दसैंका बेला घर भत्काईदिएपछि बिचल्लीमा परे पार्वती सार्कीकाे परिवार

दलित अनलाईन २६ आश्विन २०७५, शुक्रबार २३:३६

मोहन विष्ट

कञ्चनपुर- भारतीय दुधुवा नेशनल पार्कदेखि लालझाडी, शुक्लाफाँटा पसेको हात्तीको बथानले किसानको खेतबारीदेखि घरटहरासम्म आतंक मच्चाइरहेको छ ।

गएराति हात्तीको बथानले कञ्चनपुरको शुक्लफाँटा नगरपालिकाको ग्रामीण भेगतिर धानबाली नष्ट गर्नुका साथै पाँच किसानका घरटहरा भत्काईदिएको छ । शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा तीन र १२ कालागौडीमा दुई बाढीपीडितका घर टहरा भत्काईदिएको छ ।

बस्ने घर भत्काएपछि उनीहरुको बिचल्ली भएको छ । नगरपालिका–१ बन्साहकी पार्वती सार्कीको घर पुरै भत्काईदिएको छ । राति करिब १० बजे एक्कासी घरनिरै पुगेका हात्तीले घर भत्काउन थालेपछि छोरासहित भागेर आफु बाँचेको उनले बताईन् ।

पार्वतीको जस्तै बन्साहकै मोहन विक र धनबिर सार्कीको घर समेत भत्काएको छ । तीनै जनाको घर भत्काएर घरभित्र रहेको अन्नबाली समेत खाईदिएको उनीहरुले बताएका छन् । दसैंका बेला घरै भत्काईदिएपछि आफुहरुको बिचल्ली भएको पीडितले बताएका छन् । शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीका सन्तराम राना र सन्तु रानाको घरको पर्खाल भत्काएको हो । यस्तै हात्तीले शुक्लाफाँटा नगरपालिका–१ बन्साहको सिद्धबैजनाथ माध्यामिक विद्यालयको पर्खाल समेत भत्काएको छ ।

गएराति शुक्लाफाँटा नगरपालिका–१, २ र १२ का विभिन्न स्थानीयको धानखेती समेत नष्ट गरिदिएको छ । शुक्लाफाँटा नगरका मेयर दिल बहादुर ऐरले हात्तीबाट पीडित किसानको राहत र क्षतिपूर्तिका लागि स्थानीय सरकारका तर्फबाट पहल गरिने बताए ।

सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य लालबहादुर खड्काले हात्ती आतंक रोक्न अल्पकालिन र दीर्घकालिन योजनाका लागि पहल गरिने बताए । उनले स्थानीय प्रशासनलाई समेत हात्ती धपाउन आवश्यक पहल गर्न कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारनाथ अधिकारीलाई अनुरोध गरेका छन् ।

असोज पहिलो सातादेखी कञ्चनपुरमा जंगली हात्तीको आतंक सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank