हिन्दु ब्राह्मणवादलाई प्रशय दिदै आएको कुरा सर्वविदितै छ र हालको गणतान्त्रिक व्यवस्थामा पनि कायमै रहेको छ । हाम्रा शासकहरुको दिमागमा संसारका विकसित विचार, विज्ञान र प्रविधिवाट सिक्ने कुनै इच्छाशक्ति नै छैन । केबल मनु , चाणक्य र कौटिल्यको हिन्दु ब्राह्मणवादी परमपरा बाट नै निर्देशीत छन । अहिले पनि चार जात छत्तीस वर्णको नारालाई राज्यसंचालनको मुल थीम मान्दछन् । नेताहरुको निवासमा गुरु पुरोहित सल्लाहकार समुह रहनु राज्यले नै औपचारीक रुपमै पंञ्चाङ निर्णायक समिति राख्नु । धर्म निरपेक्ष राष्ट्रका राष्ट्र प्रमुख र सरकारले पुर्व राजाको झै लाजै नमानि धार्मिक कार्यक्रममा औपचारीक राजसी ठाटकासाथ उपस्थित हुनु । राज्यको लगानिमा बन्ने प्रतेक भौतिक नव निर्माणमा साईत जुरायर बिशेष पुजापाठ गरि होम गरेरमात्र सीलन्यास, उद्घाटन गरिनु । राज्यसत्ताका सबै उच्च तहमा एकै जातिको नेतृत्व हुनु मात्र हैन सत्ताका सवै आयव्ययहरु राजनिती, धर्म, संस्कृति, शिक्षा, मनोविज्ञान , समाज र अर्थतन्त्र लगाएत संम्वत र झण्डा समेतमा ब्राह्मणवादलाई जबर्जस्त स्थापीत गरिएको छ । त्यसकारण हामिले बुझ्नुपर्ने मुख्यकुरा यो छ की नेपालका आम मुक्तिकामी न्याय प्रेमी जनता , मजदुर किसान , महिला, दलित, जनजातिहरुको साझा दुस्मन राज्यसत्ता नै हो जसको मुख्य सामाजिक ,सांस्कृतिक आधार हिन्दु सामन्ती ब्राह्मणवाद हो भने आर्थिक आधार दलाल पुँजीवाद हो । यदि देशमा दिगो शान्ति , समृद्धि र स्थायित्व ल्याउने हो भने यो ब्राह्मणवादी दलाल पुँजीवादलाई जरैवाट ओखल्न अर्को एउटा महाक्रान्ति जरुरी छ जसको नेतृत्व एकीकृत जनक्रान्तिले गर्नेछ । आजको दुनियामा छुवाछूत जस्तो घृणीत अपराधलाई पचाउँदै अपमानित भएर बाँच्नु भन्दा आम दलित समुदाय सम्मान पुर्बक लडेर मर्न तयार हुनु पर्दछ, । वैज्ञानिक समाजवादमा मात्र सम्पूर्ण मानव जातिको मुक्ति सम्भव छ ,न्यायको जित निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank