सरकारले डा.केसीलाई अमानवीय व्यवहार गर्‍यो : गगन थापा

दलित अनलाईन १९ असार २०७५, मंगलवार १८:३४

पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका नेता गगन थापाले डा.गोविन्द केसीलाई सरकारले अमानवीय व्यवहार गरेको आरोप लगाउनु भएको छ ।

मंगलबार साँझ फेसबुक लाइभमा बोल्दै पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका नेता थापाले डा केसीसँग भएका सम्झौताको आंशिक पालनाले पनि शुल्क, नियमन, सिट संख्याको कुरामा सुधार भएको स्पष्ट पार्दै उहाँहरुलाई ओली सरकारले अमानवीय व्यवहार गरेको आरोप लगाउनु भएको हो ।

सम्झौताहरु पालना नगर्ने सरकारलाई प्रश्न गर्न र डा केसीलाई साथ दिन नेता थापाले अनुरोध पनि गनुभएको छ । । कसैले डा केसीको आन्दोलनका कारण नेपाली विद्यार्थी बाहिर पढ्न जानुपरेको भन्छ भने उसले यो विषयलाई सम्पूर्ण रुपमा नबुझेको ठहर्ने उहाँको दावी छ ।
नेता थापाले डा केसीमाथिको व्यवहार निन्दनीय भएको भन्दै सरकारको आलोचना समेत गर्नुभयो । उहाँले डा.केसीमाथि गरिएको व्यवहार राजा ज्ञानेन्द्रको निरंकुशतासँग समेत तुलना गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank