हिन्दु धर्मको कुरुप छुवाछूत

दलित अनलाईन १७ मंसिर २०७५, सोमबार २२:३९

 

भनिन्छ, परिवर्तन भएको छ । पहिले भन्दा अहिले धेरै परिवर्तन भएको छ । परिवर्तन बिस्तारै हुन्छ । परिवर्तन आफै हुन्छ । तर परिवर्तनकारी नै विभेदकारी भए कसरी परिवर्तन हुने ? के परिर्वतन पुरानै शैलीमा हुने हो त ? के परिवर्तन ल्याउने परिवर्तनकारी नै विभेदकारी शैलीमा अघि बढेर संम्भव हुन्छ छ ? पक्कै संम्भव नहोला कि ? परिवर्तनको चाहन राख्नेहरुलाई ।
विशेष गरेर यस्ता अभिव्यक्ति तब आउँछ जब अनेकौं विभेदको कुचक्रमा जकडिएर आर्थिक, सामाजिक, सांस्कृतिक, राजनैतिक, शैक्षिक हैसियत गुमाउँदै आएका जातिहरु विश्वमा मानव मर्यादाका आन्दोलन र क्रान्तिद्वारा प्रभावित भै त्यसकै प्रवाहमा जोडिदै प्रगतिशिल, लोकतान्त्रिक ,समाजवादी जनवादी लगायतका राजनीतिक र आर्थिक आन्दोलन र क्रान्तिहरुद्वारा उत्साहित हुँदै हरेक क्षेत्रमा समानता खोज्दै अप्रत्यक्ष दवाव दिईन्छ ।

परिवर्तन आफै हुन्छ । तर परिवर्तनकारी नै विभेदकारी भए कसरी परिवर्तन हुने ? के परिर्वतन पुरानै शैलीमा हुने हो त ? के परिवर्तन ल्याउने परिवर्तनकारी नै विभेदकारी शैलीमा अघि बढेर संम्भव हुन्छ छ ?

स्वतन्त्रता र समानताको आन्दोलनमा रगत र पसिना बगाएको, साक्षर मात्र होइन कि उच्चशिक्षा स्वदेश र विदेशमा अध्ययन गरेको वर्तमान पुस्ता विभेदका पक्षमा मौनता धारण गरेर बस्न सक्क्तैन । यो बसिरहेको पनि छैन । जसरी अध्ययन र रोजगारीका लागि पाश्चात्य मुलुक पुगेका नेपालीहरुले जातीय संकिर्णताको दायरा युरोप अमेरिकासम्म र्पुयाएका छ्न । हुँदाहुँदा यहाँ सम्मकी बेलायतमा आफ्नै घर भएका नब्बे प्रतिशत नेपालीले नेपाली दलितलाई आफ्नो घरमा भाडामा डेरा दिदैन भन्ने कुरा एक सर्भेक्षणले देखायो । इस्वी सन २०१८ मा छोरा बुहारीलाई भेटेर अस्ट्रेलियाबाट फर्किए की दलित महिलाका अनुसार सार्वजनिक उद्यानमा घुमिरहेका नेपालीहरुसँग भेट हुँदा सबै खुशी हुने तर जात थहाँ भएपछि बोल्न समेत अप्ठ्यारो मानेको उनको तर्कले केही सोच्न बाध्य हुन्छु ।

परिवर्तन पहिलेभन्दा भएकोछ भन्नेहरुले यस्ता समाचार पढ्छन कि पढ्दैनन या थहाँ पाएर नि बुझ पचाउछ्न कि ? कमसेकम देशमा जातीय छुवाछुत २००७ भन्दा पहिले जस्तो नि छैन । २०४६ भन्दा पहिले जस्तो नि छैन । केही परिवर्तन भएको यथर्थतालाई हृदयांगम गर्नैपर्छ । २०४६ साल पूर्व पनि देशका तराई क्षेत्रका केही शहर र सदरमुकामका बजार क्षेत्रका चिया पसल होटेल लजहरुमा जातीय छुवाछुत थिएन । बसोबास क्षेत्रमा भने ती सदरमुकाम र शहरी क्षेत्रमा पनि जातिय छुवाछुत चरमोत्कर्षमा विद्यमान थियो । जुन अवस्था अहिले छर्लङ देख्न सकिन्छ । २००७ साल पूर्व या २०४६ साल पूर्वकै अवस्थामा विद्यमान छ । समुदायले अन्यायका विरुद्ध बोल्दा कसरी भन्न सकेका आफै परिवर्तन हुन्छ भनेर । परिवर्तन त भएको छ नि भनेर !

समानता, स्वतन्त्रता , मानव अधिकार र मानव मर्यादाका लागि राजनीति गर्छौँ भन्नेहरु कस्का स्वाभिमानका लागि राजनीति गरिरहेका छन ? के उनीहरु दलितका लागि लडेका होइनन ?

मानिसले बसोबास गर्ने गाउँहरु र शहरीक्षेत्रमा हिजो नि परिवर्तन भएको थिएन आज नि परिवर्तन भएको छैन । अझै जातिय विभेद हाम्रा वस्तीहरुमा छ । मन्दिरहरुमा छ । कुनै असल सज्जन मानिसहरुले विभेद अन्त गर्न हिम्मत गरे र आफ्नो घरको पूजा, अनुष्ठानमा दलित समूदायलाई सहभागी गरे भने सामाजिक झमेला , सगोत्रीहरुको कचकच , गैर दलितको उपहास बन्नुपर्ने अवस्था विद्यमान छ । अनि कहाँ भएको छ , छुवाछुत अन्त्य ? कसरी भन्न सकिएको होला बिस्तारै परिवर्तन भैइरहेको छ , परिवर्तन त भएको छ नि ? एउटै टोलमा बसेर पनि अपरिचित झैं संवादहीन हुनुपर्छ केवल जातियता कै कारण । राजनीती गर्ने सार्वजनिक ओहोदामा समेत पुगेर नीति निर्माण तह सम्म पुगेकाहरु पनि विवाह जस्ता संस्कारहरुमा दलित र गैर दलितका लागि भिन्नै भिन्नै भान्सा बनाउन पछि पर्दैनन यो विभेदपूर्ण अभ्यास अन्त्य कहिले होला ? बिडम्बना यो छ कि,त्यस्ता घटना घट्दा ती घटनाहरु विशेष मुद्दा नै बन्न सक्तैनन । यद्यपि ती गाउँ बस्तिहरुमा सरकारको उपस्थिती नहुनसक्छ । तर सरकार चलाउने पार्टीहरु र अन्य पार्टीहरुको उपस्थिती राम्रै हुँदा नि यस्ता सामाजिक अन्यायपूर्ण व्यवहारहरु प्रति त्यस्तै संस्थाका प्रतिनिधिहरु मौन बस्छन । समानता, स्वतन्त्रता , मानव अधिकार र मानव मर्यादाका लागि राजनीति गर्छौँ भन्नेहरु कस्का स्वाभिमानका लागि राजनीति गरिरहेका छन ? के उनीहरु दलितका लागि लडेका होइनन ? त्यस्तो नि भन्न चहादैनन । बरु हाम्रा नेताले हाम्रो पार्टीले मात्रै सामाजिक न्यायका क्षेत्रमा धेरै गरेको छ भनेर लेघ्रो तान्छन । उनका नेता र पार्टीले गरिसकेपछि उनीहरुको कर्तव्य सकिँदैन । बरु यो उनीहरुको कर्तव्य अझ बढ्छ । जातिय छुवाछुत विद्यमान ग्रामिण बस्तिका राजनीतिक दलका कार्यकर्ताका लागि चुनौती बढेर जान्छ । जुन चुनौतीका सामु यी कार्यकर्ता पराजित भैइरहेका छन । जबकी हृदयदेखी नै राजनीतिक दलको सदस्य भएका कार्यकर्ताहरु प्रमुख जिम्मेवार हुन बस्ती बस्तीमा समानता र स्वतन्त्रताको अभ्यास गराउने अभियानका उनीहरुको दलको वैचारिक धरातल अनुसार ।

एक सरकारी प्राविधिक कर्मचारी जसले आफ्नो छोराको विवाहमा आफ्नै टोलका छिमेकी दलितहरुलाई निम्ता दिएनन । विवाह समाप्त भएपछि एक साझ टोलभरीका दलितहरुलाई जतिसुकै खर्च भएपनी भोज ख्वाउने कुरा गरे । तर त्यस टोलका दलित युवाहरुले विरोध गरेपछि ती प्राविधिक सरकारी कर्मचारीको सामन्ती अभिष्ट पूरा हुन सकेन । निम्ता दिनु नदिनु उनको अधिकारको कुरा हो । तर सामन्ती अभिष्टको अभिव्यक्तिले नेपाली समाजमा जातीय सामन्ती अभ्यास कति मात्रामा छ भन्ने कुरा यस्ता घटनाहरुले पुष्टि गर्दछन । यो घटना कुनै जिल्लाको सदरमुकामको जिल्ला प्रशासन कार्यालय नजिकको बस्तीको हो । सायद त्यस्तै भएर होला त्यहाका दलितहरुको प्रतिकृयाको प्रतिफल जोखिमपूर्ण नभएको । ग्रामिण बस्तीका दलितहरु मन नलागेर नि त्यस्तो सामन्ती भोज खान बाध्य हुन्थे ।

अन्तरजातीय विवाह गर्ने जोडीहरुको अवस्था यति गाह्रो हुन्छ कि उनीहरुले गाउँ छोड्नुपर्ने, उनीहरुको दलित परिवारले नै विस्थपित हुनुपर्ने , असुरक्षित हुनुपर्ने जस्ता अनिष्ट दलित पक्षका लागि आईलाग्छ । अन्तरजातीय प्रेम विवाह भएका युवा युवतिले राणा कालमा पनि असुरक्षित हुनुपर्थ्यो आज पनि त्यस्तै भयावह अवस्था छ भने जातीय छुवाछुत र विभेद कहाँ कम भएको छ ? यो अवस्थालाई हेर्ने हो भने बिस्तारै परिवर्तन नि भएको छैन भन्न सकिन्छ। चिया पसल, होटेलसम्मको परिवर्तनमा चित्त बुझाएर बस अरु त यति छिट्टै हुदैन भन्न चाहेको प्रतीत हुन्छ कथित उच्च वर्णहरुले । यो समाजले कहिले महसुस गर्ला दलित समुदायको परिवर्तन र मुक्तिको आकांक्षा ? लाग्छ यो समाज ढुंगा समान छ चेतना शून्य ।

जन्मेदेखि मृत्युसम्म अनेक संस्कारहरु अवलम्बन गरिदा गरिने अभ्यासहरुलाई सामाजिक रुपमा जात अनुसार निर्वाह गर्न निर्देशित भैइरहदा विभेद छताछुल्ल भएको स्पष्ट छ ।

देशको संघीय राजधानी र प्रान्तीय राजधानीहरुमा दलित सांसदहरुले डेरा नपाएका समाचार बाहिर आए । अध्ययन र रोजगारीको शिलशिलामा राजधानी लगायतका शहरहरुमा पुगेका दलितहरुले नागरिकतामा उल्लेखित थर अनुसार डेरा पाउन कठिन हुने र डेराका लागि नागरिकतामा उल्लेखित थर लुकाउनुपर्ने बाध्यता लाई थर या जात ढाटेको भन्नू कति उपयुक्त होला ? अनि शहरको केन्द्रमा अवस्थित मन्दिरमा भजन गाईरहेको दलितलाई मन्दिरबाट बाहिर निकालिन्छ ,जातीयताका कारण यसरी बाहिर निकालिदा अपमानित भएको दलित प्रती सहानुभूतिसम्म नहुने यो समाजमा जातीय दुर्व्यवहार गर्ने पठित धर्माचार्यलाई बचाउन संपूर्ण किसिमका प्रयास हुन्छन ।

यी र यस्ता रुपका अनेकौं घटनाहरुलाई दलित समूदायले दिनहुँ सामना गर्न बाध्य हुनुपर्छ । हरेक दिन प्रत्येक दलितलाई आफू दलित भएका कारण उपेक्षित हुनुपरेको , उत्पिडित हुनुपरेको , अपमानित हुनुपरेको तिक्तता बोध हुने गर्दछ । जन्मेदेखि मृत्युसम्म अनेक संस्कारहरु अवलम्बन गरिदा गरिने अभ्यासहरुलाई सामाजिक रुपमा जात अनुसार निर्वाह गर्न निर्देशित भैइरहदा विभेद छताछुल्ल भएको स्पष्ट छ । यसरी सतहमा हाम्रो जीवन पद्धतीसँंगै विभेद र छुवाछुत देखिँदा पनि परिवर्तन भएकोछ या भैइरहेकोछ भन्नू सोच र चिन्तनमा केही न केही गडबडी छ भन्ने बुझ्नुपर्ने हुन्छ । एउटा समूदायले सामाजिक विभेदकै कारण आर्थिक , सामाजिक , शैक्षिक , राजनैतिक , सांस्कृतिक सर्वत्र अपमान ,उत्पीडन , अन्याय र उपेक्षा छ भन्ने निष्कर्ष निकालेको छ । अर्को समूदाय विभिन्न बहानामा विभेद र छुवाछुत लाई बचाई राख्न चहान्छ ।
वर्तमानको सबैभन्दा ठूलो उपलब्धी भनेको विद्यालय विश्वविद्यालयको शिक्षामा सहज अध्ययन अध्यापनको अवस्था हो । तथापि शैक्षिक क्षेत्रमा आर्थिक हैसिययत अनुसारको शैक्षिक संस्थामा अध्ययनको अवस्था आर्थिक विभेद र असमानता स्पस्ट देखिए पनि अब जातीय विभेद शैक्षिक संस्थामा प्रवेशै गर्नका लागि भने छैन । विभेद अन्त भएका क्षेत्रलाई पनि बिर्सन मिल्दैन । यदपी दलित विद्यार्थी , शिक्षक , प्राध्यापकहरुको कथा व्यथा फरक होला तर पनि विभेद रहित प्रवेशलाई भने सकारात्मक परिवर्तन मान्नै पर्छ । संविधानले प्रत्याभूत गरेका अधिकार समेतलाई यो समाजले तह लगाउन सकेको छैन् । ऐन , नियम र कानूनलाई विभिन्न बहाना र चहानामा निरीह बनाई कमजोर जाती वर्ग र समूदायलाई ठाडो उठ्न नदिने समाज सभ्य हुन सक्तैन । हामी यस्तै समाजका सदस्य हौं । यो समाजमा हामी कोही पिडित छौं कोही पिडक छौं । कोही जानेर बुझेर शिक्षित भएर पनि छौं कोही भने साँच्चै नबुझेर छौं । सार्बजनिक स्थान र कार्यक्रमहरुमा कहिले काहीँ कुनै व्यक्ती यस्ता पनि देख्छौं जो पानी , चिया , खाजा र खाना खानुपर्दा विभिन्न बहाना बनाएर या त नखाने या कसैले थहापाएको छैन जस्तो ठानेर सबै भन्दा पहिले खाईसक्ने चतुरे संकिर्णहरु हुन्छन । यो सबै घटना हाम्रा समूदायमा घटिरहने विभेदहरु हुन ।

संसारमा सबैले आफ्नो धर्म उत्कृष्ट भनिरहदा र समानताको अभ्यासहरु गरिरहदा विभेद र छुवाछुत झेलिरहेकाहरु समानतायुक्त समूह तिर आकर्षित हुनु स्वभाविक हुने हुँदा हिन्दु धर्मलाई खुम्चिनबाट जोगाउन जे जति बाँकी रहेका विभेदयुक्त धब्बा छन समयमै हटाउन जरुरी छ ।

त्यसै कारण हाम्रो समूदायको विभेद र छुवाछुत लाई प्रश्रय दिने तहका अधिकांश व्यक्तिहरु छुवाछुत बचाई राख्न चहान्छन । अब कुनै पनि बहानामा जातीय छुवाछुत बचाउनु भनेको हिन्दु समाजको चेहरालाई कुरुप बनाउने दागका अवशेषहरु ? थाती राखेर हाम्रो समाज सुन्दर छ भनी दाबी गर्नु हो । यो दाबीको अब सबवत्र निन्दा हुन्छ र भैरहेको छ । सुतुर्मुर्गले झै जमीनमा टाउको लुकाएर पूरा शरीर जमिन बाहिर हुँदाहुँदै पनि आफूलाई कसैले नदेखेको भ्रममा पर्नु हो । हिंस्रक जनावरको आक्रमणमा पर्दा सुतुर्मुर्गले बाँच्ने यो उपाय उपनाउ छ रे । हाम्रो समाज धर्म र समाज भित्रका विकृती बिसंगती र कमिकमजोरीहरुलाई थाती राखेर अन्य धर्मका अगाडि रक्षात्मक अवास्थामा रहेको छ । अब धर्ममा पुनर्जागरण ल्याईन भने निश्चित यो विभेदका खाडल झनै ठूलो बन्दै जाने निश्चित छ । हाम्रो समाज त वैदिक युगमा साम्यवादी थियो भन्नुको कुनै अर्थ रहने छैन । जीवन पद्धतिलाई परिमर्जन गर्दा सबै जातिका ऋषिमूनीहरु बसेर व्यापक छलफल पछि सहहमतिमा पुग्थे भनेर हाम्रो समाजको प्रचीन प्रजातान्त्र प्रती गौरव गर्नुको कुनै अर्थ रहने । हाम्रो समाजको मौलिक साम्यवाद र लोकतन्त्रको प्राग्यिक व्याख्या र विश्लेषण को कुनै अर्थ छैन ।

धार्मिक दृष्टिकोणले हिन्दू धर्म र समाजका विरुद्ध अन्य धर्मावलम्वीहरुले प्रहार गरिरहन सजिलो आधार यिनै दागका अवशेषहरु नै हुन । संसारमा सबैले आफ्नो धर्म उत्कृष्ट भनिरहदा र समानताको अभ्यासहरु गरिरहदा विभेद र छुवाछुत झेलिरहेकाहरु समानतायुक्त समूह तिर आकर्षित हुनु स्वभाविक हुने हुँदा हिन्दु धर्मलाई खुम्चिनबाट जोगाउन जे जति बाँकी रहेका विभेदयुक्त धब्बा छन समयमै हटाउन जरुरी छ । होइन भने भारतीय उपमहाद्वीपमा नेपाल र भारतमा सिमित भएको हिन्दू धर्म भविष्यमा कहाँ कहाँ सागुरिने सम्भावना छ ध्यार्न जान अपरिहार्य अब ढिलो गर्न पक्कै हुन कि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank