अमेरिकी सरकारद्वारा सुनिता दनुवार ‘ट्राफिकिड इन पर्सन हिरो’ घोषित

दलित अनलाईन १५ असार २०७५, शुक्रबार ०४:३२

अमेरिका – नेपालमा मानव बेचविखनविरुद्ध कार्यरत सुनिता दनुवार अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेटद्वारा प्रदान गरिने ट्राफिकिड इन पर्सन (टिप )द्वारा सम्मानित भएकी छन्।

शुक्रबार अमेरिकी विदेश मन्त्रालय वासिङटन डिसीमा आयोजित कार्यक्रममा विदेशमन्त्री माइकल पम्पियोले दनुवारलाई यो सम्मान प्रदान गरेका हुन्।

अमेरिकी सरकारले बर्सेनि विश्वभरीबाट मानव बेचबिखनविरुद्ध काम गर्ने व्यक्तिहररूलाई सम्मान स्वररूप दिइने टिप उच्च स्तरको सम्मान हो ।

सम्मान ग्रहणपछि कुरा गर्दै भनिन्, ‘मैले गरेको काम विश्वले नियाली रहेको रहेछ र कामको मुल्याकनस्वररूप अमेरिकी सरकारबाट सम्मान पाउँदा निकै खुसी छु र आगामी दिनमा जिम्मेबारी थपिएको महसुस गरेको छु।’

सम्मान ग्रहण कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डा। अर्जुन कार्कीको पनि उपस्थिती थियो ।

यो पुरस्कार पाउने विश्वका अन्य व्यक्तिहरूमा बहराइन ब्रकिना फासो, क्यामरुन एल सल्भाडोर तथा इन्डोनेसिया, नाइजेरिया, सर्विया, सुडान र दक्षिण कोरियाबाट एकरएक जना छन्। सम्मनित सबैले शुक्रबारै विदेशमन्त्रीबाट सम्मान पत्र लिएका छन्।

साभार :  नेपालखबर डटकमबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank