निरञ्जनको हत्यामा संलग्नलाई बचाउन दलितमाथि कुटपिट गरियाे : पीस फर दलित फाउन्डेसन

दलित अनलाईन ९ भाद्र २०७७, मंगलवार १७:२७

काठमाडौं— पीस फर दलित फाउन्डेसन पर्साले रौतहटका निरञ्जन रामको हत्यामा संलग्नलाई बचाऊँ गरेको भन्दै आपत्ति जनाएको छ।

गएको साउन ३१ गते राति गरुडा नगरपालिका ८ जिगडियामा रहेको सच फलफूल नर्सरीमा काम गर्ने २० वर्षीय निरञ्जनको हत्या भएको थियो। घटना लगत्तै गरुडा प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा ७ जनालाई पक्रेर अनुसन्धान थालेको छ।

मंगलबार फाउन्डेसनका अध्यक्ष मनोज रामले एक विज्ञप्तिमा जारी गर्दै आरोपीलाई बचाऊँ गरेर प्रहरीले निर्दोषलाई पक्रेरकाे दावी गरेका छन्। उनले पक्राउ परेका ११ जनामध्य विजयराम चमारलाई कुटपिट गरेर प्रहरी घाइते समेत बनाएकाे बताएका छन्।

‘मृतक निरञ्जनको सम्पूर्ण घटनामा संलग्न रहेको भन्दै प्रहरीले निर्दोष विजयलाई पक्राउ गर्दै बल प्रयोग गरेर जवर्जस्ती कबुल गराउन हिरासत भित्र कुटपिट गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो घटनालाई रौतहट प्रहरीले पैसाको लोभमा तोडमोड गरि मुख्य योजनाकार गैरदलित अपराधीहरुलाई बचाउन दलितकाे चरित्र हत्या गर्न खोजिरहेको छ।’

प्रहरीको कुटाइबाट घाइते भएका विजयलाई अहिले उपचारका लागि वीरगञ्ज मेडिकल कलेजको आईसियु कक्षमा राखिएको छ । हत्यामा जो सुकै संलग्न भएपनि कारवाही हुनुपर्छ भन्दै निर्दोषलाई जवर्जस्ती फसाउनु गलत भएको फाउन्डेसनका अध्यक्ष रामले बताएका छन्।  पक्राउ परेका विजयको हालत गम्भिर रहेको छ। उनलाई पहिलेदेखि नै किड्नीको समस्या रहेको अध्यक्ष रामले बताए।

‘अत्याधिक कुटपिट भएको र अहिले उनको डालोसिस गर्नुपर्ने अवस्था आएको डाक्टरहरुले जानकारी दिएको छ,’ उनले भने, ‘ तर उनको अवस्था बुझ्न अस्पताल पुगेका आफन्तजन, सहयोगी तथा अभियन्ता कसैलाई भेटघाट गर्न दिएको छैन।’

अध्यक्ष रामले प्रहरीले निर्दोष विजयलाई अर्को शंभु सदा बनाउन खोजेको पनि आरोप लगाएका छन्। धनुषाको प्रहरी हिरासत मै ज्यान गुमाएका सदाको घटनाको विरोधमा भएको आन्दोलन सेलाउन नपाउदै अहिले निरञ्जन रामको घटनाले चर्चा पाएको छ।

घटनामा पक्राउ परेकामध्ये केही निर्दोष परेको भन्दै प्रहरीको दमन र घटनाका मुख्य दोषी उम्काउने काम हुन थालेको भन्दै दलित समुदायहरु विरोध प्रदर्शन गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank