गुल्मीमा श्रीमतीको बिभत्स हत्या गरी श्रीमान् फरार

दलित अनलाईन १६ कार्तिक २०७५, शुक्रबार १६:३५

गुल्मी- गुल्मीको मदाने गाउँपालिका ६ पुर्कोटका ३२ वर्षीय दुर्गा नेपालीले ३१ वर्षीया श्रीमती सिता नेपालीको हत्या गरेका छन् ।

नेपालीले शुक्रबार बिहान श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले बताए । फरार रहेका नेपालीको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

घटना बारे थप अनुसन्धानको लागि प्रहरी उपरीक्षक बस्नेतसहितको टोली घटनास्थल तर्फ गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank