बेलायतमा ब्ल्याक समर चलचित्रका निर्देशक एलबी सुब्बाको चर्चा

दलित अनलाईन ८ आश्विन २०७५, सोमबार २२:५६

करिब १ दशक देखि बेलायतमा बसेर नेपाली चलचित्र क्षेत्रमा अनवरत लाग्दै आउनुभएका चलचित्र निर्देशक एल.बि. सुब्बा पछिल्लो पटक युवापुस्ताको राम्रो निर्देशकका रुपमा चिनिनु हुन्छ । नेपाली र विदेशी चलचित्र क्षेत्रमा रुचि राख्ने सुब्बा नेपालको वर्तमान र भविष्यको चलचित्रको विश्लेषक समेत हुनुहुन्छ । आधुनिक नेपाली चलचित्र क्षेत्र एकेडेमिक कन्सेप्टबाट अघि बढ्नुपर्ने सोचका साथ फरक ढंगको चलचित्र निर्माण गर्दै आउनुभएका सुब्बाले नेपालको मौलिक विविधतालाई प्राथमिकता दिएर बनाएको चलचित्रहरुले राष्ट्रिय र अन्र्तराष्ट्रिय क्षेत्रमा समेत राम्रो छाप बनाउन सफल भएको छ ।
धरानमा जन्मिनु भएका निर्देशक एलबी सुब्बा नेपालमैं बसेर केही गर्ने सोच राखेर संघर्षका साथ बि.कम.र बि.एड. गर्दै शिक्षण पेसामा लाग्नुभएको थियो । तर अचानक सन् १९९५ मा हङकङ आईडीको कारण विदेशिनु भयो । दुख र संघर्ष गर्दै अगाडी बढ्दै गर्दा बाह्र वर्षको हङकङ बसाई पश्चात सन् २००७ मा युकेको रातो पासपोर्ट पाएर सपरिवारका साथ बेलायत पुग्नुभयो । बेलायत बस्नुहुने सुब्बाले सानाठुला गरेर करिब एक दर्जन चलचित्रहरु निर्माण गर्नु भएको छ । चलचित्र लेखन र निर्देशनमा अब्बल मानिनु हुने सुब्बाको कहीं दिन कहीं रात, निर्दोष र ब्ल्याक समर पछिल्ला ठूला चलचित्रहरु हुन् । सर्ट मुभीहरु लेसन, मिस युज दर्शकहरुले रुचाएका मुभी हुन् । पछिल्लो पटक ब्ल्याक समर चलचित्रबाट चर्चामा आउनुभएका निर्देशक एल. बि. सुब्बासँग दलित अनलाइन डटकमले गरेको कुराकानी :

तपाईंको अनुभवमा चलचित्र के हो ?

मेरो बुझाईमा चलचित्र भाषा, कला र साहित्यको समिश्रणको तस्बिर हो । यो हाम्रो अभिव्यक्तिको माध्यम पनि हो । हामीलाई लागेको कुरा अथवा समग्र मानवलाइ नै लागेको कुरा दिने माध्यम चलचित्र भएकोले चलचित्र बनाउनु अघि धेरै अध्ययन अनि माइनसेट गरेमा सफलता पक्कै मिल्छ ।

नेपाल र बेलायतमा चलचित्रको अवस्था कस्तो छ ?

पहिला हामी कन्टेन्ट र कलाकारको मात्र काम गथ्यौं । तर आज विविधतालाई बुझेर चलचित्र बनाउन थालेको धेरै भएको छैन । नेपालको चलचित्र बजार विस्तार गो्रथ हुँदै गएको छ । हिजो हलमा चलचित्र चलाउन गाह्रो हुन्थ्यो । तर अहिले हामीले बनाएको विविधताले भरिएको चलचित्रहरु नेपाल र विदेशमा दर्शकको रुचिमा रुपान्तरण भएकोले चलचित्र हलमा राम्ररी प्रर्दशन भएका छन् । स्वभाविक रुपमा हिजो हामीले जुन रुपमा फिल्म बनाउथ्यौं, आज समय सापेक्षित रुपमा दर्शकले चाहे अनुसारको बनाउन खोजिरहेका छौ ।

तपाईले बनाउदै आउनु भएको फरक धारको चलचित्रले नेपाली चलचित्र क्षेत्रमा कस्तो प्रभाव परेको छ ?

वास्तवमा मैले बनाउने चलचित्र फरक धार त होइन । सोच र बनाउने तरिका मात्र फरक हो । अहिले हाम्रो समाजमा जुन प्रकारका फिल्म बनेका छन त्यसमा मेरो केही असहमति हो । हुन त कसैले मनोरञ्जनको लागि चलचित्र बनाउँछु भन्छ भने त्यो उसको व्यक्तिगत सोचाई र रुचि हो । तर त्यस्ता चलचित्रले समाजलाई कति फाइदा गरेको छ भनेर हामी त्यसमा सचेत हुनुपर्छ जस्तो लाग्छ । अहिले हामीले जुन प्रकारले सिनेमा बनाइरहेका छौ, भोलिको दिशा भनेको त्यही नै हो । अहिलेकोे ग्लोबल युगमा जो कसैले तुरुन्तै अन्र्तराष्ट्रिय चलचित्रहरु हेर्न सकिरहेको अवस्थामा हाम्रा दर्शकहरु हामी भन्दा बढी शिक्षित भइसकेका छन् । अबका दिनमा उनीहरुको रुचि र भावनालाई जित्ने किसिमको चलचित्रहरु कसरी बनाउने भन्ने शिक्षा अबको चलचित्र निर्देशकहरुमा हुनुपर्छ । सबैको भावनालाई बुझेर बनेको चलचित्रले धेरै परिवर्तन ल्याएको छ ।

अहिले केमा व्यस्त हुनुहुन्छ ?

अहिले बेलायतका विभिन्न हलहरुमा ब्ल्याक समर चलचित्र प्रदर्शन भइरहेको छ । त्यसमै म लागिरहेको छु । त्रिकोणात्मक प्रेमकथा र थ्रिलर तथा सस्पेन्सले भरिपूर्ण कलात्मक ढंगबाट निर्माण गरिएको चलचित्र ब्ल्याक समर अन्य देशहरुबाट पनि प्रदर्शनका लागि अफर आएको छ । यो विदेशमा रहनुभएका सबैले हेर्नुपर्ने चलचित्र भएका कारण दर्शकहरु बाट राम्रो प्रतिक्रिया पाएको छु । यसलाई नेपाल लगायत अन्य देशहरुमा प्रदर्शन गर्ने तयारी भैरहेको छ । यहाँ युकेमा यो ब्ल्याक समर चलचित्र प्रदर्शन भइरहेको कारण केही समय यसैमा व्यस्त रहन्छु । यो लगतै अर्को नयाँ नेपाली समाजको वास्तविक तस्बिरहरुलाई दर्शकसामु छर्लङ्ग हुने किसिमको चलचित्र ल्याउने गरी कथा लेखनमा लागेको छु र केही प्रोजेक्टमा समेत व्यस्त छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank