मुसहर बस्तीका ६० जना बालबालिकाले पाए पोशाक (फोटो फिचर)

दलित अनलाईन ३१ जेष्ठ २०७६, शुक्रबार २०:१२

सर्लाही– सर्लाहीको चन्द्रनगर गाउँपालिका–२, बिर्ता मुसहर बस्तीका ६० जना मुसहर बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
साझा पहल नेपालको सहकार्यमा मुसहरवस्तीका बालबालिकाहरुलाई विद्यालय पोशाक र शैक्षिक सामाग्री वितरण गरेको हो ।
नयाँ विद्यार्थी भर्ना अभियानसँगै जनता प्रथामिक विद्यालयमा जान थालेका मुसहर वस्तीका बालबालिकाहरु शैक्षिक सामाग्री र पोशाक विना नै विद्यालय जान थालेका थिए । उनीहरुको आर्थिक अवस्था कमजोर भएको कारण स्कूलको पोशाक समेत पाउन सकेका थिएनन् ।


स्कूल जान थालेका मुसहर बालबालिकाहरु एक विद्यार्थी बराबर एक सेट विद्यालय पोशाक, एक दर्जन कपी, कटर, इरेजर र पेन्सिल प्रदान गरिएको थियो । विद्यालयको ढोकाभन्दा बाहिर रहेका दलित बालबालिकाहरु बल्लतल्ल स्कूलसम्म जान थाले पनि आर्थिक अवस्थाको कारण शैक्षिक सामाग्री विना स्कूल पुगेको देखेर आफुहरुले विद्यार्थी भाइबाहिनीहरुलाई सहयोग गरेको सामाजिक अभियन्ता तथा साझा पहल नेपालकी अध्यक्ष गिता केसी दर्नालले बताइन् । ‘हामीले यस अघि पनि सयौ विद्यार्थीहरुलाई पोशाक शैक्षिक सामाग्री प्रदान गरेका छौं । ’


दलित समुदायका बालबालिकाहरुको शैक्षिक क्षेत्रमा आफ्नो संस्थाले स्थापनकालदेखि नै काम गर्दै आइरहेको र भोलीका दिनमा पनि अझै फराकिलो ढंगबाट काम गर्ने अध्यक्ष केसी दर्नालले बताइन् ।
बिर्ता गाउँका शिवनाथ राउतले सो बस्तीका मुसहर बालबालिकाको शैक्षिक स्तर उकास्न विगत डेढ वर्षदेखि निःशुल्क पठनपाठन गराउँदै आएका छन् । साझा पहलको यो सहयोगले मुसहर बालबालिकाको अध्ययनमा थोरै भएपनि टेवा पुगेको शिक्षक राउतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank