वर्षाका कारण विभिन्न विमानस्थलमा उडान प्रभावित

दलित अनलाईन १८ असार २०७५, सोमबार १०:१५

काठमाडाैं — वर्षा सुरु भएसँगै तराईका विमानस्थलहरुमा उडान प्रभावित भएको छ। जनकपुर, नेपालगन्ज, भैरहवा, पोखरा लगाएतका विमानस्थलहरु बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।
ल्क्ष्ऋ ब्क्क्ष्ब्

विमानस्थल बन्द भएसँगै तराईमा उडान गर्ने वायुसेवा कम्पनीहरुको उडान प्रभावित भएको उनले बताए। मौसम प्रतिकूल भएर बन्द भएका सिमरा र विराटनगर विमानस्थल भने सञ्चालनमा आइसकेको छ।

वर्षाका कारण कतिपय कच्ची धावनमार्ग भएका विमानस्थलहरुमा वायुसेवा कम्पनीहरुले उडान स्थगित गरेका छन्।

बलेवा विमानस्थलमा हप्ताको एकदिन नियमित उडान गर्दै आएको तारा एयरले बर्खाको समयमा उडान गर्न गारो हुने भन्दै उडान केही समयका लागि बन्द गरेको बागलुङ नगरपालिकाले जानकारी दिएको छ।

मौसमका कारण विमानस्थल बन्द हुदा र वायुसेवा कम्पनीले उडान नगर्दा यात्रुहरु मार्कामा परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank