सडकबाट स्टार बनेका दुई भाइरल ब्वाई

दलित अनलाईन १९ भाद्र २०७५, मंगलवार २१:०९

नेपाली कलाक्षेत्रमा हिरो, हिरोइन, मोडल, गायकगायिका सधैँ चर्चामा रहन्छन् । यिनका व्यस्तता, बेलाबोलमा बाहिर आउने प्रेमसम्बन्ध र काम समेत चर्चाको बिषय बन्ने गर्दछ । यिनका तुलनामा बालकलाकारको भने जति राम्रो काम गरेपनि, जुनै किर्तिमान कायम गरेपनि चर्चा भने भएको पाइँदैन । विश्वकिर्तिमान बनाउने देखि युट्युबमा भाइरल हुने २ बालकलाकार आजको चर्चाको बिषय हो ।

अशोक दर्जी
झापाको सडकमा गीत गाउँदै हिड्दाको एक भिडियो युट्युवमा आएपछि भाइरल भएका अशोक दर्जी नेपाली कलाक्षेत्रको पछिल्लो समयका सबैभन्दा बढी हिट बालकलाकार हुन् । उनको चर्चा अहिले देश तथा बिदेशमा हुने गरेको छ । फेसवुक, ट्वीटर र युट्युवहरुमा भाइरल बन्न सफल उनले हालै ‘मन बिनाको धन ठूलो, कि धन बिनाको मन’बोलको गीत गाए । उनको यो गीत पनि देश तथा बिदेशमा मन पराइएको छ । युट्यवमा भाइरल भएपछि संगीतकार टंक बुढाथोकीले उनलाई काठमाडौँ ल्याएका थिए । छोटो समयमै थुपै स्वदेशी र केही बिदेशी कार्यक्रम अफर पाएका दर्जीको चर्चासँगै जीवनमा पनि परिवर्तन आएके छ । राम्रोसँग दैनिक हातमुख जोर्न आमाबुबाबाट असम्भव भएपछि गीत गाउँदै बटुवाले दिने रकम संकल गर्दै हिडेका अशोकको नाममा उनको घर बनाउनेदेखि अध्यायन गराउने सम्म अभिनयान अहिले चलेका छन् ।


प्रेम परियार
करिब ७ बर्ष अगाडि कलाकार शिशिर राणा काठमाडौँबाट पोखरा जाँदै थिए । मलेखुस्थित एउटा होटलमा खाजा खान ओर्लदा सानो बालकले सुमधुर स्वरमा गीत गाएको देखेर प्रभावित बने । दोस्रोपटक शिशिरले संगीतकार महेश खड्कालाई उनको घरसम्मै लिएर पुगे । त्यहाँ ती बालकको स्वरलाई अनौपचारिक जाँच गराए । संगीतकार महेश खड्का पनि प्रभावित बने । अन्ततः ती बालकलाई रेडियो नेपालको सिंहदरबारस्थित स्टुडियोसम्म ल्याइयो र गीत गाउन लगाइयो । प्रेम परियार तिनै बालक थिए । जो यो समय सर्वा्धिक चर्चामा रहन पुगे । सडकमा दैनिक ओहोर–दोहोर गर्ने सयौँ यात्रुहरुलाई गीत सुनाउने उनले चलचित्र ‘नभन्नु ल २’मा ‘यी आँखामा तिमी छ्यौ’, ‘मान्छे नमर्ने शहर हुँदैन’ गाए । जुन गीत सर्वा्धिक हिट भयो । गीतकै कारण चलचित्रले समेत ब्यवसाय गर्यो । ‘नाइ नभन्नु ल–२’ मा शीर्ष गीत गाएर तहल्का मच्चाएका प्रेमले हङकङ, कोरिया, कतार र अष्ट्रेलिया लगायत थुप्रै देश चारिसकेका छन् । सुरिलो आवाजले मन्त्रमुग्ध पार्ने उनले अहिलेसम्म करिब दुई दर्जन बढि गीत गाइसकेका छन् । एकाएक राष्ट्रियस्तरमा चिनिएका प्रेम सो समय वयष्क गायकका लागि पनि चुनौतीका पात्र समेत बनेका थिए । प्रेम अहिले भने गुमनाम छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank