सविता नेपालीकाे नियोजित हत्या गरिएको अाशंका

दलित अनलाईन २० असार २०७५, बुधबार १७:५९

म्याग्दी ,बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालीका १ तिप्ल्याङमा गत असार १४ गते दिउँसो कालीगण्डकी नदीमा जिप खस्दा बेपत्ता भएको भनिएका चालक एक सातापछि सम्पर्कमा आएका उनीसँगै कालिगण्डकीमा खसेकी सविता नेपाली परिवारहरुले छोरीको नियोजित हत्या गरिएको अाशंका गरेका छन् ।
अन्नपूर्ण गाउँपालीका– ७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप तिप्ल्याङ खण्डको सडकबाट करिब तिस फिट तल कालीगण्डकीमा खस्दा चालक बेनी नगरपालिका– ९ का ३१ वर्षिय रवी (इन्द्र बहादुर) खड्का र घराम्दीकी २० वर्षिया सविता नेपाली वेपत्ता भएका थिए ।
बुधबार म्याग्दी प्रहरी कार्यालयको सम्पमा आइपुगेका जिप चालक रवी (इन्द्र बहादुर) खड्काले प्रहरी नायब उपरिक्षक बिरबहादुर बुढामगर यस्तो बयान दिएका छन् ।

जिप चालक रवी (इन्द्र बहादुर) खड्काकाे बयान

मलाई घराम्दीबाट पोखरा जाने मान्छे छन् भनेर फोन आयो । त्यसपछि म प्यासेन्जर लिन घराम्दी पुगेँ । त्यहाँ म पुग्दा गाउँले जम्मा भएका थिए । गाउँलेले सिकाएपछि सबिता नेपालीले आफ्नो पेटमा भएको बच्चा मेरो भन्न लगाए । मैले मेरै हो भने । उनीहरुकै सल्लाहमा मैले उनको जिम्मा लिने गरि गाडीमा चढाएर ल्याएको हुँ । दुर्घटना भएको स्थानमा अकस्मात गाडी मेरो सन्तुलन भण्दा बाहीर गयो र हामी कालीगण्डकीमा खस्यौँ ।
गाडी खस्दै गर्दा म भाग्यले उछिट्टीएर खोलामा परेँ । म करिब एक सय मिटर तल कालीगण्डकीमा पौडी खेलेर बल्न बाहिर निस्कीएँ । दुर्घटनापछि गाडी र उनको अबस्था केही देख्न सकिन् । गाडी पुरै ढुब्न लागिसकेको थियो । दुर्घटनाबाट बाँचेपनि मलाई अरुले मार्छन भन्ने डर लाग्यो । किनकी आफुसंगै आएको अर्को मान्छे सम्पर्कमा थिएन् । म उज्यालो भइन्जेल सडक मुनीको ओढारमा लुकेर बसेको थिए । साँझ परेपछि मोटरबाटो हुँदै गलेश्वरदेखि पर्वत बगरफाँट हुँदै मिलनचोक पुगेर त्यहाँ गाडी चढेर गएको हुँ ।

 प्रहरी नायब उपरिक्षक बिरबहादुर बुढामगर भन्छन्

दुर्घटना लगत्तै वेपत्ता भएका खड्का र नेपालीको परिवार समेत सुरक्षा निकायकै समन्वयमा कालिगण्डकी नदीमा खोजी कार्यमा जुटेका थिए । दुर्घटना भएको झण्डै एक सातापछि चालक पोखरातर्फ रहेको जानकारी पाएपछि आफन्तको सहयोगमा उनी प्रहरीको सम्पर्कमा आएपछि नियन्त्रणमा लिईएको प्रहरी नायब उपरिक्षक बिरबहादुर बुढामगरले जानकारी दिनुभयो ।दुर्घटना भएको यतिधेरै दिनपछि चालक सम्पर्कमा आएपछि घटनाको बारेमा आबश्यक अनुसंधान प्रकृया अगाडी बढाईएको प्रनाउ बुढामगरले जानकारी दिनुभयो । दुर्घटनाग्रस्त जिपका चालक खड्काले गाडी अकस्मात दुर्घटनामा परेपछि आफु खोलामा उछिट्टीएको र फौडी खेलेर बाहीर निस्कन सफल भएको बयान दिएका छन् । तर दुर्घटनापछि लुकेर एक सातापछि चालक प्रहरीको सम्पर्कमा आएपछि कालीगण्डकी नदीमा भएको जिप दुर्घटनाको रहस्य थप गहिरिएको छ । सो दुर्घटनामा परेकी नेपालीको अबस्था भने अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन् । घराम्दीकी दलित युवती सविता नेपालीसंग उनको सम्बन्ध रहेको रहस्य खुलेपछि स्थानीयले सवितालाई खड्काको जिम्मा लगाएर पठाएका थिए । सवितासंगको सम्बन्धलाई स्विकार गरि खड्काले उनलाई सोही जिपमा राखेर बेनी तर्फ आउँदै गर्दा सो दुर्घटना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank