विमस्टेक सम्मेलनको तयारी पूरा : परराष्ट्रमन्त्री

दलित अनलाईन ८ भाद्र २०७५, शुक्रबार १७:१८

काठमाडौं – आगामी भदौं १४ र १५ गते काठमाडौं हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौंथो शिखर सम्मेलनको तयारी पूरा भएको सरकारले जनाएको छ ।

शुक्रबार राजधानीमा पत्रकार सम्लेन गरी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले विमस्टेकको चौंथो शिखर सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । शिखर सम्मेलनमा विशिष्ट पाहुनाहरु मंगलबारबाट नेपाल आउने क्रम सुरु हुने पनि उनले जानकारी दिनुभयो।

शिखर सम्मेलनको भदौं १४ गते होटल सोल्टीमा प्रधानमन्त्री केपी ओलीले अध्यक्ष राष्ट्रको हैसियतले सम्मेलनको उद्घाटन गर्नुहुनेछ। सोही दिन बिहान विमस्टेक शिखर सम्मेलनमा आउनु भएका सदस्य राष्ट्रका सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरुलाई राष्ट्रपति विद्या भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि तय गरिएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभयो।

सम्मेलनमा आएको अवसरमा श्रीलंका राष्ट्रपति मैथ्रीपाला सिरिसेना र म्यानमारका राष्ट्रपति विन मिन्टले लुम्विनी भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभयो । शिखर सम्मेलनमा विमस्टेकलाई प्रभावकारी बनाउने प्रतिवद्धतासहित काठमाडौं घोषणा पत्र जारी गरिनेछ ।

विमस्टेकमा नेपाल, भारत, श्रीलंका, म्यानमार, थाइल्याण्ड, भुटान र बंगलादेशसहित सात राष्ट्र सदस्य छन् । शिखर सम्मेलनमा बंगलादेशको प्रधानमन्त्री शेख हसिना, भुटानबाट योङको छेङ वाङछो (चिफ जस्टिक), भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्राध्यक्ष विन मायन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला श्रीसेना, थाइल्याण्डका प्रधानमन्त्री प्रायुत चान ओ–चा र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीता रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank