ओखलढुंगामा जिप दुर्घटनामा दु्ई जनाको मृत्यु भएको छ । जिल्लाको सुनकोसी गाउँपालिका ८ च्यानममा बुधबार बिहान भएको जिम दुर्घटनामा दुई जनाएको मृत्यु भएको हो । सुनकोसी गाउँपालिकाको केन्द्र मुलखर्कबाट सदरमुकाम ओखलढुंगा आउँदै गरेको बा १५ च ८८४३ नम्बरको जिप रोकेको ठाउँबाट चिप्लिएर भीरमा खसेको थियो । दुर्घटनामा परी सुनकोसी गाउँपालिका–८ का ललीमाया थापा मगर र डिल्ली दर्जीको ज्यान गएको हो ।
मगरको घटनास्थलमै र दर्जीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख अनन्तराम शर्माले जानकारी दिनुभयो ।
जीपमा सवार चार जना घाइते भएका छन् । घाइतेको सनाखत हुन सकेको छैन । उनीहरुलाई उद्धार गरेर सामुदायिक अस्पताल ओखलढुंगामा उपचारका लागि पठाइएको सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्र अधिकारीले बताउनुभयाे ।
रोकि राखेको जिपमा यात्रु चढ्न खोज्दा चिप्लिएर भीरबाट १ सय ५० मिटर तल खसेको थियो । घटनाको थप विवरण आउन बाँकी रहेको र घटनास्थलमा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
Leave a Reply