अपार्थाईत विरुद्धका चम्किला तारा मण्डेला र जातीय विभेद 

राजन सुनार ३ श्रावण २०७७, शनिबार १९:५२

विश्व शान्ति नोवेल पुरस्कारले सम्मानित झोसाभाषी आदिवासी राजकीय समुदायमा सन् १९१८, जुलाई १८ का दिन जन्म लिएका एक अफ्रिकी वालक नेल्सन मण्डेला, जसले अफ्रिकी महाद्धीपमा अल्पसंख्यक श्वेतहरुले वहुसंख्यक अश्वेत समुदाय माथि गरेको दमन, रङ्गभेदी कानून र दासत्वका विरुद्धमा शान्तिपूर्ण र गोरिल्ला युद्धका साथै २७ वर्षे जेल जीवनको समर्पण पछि अश्वेतहरुको अधिकार स्थापित गर्न सफल भएका थिए । जेल जीवनमा एक अश्वेतलाई गरिने विभेदपर्ण व्यवहार उनलाई पनि गरिएको थियो, न सुत्ने ठाउँ थियाे, न कपडा नै, कडा परिश्रम गर्न उनलाई वाध्य वनाईन्थ्यो । सन् १९६४ अप्रिल २० का दिन उनले रिभानिया ट्राईलमा भनेका थिए कि ‘म यस्तो विचारको लागि लडिरहेको छु, जसका लागि म मर्न पनि तयार छु ।’ यसरी वर्षोवर्ष देखि दासत्वको जञ्जिरमा र रङ्गभेदमा वाँचेको सिंगो अफ्रिकालाई मुक्त गर्न सफल उनै मण्डेलाको सम्झनामा आज पनि विश्वले अफ्रिकी महाद्धीपमा भएको कहालीलाग्दो रङ्गभेदी ईतिहास वर्णन गरिरहेको छ ।

कानूनका विद्यार्थी मन्डेलाको राजनैतिक आन्दोलनले अश्वेत समुदायको खोसिएको अधिकारको प्राप्तिका लागि कारावासका विरुद्ध विश्वमा भत्र्सना भैरहँदा तत्कालिन दक्षिण अफ्रिकी राष्ट्रपती एफ.डव्लु.डि कलार्कले सन् १९९०, फ्रेवअरी ११ का दिन मन्डेलालाई जेल मुक्त गर्ने निर्णय गरिरहेका थिए । विश्वले नेल्सन मण्डेलाको रिहाईको खुसीका आ“शु वहाईरहेको थियो । उनको जीवन समर्पणले अफ्रिकी ईतिहासमा रङ्गभेदी शासन सत्ताको अन्त्य र विश्व शान्तिको प्रतिकका रुपमा कार्य गरेको हुनाले उनलाई तत्कालिन राष्ट्रपतीसंगै सन् १९९३ मा नोवेल शान्ति पुरस्कारले समेत सम्मानित गरियो । जो उनले सन् १९९४ को उनको राष्ट्रपती पदमा विजय संगै प्रकाशित उनको जीवनको ईतिवृतान्त ‘लङ्ग वाक टु फ्रिडम’ पुस्तकमा समेत पनि उल्लेखित भएको छ ।

उनको सघर्ष र अपार्थाईत (रङ्गभेद) विरुद्धको विजयको यथार्थता संग दक्षिण अफ्रिकी नागरिकहरुको अदम्य धैर्यता, साहस, रगत र सहादतको पृष्ठभूमि गाँसिएको छ । सन् १८०० देखि लागु गरिएको विभेदकारी ‘पास कानून’ जस अन्तर्गत दाश तथा अश्वेत नागरिकहरु श्वेत समुदायको वसोवास क्षेत्र वा शहरी क्षेत्र प्रवेश-विकसित क्षेत्र प्रवेशका लागि पास लिनु र अधिकारी समक्ष प्रस्तुत गर्नुपर्ने प्रावधानका विरुद्ध, अफ्रिकन अपारथाईतका विरुद्ध तथा अश्वेतहरुको स्वतन्त्रता र अधिकार माथिको हस्तक्षेप विरुद्ध सन् १९६० मार्च २१ का दिन अश्वेत नागरिकहरुको शान्तिपूर्ण प्रदर्शन माथि प्रहरीले अन्धाधुन्द गोली वर्षाउँदा ६९ जना निहत्था नागरिकको ज्यान गएको घटना धेरै मध्यको एक प्रतिनिधि घटना हो । सम्पूर्ण नागरिकहरुको अधिकार प्रतिस्थापन गर्न सफल भएका एक नायक जो अमेरिकाको ह्वाईटहाउस प्रवेश गर्दा होस् वा संयुक्त राष्ट्रसंघ महासभालाई सम्वोधन गर्दा नै होस् मानव अधिकार, स्वतन्त्रता, मानव समानता र रङ्गभेद विरुद्धको सामाजिक सदभावको सम्वन्धी उनको विचार माथी विश्वले सम्मानपूर्वक ताली वजाएको दृश्य अहिले पनि देख्न र सुन्न सकिन्छ । उनले विश्वलाई मानव–मानव वीच अधिकारको समानुभूती, रङ्गभेद विरुद्धको सामाजिक सदभावको विचार र विश्व शान्तिको लागि गरेको आव्हानलाई अहिले पनि उदाहरणको रुपमा लिने गरिन्छ । उनले आफनो एउटा भाषणमा भनेका थिए ‘कुनै पनि व्यक्तिले जन्मजात अर्को व्यक्तिको शरीरको छालाको रङ्ग, उसको विगत र उसको आस्थाको आधारमा घृणा गर्ने गर्दैन, वरु उसले घृणा गर्न सिक्नुपर्दछ, यदि उसले घृणा गर्ने सिक्नुपर्दछ भने उसलाई अरुलाई माया गर्नपर्छ भन्ने पनि सिकाउन सकिन्छ, माया गर्ने भन्ने कुरा धेरै प्राकृतिक रुपमा आउछ, न कि घृणा ।’

उनले सन् २०१३ डिसेम्वर ५ का दिन देहत्याग गरे पछि उनको अन्त्येष्ठीमा संयुक्त राष्ट्रसंघ महासचिव, अमेरिकी, वेलायती तथा दई फ्रान्सेली राष्ट्रपतीहरु सहित विश्वका १९० राष्ट्रका राष्ट्राध्यक्षहरु जोहानेशवर्गमा शद्धाञ्जलीका लागि उपस्थित थिए जो विश्व ईतिहासमा कुनै राष्ट्रप्रमुख प्रति विश्वले देखाएको सम्मान, सद्भाव र माया विरलै हेर्न पाईन्छ ।

अफ्रिकी अन्धकार अपार्थाईत विरुद्धका चम्किला तारा मण्डेलाको सन्देशले भनिरहेको छ कि हिंसा होईन शान्ति रोज, घृणा होईन माया रोज यो वढी प्राकृतिक हो जवकि घृणा कृत्रिम हो । अवको नेपाली समाजले अफ्रिकी महाद्धीपमा रङ्गभेदी राज्य संरचना विरुद्धको लडाईको ईतिहासवाट सामाजिक रुपान्तरणको प्रयास थालनी गर्नुपर्दछ ।

 

अहिले नेपालमा के भईरहेको छ ?
विश्वले समाज परिवर्तनका लागि वैज्ञानिक पहल, व्यापारमा उन्नती, विज्ञान र प्रविधिमा छला लगाई रहँदा नेपालमा भने दक्षिण अफ्रिकाको जस्तै रङ्गभेदीता, जातियता, घृणा, जातिय विभेद, सामाजिक असमानता, अन्तरजातिय विवाह हत्या र तिरस्कार, क्षेत्रिय घृणा, भाषिक अधिकारमा हस्तक्षेप लगाएतका मानव अधिकार विपरीतका क्रियाकलापलाई राज्यले संरक्षण र प्रवद्र्धन गरिरहेकोले राज्य संयन्त्रका स्थानिय नेतृत्व, प्रहरी संरचना, राजनैतिक पार्टी, रोजगार प्रद्धाय निकाय, शिक्षा क्षेत्र, व्यापार व्यवसायको क्षेत्र पूर्ण रुपमा विरुद्धमा खनिएको थप्रै घटनाहरु हाम्रा सामु छन् । हाल मात्र भएका केहि प्रतिनिधिमलक घटनाहरुले देखाएका छन् कि अन्तरजातिय विवाह भएमा नसके सामाजिक वहिष्कृत वा सकेमा हत्या गर्ने परिपाटी रोकिएको छैन । त्यसको ज्वलन्त उदाहरण रुकमको नवराज वि.क. लगाएत ६ जनाको निर्मम हत्या, रोजगारीमा सवल छान्ने नाममा सर्खेतमा एक जना पनि दलित स्टाफ नर्स पास नहनु र उच्च जातिय चलखेल, आफना जाति वा परिवारकोलाई प्राथमिकता दिने नाममा छोरीको ठाउँमा वावाले परिक्षा दिएको त एउटा दृष्टान्त हो । उच्च जातिय अहमतावाट जोगिन वालात्कार भएकी नावालिका दलित वालिकालाई पासी विवाहको नाममा हत्या । प्रहरीको हिरासतमा शम्भु सदा लाई झण्ड्याएर मारिन्छ । उपचार नपाएर दलित यवा राजु सदा अस्पतारमा छटपटीदै मर्छन् । मोहीयानी हकमा लागि कानूनी लडाई लडेर जितेको दलितलाई हिंसाको प्रयोगले मारिएको छ । अफ्रिकी समाजमा लागु भएको ‘पास कानून’ जस्तै दलित समुदाय भिर र पाखामा पहिरोको जोखिममा वसेका थिए तर पहिरोले जाजरकोटमा ११ जना मृत्युमा परे । यी घटनामा न त राज्यले मानवीय दृष्टि राख्न सक्यो, न त पीडितका पक्षमा न्यायको लागि कठोर कदम नै चाल्न सक्यो । यसले समाजमा गढेर रहेको विभेद न त घटाउन सक्छ, न हटाउन नै सक्छ । यसको समाजको एकतालाई कमजोर बनाउने कुरा पक्का नै छ ।

नेपालले कस्तो पाठ सिक्ने ?
आज विश्वले समाज विकासको फट्को मारिरहेको छ । अफ्रिकी अन्धकार अपार्थाईत विरुद्धका चम्किला तारा मण्डेलाको सन्देशले भनिरहेको छ कि हिंसा होईन शान्ति रोज, घृणा होईन माया रोज यो वढी प्राकृतिक हो जवकि घृणा कृत्रिम हो । अवको नेपाली समाजले अफ्रिकी महाद्धीपमा रङ्गभेदी राज्य संरचना विरुद्धको लडाईको ईतिहासवाट सामाजिक रुपान्तरणको प्रयास थालनी गर्नुपर्दछ । हिंसाले समाजको विकासलाई मात्र प्रभावित पार्दैन, यसले पुस्तौ पुस्ता सम्म पनि रगतको वदलाभाव तथा एक समुदायको अर्को समुदाय प्रति वितृष्णा पैदा गरिरहने हुनजान्छ ।

नेपालमा जातिय विभेद विरुद्ध अव के गर्न सकिएला ?
घृणा अन्त्य, जातिय विभेद समाप्तिका लागि आवश्यक कानूनी व्यवस्था तथा कार्यान्वयन, अन्तरजातिय विवाह हत्या र तिरस्कार विरुद्ध राज्य संरचनाको प्रभावकारी पहल र कानूनको पहुँचमा, एकै समाजका स्वधर्मी हिन्दू माथि मन्दिर प्रवेश निषेध हटाउने र स्वधर्मीहरुको धार्मिक कर्मकाण्डमा एकता ल्याउने । स्कूल पाठशाला, स्वास्थ्य सेवा क्षेत्र, रोजगारी, व्यापार व्यवसाय लगाएतका क्षेत्रको विभेद अन्त्यको प्रारम्भ हुनु पर्दछ । राज्यका सम्पूर्ण अवसरवाट वञ्चितीकरण लाई रोक्ने राज्य र राज्यका संयन्त्रहरुमा जातिय विभेद विरुद्ध आमूल परिवर्तन हुनुपर्दछ । हाल रहेको नेपालको संवैधानिक व्यवस्थामा संसोधन सहित नयाँ जातिय छुवाछुत अपराध तथा सजाय ऐनको प्रावधान ल्याईनुपर्दछ । त्यसका लागि जातिय छुवाछुत पीडित समुदायहरुको वीचमा पुगी उनीहरुको सयौ वर्ष देखिको पीडा अनुभूत गरी विचारका लागि उनीहरुसंग परामर्श गरिनुपर्दछ । राज्यको तर्फवाट जातिय छुवाछुत अपराधमा छुटै क्षतिपुर्ति कानूनको वारेका पनि व्यापक छलफल र पीडित समुदायको सुनुवाई हुनुपर्दछ । जातिभेद हतोत्साहान स्वरुप जातिय छुवाछुत गर्नेलाई सरकारी जागिर गर्न नपाउने, सार्वजनिक पद धारण गर्न नपाउने, राजनैतिक वा अन्य सार्वजनिक पद धारण गर्न अमान्य हुने जस्ता सजायको व्यवस्था गरिनुपर्दछ । आर्थिक, शैक्षिक, राजनैतिक, रोजगार, पेशा तथा व्यवसायमा जातिय विभेदको अन्त्यको लागि सवै क्षेत्रमा जातिय छुवाछुत विरुद्ध आचार संहिता तयार गरी लागु गरिनुपर्दछ । दक्षिण अफ्रिकी समाजलाई श्वेतहरुको हिंसा, ज्यादती, विभेद र हत्या जस्ता अपराधिक कार्यवाट मुक्तिका लागि नेल्सन मण्डेलाले गरेको अधिकारमुखी लडाई नेपाली जात व्यवस्थामा आधारित विभेद र छुवाछुत राज्यसत्ता र यसको संरक्षणमा हुर्केको जातिय छुवाछुत अन्त्य नहँदासम्म देशले एउटा जातिय युद्ध वा लडाई गर्भमा वोकिरहेको हुनेछ भन्न अतिसयुक्ति नहोला । यद्ध शन्तिपूर्ण हुने वा हिंसात्मक त्यो राज्यमा निर्भर रहने देखिन्छ । त्यसैले अनिश्चित र अन्धकारमय भविष्य कुर्नु भन्दा राज्यले जात व्यवस्थामा आधारित जातिय विभेद अन्त्यमा लाग्नुपर्ने र मानव अधिकारको तथा सामाजिक न्यायको पक्षमा आव्हान गर्नुपर्ने समयको माग पनि हो ।

(लेखक सुनार नर्थईस्र्टन यूनिभर्सिटी स्कूल अफ ल, बोष्टन, अमेरिकाबाट मानवअधिकारमा एल.एल.एम गरेका छन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank