बाढी र पहिरोबाट २९ दलितको मुत्यु

दलित अनलाईन २७ असार २०७७, शनिबार २०:३२

काठमाडौं—कोरोनाको कहरसंगै मुलुक बाढी र पहिरोको चपेटामा परेको छ । विहीबार रातिदेखि अविरल वर्षाका कारण देशका धेरै जसो जिल्लाहरुमा बाढी र पहिरो जाँदा ४४ को मृत्यु भएको छ भने, ३८ जना अझै बेपत्ता छन् ।
गृहमन्त्रालय अन्तरर्गतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रको तथ्याङ्क अनुसार बाढी र पहिरोबाट ८ जिल्ला प्रभावित भएका छन् । बाढी र पहिरोमा परि मृत्यु भएका ४४ जनामध्ये २९ जना दलित समुदायका छन् ।
वर्षामा पहाड र हिमाली क्षेत्रमा पहिरो जाने र तराईमा बाढी र डुबानका कारण बर्षेनी सयौं व्यक्तिहरु बाढी र पहिरोको कारण मृत्यु हुने गर्छन् । विहीबार रातिदेखि अविरल वर्षा कारण देशका धेरै जसो जिल्लाहरुमा बाढी र पहिरो जाँदा २९ जना दलितको मृत्यु भएको हो ।
जाजरकोटको बारेकोट गाँउपालिका ४ सार्कीटोलमा गएको पहिरोमा परी बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ । यो समेत मृतकको संख्या नौ पुगेको छ । पहिरोले दुई घर बगाउँदा पाहुना आएका २ जना सहित १२ जना बेपत्ता भएका थिए । यी सबै दलित समुदायका हुन् ।

पहिरोमा परी बेपत्ता ३८ वर्षीय कलु सार्की र उनका ६ वर्षीय छोरा सभास सार्कीको शव फेला परेको हो । यसअघि शव फेला परेर पनि पहिचान हुन नसकेका कुशे ९ चौराटाका १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्कीको पहिचान भएको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले दलित अनलाईनलाई बताए । उनीहरु दिदीको घरमा पाहुना हुन आएका थिए ।
पहिरोमा बारेकोट ४ का ५२ वर्षीय गोपाल सार्की र उनका ११ वर्षका छोरा अर्जुन सार्की र त्यस्तै कलु सार्की (दिदी) को घरमा पाहुना आएका कुशे ९ चौताराका २० वर्षीय डिल्ली सार्की, १८ वर्षका विरेन्द्र सार्की र कलु सार्कीकी १४ वर्षीया छोरी तिर्सा सार्कीको पनि शव पहिचान भइसकेको छ । उक्त पहिरोमा पुरिएर अझै तीन जना दलित समुदायका व्यक्तिहरु हराइरहेका छन् ।
पहिरोले गाँउ नै बगाउन थालेपछि बारेकोटका विभिन्न गाँउका दुई सय बढी परिवार विस्थापित भएका छन् । विस्थापित हुनेहरुमध्ये १ सय १७ जना दलित समुदायका छन् ।

म्याग्दीका विभिन्न स्थानमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । धवलागिरि–६ मराङका ११, मालिका–७ बिमका ८ र रघुगंगा–६ ठाडाखानीका १ जनाको शव भेटिएको म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजङ कुँवरले जानकारी दिएका छन् ।
धौलागिरी र मालिका गाउँपालिकामा गएको पहिरोमा नेपाल प्रहरी र सेनाको संयुक्त टोलीले बेपत्ताहरुको खोजी गर्ने क्रममा १७ जनालाई मृत अवस्थामा फेला पारेको हो । जसमध्ये ३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए । घाइतेहरुलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि बेनी अस्पताल र पोखरा मणिपाल अस्पताल पठाइएको छ । अन्य बेपत्ताहरुको खोजी जारी रहेको प्रहरी नायब उपरीक्षक रेग्मीले बताए । धौलागिरी गाउँपालिकामा पहिरोमा पुरिएका सुकुना लामगादे, आशिष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार,मन सुनार,कमला श्रीपाली, सुरक्षा श्रीपाली र सुरज श्रीपाली छन् । यस्तै मालिका गाउँपालिकामा पहिरोमा पुरिएर विशेष नेपाली (५ वर्ष), वीरबहादुर नेपाली (३१ वर्ष), विष्णु नेपाली, सन्दीप नेपाली (५ वर्ष) निशा नेपाली (२ महिना)र विष्णु पौडेल (४० वर्ष)को मृत्यु भएको छ ।

मालिका गाउँपालिकाका ७ विमका पूर्णबहादुर नेपालीलाई पोखरा मणिपाल शिक्षण अस्पताल रिफर गरिएको छ । धौलागिरी गाउँपालिका–६ की २२ वर्षीया मन्जिता श्रीपाली (गर्भवती) धौलागिरी गाउँपालिका–६ का ७ वर्षीय सफल श्रीपाली उद्धार गरी उपचार गरिदैछ ।
राष्टिय विपत् जोखिम न्युनीकरण तथा व्यवस्थापन समितिका अनुसार बाढी र पहिरोबाट १० वर्ष यता १७ खर्ब बढीको धनजनको क्षति भएको छ । समितिका अनुसार पहिरोबाट विगत १० वर्षमा ९ सय ४ जनाको ज्यान गएको छ भने २ सय ३३ बेपत्ता छन । यस बीचका पहिरोका १ हजार ६ सय ३३ घटनामा १ अर्ब ६६ करोड ७० लाख क्षति भएको छ । पहिरोबाट ६ हजार ७ सय ९६ परिवार प्रभावित भएका छन । विपतको पूर्व तयारी र प्रतिकार्य तयारी सम्वन्धी समितिले प्रतिवेदन तयार गरि संसदको राज्य व्यवस्था समितिमा पठाएको छ । विपत् व्यवस्थापन समितिका अनुसार गत वर्ष मात्र पहिरोका कारण ८३ जनाको ज्यान गएको थियो । ८३ जनामध्ये ४६ जना दलित समुदायको बाढी र पहिरोमा परेर ज्यान गएको थियो ।
यस्तै हुम्ला अदानचुली गाउँपालिका–६ लौठीका रामलाल टमटाको दुईतले घर पहिरो गएर भत्किएपछि उनलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी सूर्यप्रकाश सुवेदीले बताए ।
यस्तै बाजुरामा दुई नेपाली बाढीले बगाएको छ । यता सेतीनदी किनार क्षेत्रमा बस्दै आएका तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्रका ४३ घरपरिवारका करिब २०० बढी जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । ४३ घरमाध्ये २१ घर दलित समुदायको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank