कोरोना रोकथाम तथा व्यवस्थापनमा काठेखोला गाउँपालिका गम्भिर छ : अध्यक्ष अमरबहादुर थापा

दलित अनलाईन ३ बैशाख २०७७, बुधबार २२:००

देश यतिबेला पूर्ण रुपमा लकडाउनको अवस्थामा छ । चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस(कोभिड-१९)ले विश्वभरका मुलुकहरुलाई आक्रान्त बनाएको छ । प्राय : सबै देशहरुले आफ्ना नागरिकहरुलाई सुरक्षित राख्नका लागि देश लकडाउनमा राखेका हुन् ।कोरोना भाइरस (कोभिड(१९)बाट नेपाल पनि सुरक्षित बन्नकै लागि  लकडाउनको अवस्थाबाट अगाडी बढ्दै छ । (कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि नेपालका स्थानीय सरकारका जनप्रतिनिधिहरुले अत्यन्त मेहनतपूर्वक काम गरिरहेका छन् । नेपाल सरकारको मार्गदर्शन र प्रदेश सरकारहरुको समन्वयमा स्थानीय गाउँपालिका र नगरपालिकाहरुले यतिबेला आफ्नो सम्पूर्ण शक्ति महामारी रोकथाम र नियन्त्रणमा परिचालन गरेका छन् । कोरोना भाइरस संक्रमण रोकथामका लागि काठेखोला गाउँपालिका बागलुङ  पनि  निकै सक्रियतापूर्ण लागि परेको छ । कोरोना भाइरस रोकथामका लागि सिमान्तकृति समुदाय ज्याला मजुदरी गर्ने दलित समुदायहरुलाई राहत वितरणलाई काठेखोला गाउँपालिकाले कसरी काम गरेको छ । यसै शिलशिलामा काठेखोला गाउँपालिकाको अध्यक्ष अमर बहादुर थापासँग दलित अनलाईन डटकमले गरेको कुराकानीको गरेको छ । प्रस्तुत छ कुराकानीको संम्पादित बाँकी अँश ।

१. कोरोना भाइरस संक्रमण जोखिमबाट सुरक्षित हुन काठेखोला गाउँपालिकामा के कस्ता काम भइरहेका छन ?
हाम्रो देश लगायत हाल विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि हामीले पनि काठेखोला गाउँपालिकामा उच्च सतर्कताका साथ सावधानी अपनाइरहेका छौ । नेपाल सरकारले गरेको लकडाउनलाई कडाई पुर्वक पालना गर्दै आम काठेखोलाबासी जनताहरुलाई सचेतना फैलाउने कामदेखि लिएर राहत वितरणसम्मका कामहरु गरिसकेका छौ । सुरुमा कोभिड–१९ कोरोना भाइरसबाट बच्ने उपायहरु सहितको पर्चा छपाई आम काठेखोलाबासी जनताहरुलाई वितरण तथा माईकिङ मार्फत प्रचारप्रसार गर्ने काम गर्यौ । सचेतना फैलाउने काम संगै लकडाउनको पुर्ण पालनाको लागि अहिले पनि हाम्रा सम्पुर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरु, राजनैतिक पार्टीका प्रतिनिधिहरु, सामाजिक अगुवाहरु खटिरहनु भएको छ । स्वास्थ्य संस्थाहरु शानिबारसमेत २४ सै घण्टा खुल्ला गरि सेवा प्रदान गरिरहेका छौ । गाउँपालिकाको सबै स्वास्थ्य चौकीहरुमा आवस्यक औषधी लगायत अन्य स्वास्थ्य सामग्रीहरु पुराईसकेका छौ । स्वास्थ्यकर्मीहरुको मनोबल बृद्धि गराउन स्वास्थ्य संस्थाहरुमा प्रत्यक्ष स्वयम म आफै पुगी नियमित रुपमा वहाँहरुलाई हौसला, प्रोत्साहन गर्दै हौसला स्वरुप स्वास्थ्यकर्मीहरुका लागि आवस्यक पिपिई व्यवस्था र प्रोत्साहन भत्ताको समेत ब्यवस्था गरेका छौ । भारत लगायत तेश्रो मुलुकबाट आएका ब्यक्तिहरुलाई होम क्वारेन्टाइनमा राखी नियमित रुपमा वहाँहरुको निगरानी गरिरहेका छौ । प्रत्येक वाडमा क्वारेन्टाइनको स्थापना गरिएको छ । कोरोना संक्रमीतका लागि निशुल्क एम्वुलेन्सको सुविधा र कोरोना रोकथाम तथा व्यवस्थापन कोषको स्थापना गरिएको छ ।

२. क्वारेन्टाइन र आइसुलेसनको ब्यवस्था कहाँ कसरी ब्यवस्थापन गर्नुभएको छ ?
कोरोना भाइरसको संक्रमणबाट भोली हुने भयाभह स्थितिलाई ध्यानमा राखी काठेखोला गाउँपालिकाको हरेक वार्डमा रहेका विद्यालय भवन र सामुदायिक भवनहरु प्रयोग गरि कम्तीमा पनि ६ बेड सहितको आइसुलेसन कक्ष सवै वार्डमा ब्यवस्था गरिएको छ । भने स्थानीय एक बिद्यालयमा १६ वटा वेड सहितको गाउँपालिका स्तरीय क्वारेन्टाईन बनाईएको छ ।

३. चुनौतिको सामना गर्न तपाईहरु के गर्दै हुनुहुन्छ ?
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि हाम्रो सामु थुप्रै चुनौतिहरु छन । ती चुनौतिहरुलाई सामना गर्दै यसको रोकथाम गरि आम जनतालाई स्वस्थ र सुरक्षित राख्नु हाम्रो पहिलो कर्तब्य हो । यसका लागि आम नागरिकहरुमा सचेतना फैलाउनु, लकडाउन लाई प्रभावकारी कार्यन्वयन गर्नु, गाउँघरमा हुने भोजभतेर, भिडभाड, सामुहिक काम, आवतजावतलाई रोक्नु पनि उत्तिकै महत्वपुर्ण पक्ष हो भने अर्को तिर लकडाउनको असरले यहाँका विपन्न वर्गहरुलाई खाद्यान्नको ब्यवस्थापन गर्नु त्यसको लागि राहत संकलन गर्नु त्यो पनि महत्वपुर्ण पक्ष हो । हामीले यि पक्षलाई ध्यानमा रहि कोरोना रोकथाम तथा व्यवस्थापना कोषको स्थापना गरि सवैलाई आव्हान गरिसकेका छौ ।

हामीले वितरण गरिएको राहतमा सबै भन्दा बढि प्राथमिकता विपन्न दलित समुदायहरुलाई नै दिएका छौ । दलित समुदायको लागि मात्र भनेर राहतको छुट्टै व्यवस्था नगरे पनि राहत वितरणमा सबै भन्दा बढि दलित समुदायलाई नै वितरण गरेका छौ ।

४. अहिले सम्म कतिलाई क्वारेन्टाइनमा राखिएको छ र स्वाब परीक्षणको ब्यवस्था के छ ?
हाल हामीले भारत लगायत तेश्रो मुलुकबाट आएका ५६ जना व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा राखेका छौ । वहाँहरु हाम्रा जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको निगरानीमा हुनुहुन्छ । वहाँहरुलाई स्वास्थ्यकर्मीहरुले नियमिति रुपमा भेटघाट गर्ने, स्वास्थ्य परामर्श दिने, स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउनुका साथै हौसला प्रदान गर्ने कामहरु पनि नियमित रुपमा भइरहेको छ । यही चैत्र ३० गते होम क्वारेन्टाइनमा रहेका ५७ जना व्यक्तिहरुको च्म्त् परिक्षण गरिसकिएको छ भने दुई जना व्यक्तिहरुको स्वाव लिई पोखरामा पठाई परिक्षण समेत गरिसकेको र त्यसको रीजल्ट समेत नेगेटिभ आएको छ ।

५. नेपालमा कोरोना भाइरस दोस्रो चरणमा प्रवेश गरेको अवस्था छ अव यसको जोखिम कम गर्न काठेखोला गाउँपालिकामा कस्तो योजना बनाउनुभएको छ ?
नेपालमा कोरोना भाइरसको संक्रमण दोश्रो चरणमा प्रवेश गरिसकेको अवस्थामा हामी निकै सचेत, संगठित र अझै सशाक्त रुपमा यसको प्रतिकार तथा रोकथाममा लाग्नुपर्ने देखिन्छ । त्यसो त नेपाल सरकारले बैशाख १५ गते सम्मका लागि थप लकडाउनको घोषणा पनि गरिसकेको छ । लकडाउनलाई प्रभाकारी ढंगले कार्यन्वयन गर्नु गराउनु नै अहिलेको पहिलो आवस्यकता हो । यस बाहेक काठेखोला गाउँपालिकामा हामीले एक वार्ड देखि अर्को वार्ड सम्मको आवत जावतलाई समेत रोकिएको छ । स्वास्थ्य कर्मीहरुको मनोवल उचो गराइ राख्न नियमित अनुगमन, जनचेतनाका कार्याक्रम संचालन, प्रहरि प्रशासनसंग नजिकको समन्वय गरिराखेका छौ । विशेष गरि विदेशबाट आउनेहरुलाई निगरानीमा राखेका छौ ।

६. लकडाउनले आम नागरिकको अवस्था दयनीय बन्दै गइरहेको छ । उनीहरुको दैनिक खाद्य व्यवस्था के हुदैछ ?
लकडाउनको कारण जनजीवनमा पर्न गएको खाद्य अवस्थाको असरलाई दृष्टिगत गरि तत्काल हामीले काठेखोला गाउँपालिकाबाट दश लाख रुपैया राखी कोरोना रोकथाम तथा व्यवस्थापन कोष स्थापना गरेका छौ । गण्डकी प्रदेश सरकारले पाँच लाख रुपैया उक्त कोषमा थप गर्यो । भने गाउँपालिका भित्रका स्वदेश तथा विदेशमा रहनुभएका व्यक्ति तथा संघ संस्थाहरुबाट राहत सहयोग गर्ने काम हाल सम्म पनि नियमित रुपमा भइरहेको छ । सोही कोषमा जम्मा भएको रकमबाट खर्च हुने गरि हामीले काठेखोला गाउँपालिका भित्रका दैनिक ज्याला मजदुरीमा काम गर्ने मजदुर तथा विपन्न वर्गहरुलाई चामल, दाल, नुन तेल लगायतका खाद्य सामग्रीहरु वितरण गरिरहेका छौ ।

७. जिल्लामा राहत संकलन र ब्यवस्था कस्तो छ ?
बागुलङ जिल्लामा १० वटा स्थनीय तहहरु छन, प्रत्येक स्थानीय तहमा प्रमुखको नेतृत्वमा विपद व्यवस्थापन समिति रहेको छ भने जिल्ला स्तरका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा विपद व्यवस्थापन समिति रहेको छ । अहिले कोरोना भाइरसको रोकथामका लागि प्रत्येक स्थानीय तहमा राहत संकलन र परिचालन गरिएको । नेपाल सरकारले दिएको मापदण्ड अनुसार प्रत्येक पालिले राहत रकम परिचालन र संकलनका लागि मापदण्ड तयार गरि जुटेको अवस्था रहेको छ । काठेखोला गाउँपालिकाको सन्र्दभमा हामीले आजका मिति सम्म करिव २३ लाख रकम संकलन गरिसकेको छौ भने सवै वडाहरुमा राहत सामाग्री वितरण गरिएको अवस्था रहेको छ ।

८. दैनिक ज्याला मजदुरी गरेर जीवन धान्ने परिवार र लकडाउनले मारमा परेका अति विपन्न दलित समुदायको ब्यवस्थापनमा छुट्टै ब्यवस्थापन गर्नुभयो ?
पक्कै पनि लकडाउनले विपन्न दलित समुदायलाई अझ बढि मारमा पारेको छ । हामीले वितरण गरिएको राहतमा सबै भन्दा बढि प्राथमिकता विपन्न दलित समुदायहरुलाई नै दिएका छौ । दलित समुदायको लागि मात्र भनेर राहतको छुट्टै व्यवस्था नगरे पनि राहत वितरणमा सबै भन्दा बढि दलित समुदायलाई नै वितरण गरेका छौ ।

९.अहिले समग्रमा काठेखोला गाउँपालिकाको बारेमा बताउनु पर्दा ?
काठेखोला गाउँपालिका बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजार देखि करिब ८ कोष पश्चिमतर्फ रहेको एउटा सुन्दर गाउँपालिका हो । साविकका ८ वटा गाविसहरु मर्ज भएर गाउँपालिका भएको छ । यस गाउँपालिकामा ८ वटा वडाहरु छन । यसको जनसंख्या २६०८६ रहेको छ । जातजातीको हिसावले हेर्ने हो भने ब्राह्मण, क्षेत्री तथा ठकुरी ४१.९ प्रतिशत, आदिवासी जनजाति ३६.३ प्रतिशत र दलित २१.८ प्रतिशत रहेका छन् ।

१०. आम नागरिकलाई के सन्देश दिन चाहनुहुन्छ ?
तपाईको लोकप्रिय मिडिया मार्फत नयाँ बर्ष २०७७ सालको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरुमा शुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु र उन्नति प्रगतिका लागि हार्दिक शुभकामना ब्यक्त गर्दछु । साथै विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड–१९ कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा यसको समुल अन्त्यका लागि यहाँहरुले देखाउनुभएको साथ, सहयोग र सदभावको उच्च कदर गर्दै यसको रोकथाम तथा नियन्त्रणका लागि साझा संकल्पका साथ एकताबद्ध भई लड्न नयाँ बर्ष २०७७ ले हामी सबैमा थप उर्जा, उत्साह, उमंग र प्रेरणा प्रदान गरोस भन्ने शुभकामना समेत व्यक्त गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank