सभामुख महराले संसदमा भने–गृहमन्त्री आउँदै हुनुहुन्छ, ट्राफिक जाममा पर्नुभएको छ

दलित अनलाईन ११ असार २०७५, सोमबार १०:५३

काठमाडौं – सोमबार संसद भवन बानेश्वरमा ऊर्जा, परराष्ट्र र गृहको बजेटमाथि छलफल भइरहेको छ । छलफलमा भागलिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ निर्धारित समयमा नपुगेपछि सांसदहरुले सदनमा विपक्ष दलका सा.सदले गृहमन्त्री खोइ भनेर सोधे ।

त्यसपछि जवाफमा सभामुख कृष्णबहादुर महराले भने, ‘आउँदै हुनुहुन्छ, ट्राफिक जाममा पर्नुभएको छ ।’

सभामुखको जवाफ सुनेर संसद हलमा हाँसोको फोहोरा फुट्यो ।

काठमाडौंमा आम मानिसहरुको थेगोजस्तै बनिसकेको छ ट्राफिक जाम । कसैले पर्खिइरहेको छ र आउन ढीलो भयो भने एउटै जवाफ हुन्छ– बाटामा ट्राफिक जाममा परियो त्यसैले ढीलो भयो ।

तर, संसदभित्र सभामुखले गृहमन्त्रीसमेत ट्राफिक जाममा परेको र आउन ढीलो भएको जवाफ दिनु एउटा मजाकजस्तै विषय हो । यसले काठमाडौंको सडकको बेथितिमात्रै देखाउँदैन, सडकको थेगो संसदभित्र छिरेको पनि अनुभव गर्न सकिन्छ ।

बहालवाला गृहमन्त्रीसँग सिंगो प्रहरी प्रशासनको कमाण्ड हुन्छ । उनी यताउता जाँदा अगुवा पछुवा हुन्छन् । उनीहरुले सुरक्षा प्रदान गर्नुका साथै बाटो अवरुद्ध भए पनि त्यसलाई पन्छाउँदै अघि बढ्छ । गृहमन्त्री आएपछि जाम भएको बाटो पनि हतार हतार खुलाइन्छ ।

तर, तिनै गृहमन्त्री ट्राफिक जाममा परेको भनियो भने हाँसोको पात्र बनिन्छ । यस्तै हाँसोको पात्र बने सभामुख कृष्णबहादुर महरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank