आरक्षण बचाऔं अन्दोलन चौथो चरणमा : उल्टो हिँडेर प्रदर्शन

दलित अनलाईन २२ श्रावण २०७६, बुधबार २२:०४

काठमाडौं –लोक सेवा आयोगले जारी गरेको विज्ञापनको खारेजीको माग गदै उल्टो हिँडेर प्रदर्शन गरेका छन ।
लोक सेवा आयोगबाट जारी गरिएको विज्ञापनको विरुद्ध आन्दोलनरत आरक्षण बचाऔं आन्दोलनले चौथो चरणको मंगलबारबाट सुरु गदै बुधबार उल्टो हिँडेर प्रदर्शन गरेका हुन ।

लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको कर्मचारी भर्नाको विज्ञापनको विरोधमा आरक्षण बचाऔँ आन्दोलनले बुधबार माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म उल्टो हिँडेर प्रदर्शन गरेका थिए । आयोगले जारी गरेको विज्ञापनले संविधानको भवना र मर्म विपारित समावेशी तथा समानुपातिक सिद्धान्तभन्दा बाहिर गएर कोटा कटौती गरिएको भन्दै आरक्षण बचाऔं आन्दोलनले निरन्तर प्रदर्शन गर्दै आएको छ ।


लोकसेवा आयोगले विज्ञापन जारी गरे लगतै सुरु भएको आन्दोलन थियो । लोक सेवा आयोगले खुलाएको विज्ञापनको आधारमा लोक सेवा आयोगबाट परीक्षा लिइसके पनि आरक्षण बचाऔँ आन्दोलन निरन्तर आन्दोलन गरिरहेको छ । चौथो चरणको आन्दोलनलाई सरकारले कमजोर ढंगबाट नजरअन्दाज गरे अझै बढी शसक्त रुपमा आन्दोलन प्रस्तुत हुने आरक्षण बचाऔँ आन्दोलनका दलित समन्वय समितिको संयोजक भक्त विश्वकर्माले बताए । उनीहरुले मंगलबार कालो पट्टी बाँधेर प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank