निर्वाचनमा हार्‍यौं पनि जनताको मन जितेको छौं : कुलमान घिसिङ

दलित अनलाइन जेष्ठ २२, २०८३

काठमाडौं —  उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टी अब देश रूपान्तरणको अभियानमा सक्रिय रूपमा अघि बढेको बताएका छन्।

उज्यालो नेपाल पार्टीको प्रथम युवा भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले पार्टीले हरेक क्षेत्रका नागरिकसँग जोडिएर देशमा परिवर्तन ल्याउने लक्ष्यसहित अगाडि बढिरहेको बताए।

‘उज्यालो नेपाल पार्टी अब जुरुक्क उठेको छ । उज्यालो नेपाल पार्टीले अब यो देशमा परिवर्तनको लागि हामीले यो देशलाई रुपान्तरण गर्नको लागि हरेक क्षेत्रमा, हरेक क्षेत्रको नागरिकसँग जोडेर अगाडि बढ्ने र अगाडि बढाउनको लागि हामी एकदमै तनदुरुस्त भएर उठेका छौं,’ उनले भने।

उनले विगतको संघीय संसद् निर्वाचनमा छोटो तयारी र विभिन्न परिस्थितिका कारण अपेक्षित सफलता हासिल गर्न नसके पनि पार्टीप्रति जनताको विश्वास कायमै रहेको दाबी गरे । उनले निर्वाचनमा पराजित भए पनि उज्यालो नेपाल पार्टी जनताको मनमा विश्वासको पात्रका रूपमा स्थापित भएको बताए ।

‘हिजो हामी संघीय संसदको चुनावमा हाम्रो छोटो समयको तयारी र विभिन्न षडयन्त्रमा हामी बीचमा फस्न पनि गयौं। विभिन्न कारणले हामीले उज्यालो नेपाल पार्टीलाई जिताउन सकेनौं। हाम्रा साथिहरुले जित्न सकेनन्। तर उज्यालो नेपाल पार्टी हारेर पनि जितेको पार्टी हो,’ उनले भने, ‘हरेक नेपालीको मनमस्तिष्कमा अहिले उज्यालो नेपाल पार्टी विश्वासको पात्र बनेको छ। अहिले हरेक ठाउँमा विभिन्न जिल्लामा,विभिन्न पालिकामा, उज्यालो नेपाल पार्टीमा प्रवेश गर्ने साथिहरुको लर्को लागेको छ।’

Global IME bank

अध्यक्ष घिसिङले देशका विभिन्न जिल्ला र स्थानीय तहमा पार्टी प्रवेश गर्नेहरूको संख्या बढ्दै गएको उल्लेख गर्दै पार्टीप्रति जनआकर्षण निरन्तर बढिरहेको बताए। उनले निर्वाचन परिणामलाई लिएर आम नागरिकले पार्टीलाई अस्वीकार नगरेको स्पष्ट पार्दै तत्कालीन राजनीतिक परिस्थितिका कारण मतदाताले अर्को विकल्प रोजेको बताए।

उनले नेपाली जनताले पुराना दलप्रति असन्तुष्टि व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई ठूलो जनमत दिएको उल्लेख गरे । त्यसप्रति आफ्नो पार्टीको कुनै गुनासो नरहेको र सुरुदेखि नै स्वागत तथा सहयोगको भावना व्यक्त गरेको उनले बताए।

घिसिङले उज्यालो नेपाल पार्टीले पराजयलाई अन्तिम नठानी आगामी दिनमा सफलता सुनिश्चित गर्ने तयारी गरिरहेको दाबी गरे। उनले अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने संकल्पका साथ पार्टी निरन्तर अगाडि बढ्ने बताए।

‘हामी हारेर पनि हामीले हार मानेका छैनौं । हामी एकचोटी हार्यौं हारबाट अब जीत सुनिश्चित गर्दैछौं। अध्यारोबाट उज्यालोतर्फ लाग्दै छौं। रात परेपछि दिन आउँछ, बिहानपछि दिन आउँछ, उज्यालो नेपाल पार्टी निरन्तर अगाडि बढ्छ,’ उनले भने।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank