काठमाडौं – सवारी चालकको मागअनुसार, मुलुकी देवानी संहिता संशोधन गर्न सरकार तयार भएपछि सवारी चालकको आन्दोलन फिर्ता भएको छ ।
आज सरकार र सवारी चालक संघर्ष समितिबीच भएको आठ बुँदे सहमतिपछि आन्दलनका सम्पूर्ण कार्यक्रम आजैदेखि फिर्ता गरिएको छ ।
सवारी ऐनको विरोध गर्दै आन्दोलनरत् सवारी चालकहरुले संघर्ष समिति गठन गरी गत मंगलबारदेखि राजधानीबाहिर सार्वजनिक यातायात ठप्प पार्दै आएका थिए ।
Leave a Reply