मादल बनाउन छाला र उसिको काठ अभाव

रासस २२ माघ २०७६, बुधबार २२:२२

तनहुँ-मादल बनाउने कच्चा पदार्थ छाला र उतिसको काठ अभाव हुँदै जान थालेपछि माइला दाईले परिचित ५५ वर्षीय डिलबहादुर सार्कीलाई अहिले पुख्यौली पेशा जोगाउन हम्मेहम्मे भएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित ‘माइला मादल पसल’ सञ्चालक ‘माइला दाई’ले परिचित उनी आफ्नो पुख्यौली पेशाको बिँडो जसोतसो थाम्दै आएका छन् ।


एकातिर कच्चा पदार्थको अभाव अर्काेतिर आधुनिक बाजागाजाले मादल बनाउने पेशा लोप हुने अवस्थामा पुगेको उनले बताए । दीपावलीमा देउसीभैलोको समय अलि अलि मादल बिक्री हुन्छ ।

उनले भने, ‘मैले बुबा स्व. थमनसिंहले मादल बनाएको हेरीहेरी मादल बनाउन सिकेर यस पेशालाई अगाल्दै आएको हुँ ।’ पछिल्लो समय यस पेशाबाट परिवार पाल्न पनि धौधौ हुने गरेको उनले गुनासो गरे ।


Advertisement

शुक्लागण्डकी नगरपालिका क्षेत्रमा उनी एक मात्र मादल व्यवसायी हुन् । ‘ग्राहकको चाहाना अनुरुप मादल, सारङ्गी, ड्रमसेट, खैजडी, झ्याली मुजुरालगायत नौमती पञ्चेबाजाका सबै सामग्री उपलब्ध गराउँदै आएको छु,’ उनले भने, ‘नौमती पञ्चेबाजका नर्सिया र सन्नाई अन्य स्थानबाट ल्याएर भएपनि यहीबाट उपलब्ध गराउँदै आएको छु ।’

बाद्यबाजनको छाला र उतिसको काठ आवश्यक पर्ने हुँदा पर्याप्त मात्रामा पाउन नसकिएको उनले गरे । गत वर्ष डेढ/दुई लाखको मादललगायत सामग्री बिक्री गरेको भएपनि यस वर्ष मुस्किलले डेढ लाख बराबरको सामग्री बिक्री भएको उनले जानकारी दिए ।

गत वर्ष सिलगढीबाट ३ लाख मूल्य बराबरको छाला ल्याउँदै गर्दा त्रिशूलीमा ट्रक खस्दा नोक्सान व्यर्होनुपरेको दुखेसो पोख्दै उनले भने, ‘कही कतैबाट सहयोग पाउन नसक्दा व्यवसाय सञ्चालनमा समेत समस्या भएको छ ।’

उनी स्याङ्जाको चिन्नेबासबाट विक्रम संवत् २०६५ सालमा दुलेगौडामा बसाईसराई गरी आएका थियो । उनले पञ्चमुनिदेव, खैरेनी तथा अरनिको माध्यमिकलगायत करीब १ दर्जन सामुदायिक तथा निजी विद्यालयमा मादल तथा आर्थिक सहयोग गर्दै आएका जानकारी दिए ।

मरेका वस्तुको छाला पाउनको लागि पटक–पटक स्थानीय तहमा निवेदन दिँदा कुनै चासो नदेखाएको उनले बताए । शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सविता रसाइलीले मरेका पशुको छाला काढ्न दिने अधिकार स्थानीय तहलाई नभएकोले जानकारी दिइन् ।

रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank