‘डीएनए क्लोथिङ’को ब्राण्ड एम्बेस्डर भए गायक प्रकाश सपूत

दलित अनलाईन २५ असार २०७६, बुधबार १७:४४

काठमाडाैं- लोकप्रिय लोक गायक प्रकाश सपूत ‘डीएनए क्लोथिङ’ ब्राण्डको एम्बेस्डर भएका छन्।

राजधानीमा बुधबार प्रकाशलाई एक कार्यक्रमका बिच दुई वर्षदेखि बजारमा आएको कपडाको ब्राण्ड डीएनएले एम्बेस्डरको घोषणा गरेको हो।

एक वर्षका लागी एम्बेस्डरको रुपमा डिएनएसँग हस्ताक्षर गरेका प्रकाशले आफ्नो लागी यो ठूलो सफलता बताए। ‘मेरो लागी डिएनएसँग जोडिनु ठूलो सफलता हो।’ प्रकाशले कार्यक्रममा भने, ‘म यस ब्राण्डसँग जोडिनुको मुख्य कारण देश बिदेश छरिएर रहेका युवाहरुमाझ छिटो पुग्न सकुँ भन्ने हो।’

डीएनएको तर्फबाट केदार प्रसाद न्यौपानेले गायक प्रकाशलाई प्रमाण पत्र प्रदान गरे। केदारले पछिल्लो समय युवापुस्ताको मनमुटुमा बस्न सफल भएकै कारण प्रकाशलाई आफ्नो ब्राण्डसँग जोडेको बताउँछन्। कार्यक्रममा गायिका शान्तिश्री परियार, तिलक बस्नेत लगायतको उपस्थिती रहेको थियो।

गायक प्रकाश पछिल्लो समय सार्वजनिक ‘गलबन्दी’ बोलको लोकगीतका गायक तथा संगीतकार हुन्।  प्रकाशको ‘बोलमाया’, ‘दोहोरी ब्याटल’ लगायतका गीत सर्वाधिक रुचाइएका गीत हुन्। यी गीत युट्युवमा करोड बढी भ्युज छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank