एनएमबी बैंकले दलित समुदायकाे ब्यवसायमा १० लाख कर्जा दिने

दलित अनलाईन ३ पुष २०७५, मंगलवार १५:४६

काठमाडौं । एनएमबी बैंकले ७ प्रकारका प्रोडक्टमा विनाधितो ऋण दिने भएको छ । सरकारले हालै संचालनमा ल्याएको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि’ अनुसार बैंकले यस्तो प्रोडक्ट ल्याएको हो ।

बैंकले काठमाडौंमा एक कार्यक्रमको आयोजना नै गरेर सो सम्बन्धी जानकारी दिएको हो । बैंकले यसअघि नै लघु तथा विपन्न वर्ग कर्जा अन्तरगत ‘एनएमबी सहुलियतपूर्ण कर्जा’ प्रोडक्ट ल्याइसकेको थियो ।

नयाँ ल्याइएको कर्जामा एनएमबी ब्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, एनएमबी दलित समुदाय ब्यवसाय विकास कर्जा, बैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा, उच्च र प्राविधिक तथा ब्यवसायिक शिक्षा कर्जा, भूकम्प पीडितहरुको निजी आवाश निर्माण कर्जा र महिला उद्यमशीलता कर्जा छन् ।

यीमध्ये ब्यवसायिक कृषि तथा पशुपन्छी कर्जामा १० लाख रुपैयाँसम्म विनाधितो ऋण दिइने बैंकले जानकारी दियो । यस्तै शिक्षित युवा स्वरोजगार कर्जामा ७ लाख रुपैयाँसम्म, बैदेशिक रोजगारीबाट फर्केका युवा परियोजनामा कर्जामा १० लाख रुपैयाँसम्म, दलित समुदाय ब्यवसाय विकास कर्जामा १० लाख रुपैयाँसम्म र उच्च र प्राविधिक तथा ब्यवसायिक शिक्षा कर्जामा ५ लाख रुपैयाँसम्म विनाधितो ऋण दिइने बैंकले जानकारी दिएको छ ।

यस्तै भूकम्प पीडितहरुको निजी आवाश निर्माण कर्जामा ३ लाख रुपैयाँसम्म र महिला उद्यमशीलता कर्जामा १५ लाख रुपैयाँसम्म विनाधितो कर्जा दिने सो कार्यक्रममा जानकारी दिइयो ।

यस्तो कर्जा बढीमा ८ प्रतिशतसम्म ब्याजमा दिइने बैंकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank