मुलुकले विकास र सम्वृद्धिको बाटो लिनसके संसारकै नमूना देश बन्छ नेपाल :उपप्रधानमन्त्री यादव

दलित अनलाईन १६ असार २०७५, शनिबार १३:०८

काठमाडाैं – उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मुुलुकलाई सम्वृद्ध बनाउने हो भने पर्यटन व्यवसायको विकास गर्नुपर्ने बताउनु भएका छ ।
संघीय पर्यटन मञ्चले शनिबार राजधानीमा गरेको कार्यक्रममा उपप्रधानमन्त्री यादवले पर्यटन क्षेत्रको व्यवसायिक विकास गर्न सके नेपाल गरिब मुलुक नरहने बताउनु भएकाे हाे ।  योजना, व्यवस्थापन र राजनीतिक चिन्तनको अभावका कारण मुलुकले विकास र सम्वृद्धिको बाटो लिन नसकेको भन्दै उनले कमिशन र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने आवश्यकता औँल्याउनु भयाे ।

उहाँले शासन सत्तामा एउटै वर्गको बर्चश्व भएका कारण मुलुक पछाडि धकेलिएको दाबी गदै  समानता, सामाजिक न्याय र विविधतामा एकतामा आधारित समाज संसारकै नमूना देश बन्न सक्ने ठोकुवा पनि गर्नुभयाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank