प्रधानमन्त्री दाहालले अर्थतन्त्रबारे निजी क्षेत्रसँग छलफल गर्ने

दलित अनलाईन ५ मंसिर २०८०, मंगलवार ११:१८

काठमाडौँ —   देशको अर्थतन्त्र गतिशील बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज निजी क्षेत्रसँग छलफल गरी सुझाव लिने भएका छन् ।

देशको अर्थतन्त्रको हालको अवस्था र अबको दिशाबारे निजी क्षेत्रसँग जानकारी लिन प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा छलफल गर्न लागेका हुन्।

निजी क्षेत्रका प्रतिनिधिलाई दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा बोलाएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

यसअघि प्रधानमन्त्री दाहालले सोमबार बालुवाटारमा अर्थसहित विभिन्न मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायसँग अर्थतन्त्रलाई गतिशिल बनाउनेबारे छलफल गरेका थिए। बैठकमा अर्थमत्री महतले अर्थतन्त्रबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।

यस्तै राष्ट्र बैंकका गर्भनर र राष्ट्रिय योजना आयोगका प्रतिनिधिले पनि आफ्ना धारण राखेका थिए। दाहालले केही दिनअघि मात्रै अर्थतन्त्रलाई चलायमान गर्न प्याकेज ल्याउन लागेको बताएका थिए।

आज निजी क्षेत्रसँग छलफल गर्ने भनिए पनि उक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतलगायत अर्थसम्बन्धी सरकारी निकायका प्रतिनिधि सहभागी हुने सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank