अन्तरजातीय विवाह गरेको जोडीलाई माईतीपक्षबाट छुटाउन कसरत

दलित अनलाईन १४ भाद्र २०७७, आईतवार १३:५१

स्याङ्गजा—स्याङ्गजाको फेदीखोला गाउँपालिका ४ आरुखर्कमा अन्तरजातीय प्रेम विवाहको गरेका जोडीलाई छुटाउने गैरदलितहरु लागि परेका छन् ।
आरुखर्कका ४ का विशाल  विकले स्थानीय क्षेत्री थरकी गैर दलित युवतीसँग गरेको प्रेमलाई विवाह गर्ने भन्दै साउन १० गते दुवै जना भागेर विवाह गरेका थिए । तर युवतीका आफन्तहरुले दलितसँग गरेका विवाहलाई कुनै हालतमा स्वीकार गर्न नसक्ने भन्दै छोरी छुटाउन कसरत गरेका छन् । छोरीले दलित युवालाई छोड्न नसक्ने गाउँमा जम्मा भएका सबै सामु सार्वजनिक रुपमा भने पनि गैरदलितहरुले सार्वजनिक स्थलमै जातीय आधारमा गाली गलौज गदै युवालाई युवती छोड्दिन चेतावनी दिएका थिए ।
माईतीपक्षबाट केटा–केटीको उमेर नपुगेको भन्दै प्रहरी चौकीमा केटीको आमाबाट निवेदन दिएकी छिन् । उनको निवेदनको आधारमा प्रहरी चौकीले कानुनी रुपमा केटाको उमेर नपुगेको र छुटिनुपर्ने भन्दै सहमतिको गर्न छलफल चलाएको थियो । तर विवाहित जोडीहरुले आफुहरु एकअर्को विना बाँच्न नसक्ने गरी छलफलमै आग्रह गरेका थिए ।
विशाल विकको उमेर २० वर्ष पुग्न अब ११ दिन बाँकी छ भने, युवती १८ पुगेकी छिन् । कक्षा १२ को पढाई सकेर परिक्षा पर्खदै बसेकी पारु क्षेत्रीले प्रेम विवाह गरेको ४ दिन पछाडी प्रहरी चौकीमा फेदिखोलामा उपस्थित भएका थिए ।
प्रहरी चौकीमा केटाकेटी छुटाउने सहमति बन्न नसकेपछि प्रहरी चौकी फेदिखोलाबाट जिल्ला प्रहरी कार्यालय स्याङ्गजालाई अन्तरजातीय विवाह गरेको जोडी छुटाउन केस रिफर गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank