ओखलढुंगामा जिप दुर्घटना, २ को मृत्यु, ४ घाइते

दलित अनलाईन २० असार २०७५, बुधबार ०९:५८

ओखलढुंगामा जिप दुर्घटनामा दु्ई जनाको मृत्यु भएको छ । जिल्लाको सुनकोसी गाउँपालिका ८ च्यानममा बुधबार बिहान भएको जिम दुर्घटनामा दुई जनाएको मृत्यु भएको हो । सुनकोसी गाउँपालिकाको केन्द्र मुलखर्कबाट सदरमुकाम ओखलढुंगा आउँदै गरेको बा १५ च ८८४३ नम्बरको जिप रोकेको ठाउँबाट चिप्लिएर भीरमा खसेको थियो । दुर्घटनामा परी सुनकोसी गाउँपालिका–८ का ललीमाया थापा मगर र डिल्ली दर्जीको ज्यान गएको हो ।

मगरको घटनास्थलमै र दर्जीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख अनन्तराम शर्माले जानकारी दिनुभयो ।

जीपमा सवार चार जना घाइते भएका छन् । घाइतेको सनाखत हुन सकेको छैन । उनीहरुलाई उद्धार गरेर सामुदायिक अस्पताल ओखलढुंगामा उपचारका लागि पठाइएको सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्र अधिकारीले बताउनुभयाे ।

रोकि राखेको जिपमा यात्रु चढ्न खोज्दा चिप्लिएर भीरबाट १ सय ५० मिटर तल खसेको थियो । घटनाको थप विवरण आउन बाँकी रहेको र घटनास्थलमा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank