सुन्दर सुदूरपश्चिमको सपनाबाट अरू क्षेत्रले प्रेरणा लिन सक्छन् : प्रधानमन्त्री

दलित अनलाईन २२ मंसिर २०८०, शुक्रबार १९:११

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सुन्दर सुदूरपश्चिमको सपनाबाट नेपालका अन्य क्षेत्रले समेत प्रेरणा लिन सक्ने बताएका छन्।

सुदूरपश्चिम महोत्सवको आज धनगढीमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आगामी दिनमा सुदूरपश्चिम प्रदेश सरकारले लगानी र विकास सम्मेलनको आयोजना गर्ने बताउँदै उक्त सम्मेलनमा सुदूरपश्चिम क्षेत्रमा विकास तथा आर्थिक समृद्धिका सबै क्षेत्रको वास्तविक चित्रण गर्दै व्यवस्थित र लागतसहितको कार्ययोजना तयार गर्न आह्वान पनि गरे।

‘हामीले खोजेको समृद्ध संघीय समाजवादी नेपालको निर्माणमा समेत यसले निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गर्न चाहन्छु । यसका लागि यहाँहरुको एकताबद्ध र योजनाबद्ध प्रयास आवश्यक छ,’ उनले भने।

सुदूरपश्चिमको विकास लागि संघ सरकारबाट आवश्यक पर्ने सबै सहयोगका लागि सहयोग गर्ने उनले प्रतिबद्धता जनाए। अहिले आफ्नै मौलिक विशिष्टतामा शासन प्रणाली रहेको उल्लेख गर्दै यसमा आफूहरु सफल भएको प्रधानमन्त्रीले बताए ।

‘हिजोका दिनमा केन्द्रीय सरकारसँग पूर्णरुपमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य भएको छ । स्थानीय तहहरु अधिकारसम्पन्न बनेका छन्, त्यसअर्थमा पनि लोकतान्त्रिक गणतन्त्र र त्यसको संघीय स्वरुपको सबैभन्दा बढी महत्व सुदूरपश्चिम र  यहाँका जनताले अनुभूति गरेको हुनुपर्छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank