कैलाली- जातिय विभेदको आरोपमा नयाँ शक्ति पार्टी, नेपालका नेता खड्क सावद पक्राउ परेका छन् । कैलालीको गौरीगंगा नगरपालिका ५ को मोहन्याल माध्यमिक विद्यालयको व्यवस्थापन समिति चयनको बिषयमा बिवादमा नेता सावदले जातिय विभेद जनाउने शब्द प्रयोग गरेपछि उनी पक्राउ परेका हुन् ।
विद्यालय व्यवस्थापन समितीको चयनका क्रममा गौरीगंगा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष जंगबहादुर विकले आफूलाई दलित भनेको भन्दै प्रहरीमा उजुरी दिएपछि नेता सावदलाई पक्राउ गरिएको हो ।
सावदबिरुद्ध सामाजिक कसुर अन्तरगत जिल्ला प्रशासन कार्यालय कैलालीबाट म्याद थप गरिएको कैलालीका प्रहरी नायव उपरिक्षक हरि वलीले जानकारी दिए।
Leave a Reply