फलाेअप: वडाअध्यक्षमाथि प्रशासनमा मुद्दा दर्ता,दलित अान्दाेलन जारी

दलित अनलाईन १९ कार्तिक २०७५, सोमबार २३:२६

दलित अनलाईन डेक्स

सर्लाही– दुई महिना अघि जातीय विभेद र कुटपिट गर्ने वडाअध्यक्षमाथि जिल्ला प्रशासन कार्यालयमा  मुद्दा दर्ता भएको छ ।
न्यायको लागि संयुक्त दलित संघर्ष समिति सर्लाहीको दबाबपछि वडाअध्यक्षामाथि जिल्ला प्रशासन कार्यालयमा आइतबार मुद्दा दर्ता भएको हो । सलोही विष्णु गाउँपालिका वडा २ का वडाअध्यक्षबाट पानीको बाल्टी र जग छोएको भन्दै कुटपिट गरी जातीय विभेद भोगेका पीडित अजय रामको उजुरी यस अघि हुन सकेको थिएन् । अजय रामको उजुरी दर्ता हुन नसकेको भन्दै राजधानीबाट दलित अधिकारकर्मी र पत्रकारको टोली घटनास्थलमा पुगेका थिए ।


स्थानीय दलित अधिकारकर्मीहरुले अजय रामको न्यायको लागि कार्तिक ११ गतेबाट चरणबद्ध शान्तिपूर्ण आन्दोलनमा उत्रिएका छन् । रामको न्यायको लागि सुरु गरिएको आन्दोलन पीडकलाई कारबाहीको माग गदै सोमबार पनि निरन्तर रह्यो ।
घटना भएको करिब दुई महिना भन्दा बेसी समय सर्लाही जिल्ला प्रहरी कार्यालयबाट पीडित अजय रामलाई वडाअध्यक्षसँग मिल्नु पर्ने दबाब दिदै उजुरी दर्ता नगरेपछि दलित अधिकारर्मीहरु प्रहरी प्रशासन र एसपीको विरुद्धमा आन्दोलन संचालन गरेका छन् । सोमबार पनि उनीहरुले वडाअध्यक्षमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गरे ।

घटना के थियाे

सलोही विष्णु गाउँपालिका वडा २ का वडाअध्यक्षबाट पानीको बाल्टी र जग छोएको भन्दै कुटपिट गरी जातीय विभेद भोगेका पीडित अजय रामको उजुरी अझै दर्ता हुन सकेको छैन ।
घटना भएको करिब तीन महिना पुग्न लाग्दा समेत सर्लाही जिल्ला प्रहरी कार्यालयबाट पीडित अजय रामलाई वडाअध्यक्षसँग मिल्नु पर्ने दबाब दिदै उजुरी दर्ता नगरेको हो ।
साउन २७ गते ३४ वर्षीय अजय रामले आफ्नो ४ वर्षीय छोराको दलित समुदायलाई उपलब्ध गराउँदै आएको पोषण भत्ता बुझ्न जादाँ सोही समयमा वडा अध्यक्ष र कार्यालय सहयोगी नगेन्द्र चौधरीले टेबुलमा रहेको पानीको जग छोएको निहुँमा कुटपिट गरी जातीय विभेद गरेका थिए ।
वडा २ का वडाअध्यक्ष संजयकुमार शाहबाट सामान्य भनाभन भएको र कार्यालय सहयोगी नगेन्द्र चौधरीले कुटपिट गरेको घटना आफुलाई जानकारी भएको प्रमुख जिल्ला अधिकारी द्रोण पोख्ररेलले बताका थिए । पीडकलाई जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन २०६८ बमोजिम हदैसम्मको कारबाहीका लागि जिल्ला प्रहरी कर्यालय सर्लाहीमा भदौ १ गते जाहेरी दर्ता गर्न पीडित अजय रामको टोली पुगेको थियो । तर जिल्ला प्रहरी कर्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले उजुरी दर्ता नगरी गाउँमा मिलापत्र गर्नुपर्ने भन्दै पीडितहरुलाई फर्काइदिएका थिए । आफुहरुलाईउ पीडितहरुको जाहेरी दर्ता नगरे पनि अनुसन्धान र दुई पक्षबीच सहमतिका लागि छलफल चलाएको एसपी काेषराज पोख्ररेलले  यस अघि बताएका थिए ।

पीडित अजय राम भन्छन्

म सर्लाही विष्णु गाउँपालिका वडा २ को वडा कार्यालय पकडीमा पोषण भत्ता लिन गएको थिएँ । वडा कार्यालय वडा अध्यक्षको घरमा छ । त्यहाँ सबै अभिभावकहरु बालबालिकाको लागि आउने पोषण भत्ता लिन आएका थिए । म पनि लाइनमा थिए । वडा अध्यक्ष संजयकुमार साह पनि त्यही हुनुहुन्थ्यो । मलाई पानी तिर्खा लाग्यो । पानी खान म अगाडीको बाल्टीमा रहेको जग निकालेर पानी के मात्रै निकालेको थिएँ । वडा अध्यक्षले डोम चमार भएर बाल्टी छोइस् भन्दै गाली गर्नुभयो । वडासँगै बसेका कार्यालय सहयोगी नगेन्द्र चौधरीले पानी छोएको भन्दै कुटपिट गरे । वडा अध्यक्ष संजयकुमार साहले तिमी चमार जाति भएर किन पानी खाइस् ,पानीलाई किन अपवित्र गरिस् । आफुबाट पानी छोएको भन्दै गाली गलौज र हातपात गरी आफुलाई बाहिर निकालेको घटना सबैलाई थाहा छ । म आफैले आफु माथि भएको अन्याय र जातीय विभेदको घटना दर्ता गर्न जिल्ला प्रहरी कार्यालय पुगेँ । तर मेरो उजुरी दर्ता भएन । चार पटक गए उजुरी दर्ता गर्न । प्रहरीहरुले वडाअध्यक्षसँग मिल्नुपर्ने दबाब दिन्छन् । उजुरी दर्ता नगरी घटनाको अनुसन्धान गर्ने र घटनालाई मिलापत्र गराउने प्रहरीको भूमिकामाथि नै शंका लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank