सबैले सहयोग जुटेमा प्युठानका शोभराज सुनारको जीवन फेरिन सक्छ

दलित अनलाईन ८ श्रावण २०७५, मंगलवार १९:१०

राम बहादुर बिश्वकर्मा

प्युठान गौमुखी गाउँपालिका वडा नम्वर ४ बाग्लिबाङ्गका डबलसिह सुनारका २४ वर्षिय छोरा पिडित शोभराज सुनार बचाउ अभियान सन्चालन गरिएको छ ।
दुर्गम गाँउको सुनार परिवारको आर्थिक स्थिति निकै नै दयनिय छ । विहान खाए बेलुकी के खाउ भन्ने स्थिति रहेको सुनार परिवारले छोरा शोभराज सुनारका लागि उपचार गर्ने खर्च त झन् कहाँबाट जुटाउनु ।
सुरुमा सामान्य टाउको दुख्ने समस्या देखिए पछि औषधिले निको नभएपछि समुदायका व्यक्तिहरुको पहलमा प्युठान अस्पतालमा ल्याइयो सुधार नभए पछि भैरहवा रिफर गरिएको थियो । डाक्टरको सल्लाह अनुसार टाउकाको अपरेसन गर्दा शरीरका विभिन्न भागमा पानि जमेकाले अप्रेसन गरेपछी अहिले भैरहवा हस्पिटलमा आई सि यु मा राखिएको छ ।
उपचारका लागी दैनिक धेरै रकम खर्च हुने भएकाले अर्थिक सहयोग संकलन गरी सुनारको बचाउ अभियान थालनी गरिएको युवा व्यवसायी तथा समाजसेवी प्रविण सुनारले जानकारी दिनुभयो । ‘हामीले बचाउँ अभियान गरेका छौं, सबैले जे जति रुपमा हुन्छ सहयोग गरिदिनुहोला । ’
समाजसेवी सुनारका अनुसार आर्थिक संकलनको लागि सामाजिक संजाल मार्फत पनि सुनार बचाउ अभियानलाई प्रचार प्रसार गर्दै देश विदेशमा रहेका आफन्त, शुभचिन्तकसँग आर्थिक सहयोग माग्ने जनाइएको छ ।
सुनारको उपचारमा लाग्ने सम्पूर्ण खर्च अहिले सम्म वैदेशिक रोजगारमा पुगेका व्यक्ति र विभिन्न निकायबाट सहयोग गरेर उहाँलाई औषधि उपचार पाउनबाट बन्चित हुन नदिन सबैलाई आग्रह गर्दै आफुले २१ हजार पाँच सय रुपैयाँ पीडितलाई दिनुभएको थियो । आफ्नै सक्रियतामा पिडित पक्षलाई प्रदान गरिएको समाजसेवी युवा व्यवसायी तथा समाजसेवी सुनार दिन रात नभनि लागि परेको जानकारी दिनुभयो ।


उहाँले सुनारको जीवन बचाउको लागि थप सहयोग मिल्ने उद्देश्यले दुबई बाट ज्ञामुराम सुनार र चन्द्र सुनार, कतार बाट अर्जुन सुनार र भारत बाट खिम बहादुर सुनारको पहलमा रकम संकलन कार्य भैरहेको जानकारी दिनुभयो ।
१२ दिन देखि बेहोसमै अस्पतालको सैयामा लडिरहेका सुनारको एक श्रीमति ,एक छोरा एक छोरी छन ।
यस्तो दर्दानक अवस्था देखेर समुदायका केहि व्यक्ति र रोजगारीको सिलसिलामा विदेशी गएकाहरुले सक्दो सहयोग गरिरहनुभएको छ । जम्मा हुन आएको रकमले दाजुको उपचार गरिए पनि हाल सम्म केही सुधार नहुदा हामी दुखित छौँ ,अझै यस्तै सहयोग जुट्न सकेमा दाजुलाई निको हुन सक्ने सुरु देखि कुरावा बस्दै आउनु भएका भाइ बोम बहादुर सुनार बताउनुभयो ।
सहयोगको लागि
सहयोग गर्न इच्छुक महानुभावहरुलले शोभराज सुनार बचाउको लागि साईन रेसुङगा बैंक खाता ९०२१००४००१० र ३१३९०००००१० मा आर्थिक सहयोग गर्न सकिने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank