दलित अनलाईन

बाहुनहरु दलितकाे पक्षमा धेरै बोल्छन् तर एक्शनमा जादैनन्

दलित अनलाइन मंसिर ८, २०७५

धौलागिरी बहिरा विद्यालय व्यवस्थापन समितिका सदस्य केबी राना मगर हालै नेपाल सरकारबाट धौलागिरी अञ्चल अस्पताल व्यवस्थापन समितिको अध्यक्ष नियुक्ति हुनु भएको छ । चार दर्शकभन्दा लामो समय समाजसेवीका रुपमा काम गर्नुभएका राना मगर आदिवासी जनजाति र दलित समुदायका लागि निकै सक्रियभएर काम गर्नु भयो । नेपालमा पहिलो पटक बहिरा विद्यार्थीहरुका लागि स्कूल संचालन गरी २ सय ७५ भन्दा बढी बहिरा विद्यार्थीहरुका लागि खाना बस्न सहित निशुल्क रुपमा पठनपाठन गदै आउनु भएका राना मगरले दलित समुदायको हक अधिकार स्थापित गर्न बगलुङ्ग जिल्लामै खरो व्यक्ताको रुपमा चिनिनुहुन्छ । २०४६ सालभन्दा अघि जातीय छुवाछूतको मुद्दालाई समधान गर्न दलित र गैरदलितबीच अभियान संचालन गर्नुभएका रानामगरसँग दलित अनलाइन डटकमले गरेको कुराकानीको बाँकी अंश ।

आज भन्दा ४० वर्ष अघिको घटनाहरुलाई कसरी सम्झनुहुन्छ ?

म पनि एउटा मगर परिवारमा जन्मेको एउटा साधारण व्यक्ति हो । हुन त मेरो बेसिक एडुकेशन साउथ इन्डियामा भयो । साउथ इन्डियामा पनि दलितहरु भनेर पनि सुन्ने गर्थै त्यहाँ । तर खास चासो चाहि लिने थिइन् त्यतिवेला । त्यहाँ आइआर भन्ने ठुलो जाति थियो । त्यसपछि म नेपाल आएपछि मेरो आफनो छुटै गाउँ थियो, कामी थलो भन्ने । म छक्क परेँ त्यो गाउँ देखेर । त्यसपछि यो कामी थलो के हो ? बा भनेर सोधे । मेरो नेतृत्वमा त्यो कामी थालेमा गए । त्यहा गएर मैले दुई तीनवटा कुरा देखेँ । हाम्रै मेरै पुर्खाहरुले विष्टहरुहरु कमाउने, हतियारहरु बनाएबापत केहि बाली पाउने देखेँ । विष्टहरु भन्नेहरुले नै त्यो दबाउने खोजेको पाइयो । दलित बन्धुहरु त्यतिबेला शिक्षित हुदैनथे त्यतिबेला । एक दुई क्लास मात्र पढेको पनि देख्दिनथे । त्यो हेरेपछि मलाई नराम्रो लाग्यो र मैले यसरी मानव मानव बीचमा नै यस्तो गरिनु हुन्न भन्ने व्यक्तिगत फिलिङ जाग्यो र यसलाई हटाउन कसरी गर्ने त भन्ने लाग्यो । मुखले भनेर भएन पहिला आफुले व्यवहारमा देखाउनु पर्यो भन्ने लाग्यो । त्यसपछि म आफै व्यवहारमा उत्रिए । त्यसको लागि म फेरी कामी थलो भन्ने गाउँ गएँ । त्यहाँ गाउँमा सबै भन्दा गरिब विश्वकर्माको घर म गए । बुढाबुढी बस्नुभएको थियो । पानी माग्दा मलाई उहाँहरुले धेरै बेर पानी दिनुभएनन् । पछि धेरै बेर पछि मलाई दुध डुबाएर पानी दिनुभयो । मैले मानिन । मलाई पानी नै चाहिन्छ दिनुहोस् भने । त्यसपछि पानी दिनुभयो, र मैले खाएँ । त्यसमा दुई वटा कुरा रहेछ । एउटा पानी पनि अलि धमिलो र अर्को वरिपरीका मान्छेहरुले केहि भन्छन् की भनेर गाली बाट बचाउनलाई त्यसो गर्नुभएको रहेछ । शिखदेव भन्ने अर्को वस्तीमा पनि दलितहरु धेरै देखे र त्यहाँ गएर पनि उहाँहरुको लागि छुवाछूत जस्तो कार्य रोक्ने काम गरे । दलितहरुमा आइसोलेटेड थियो । उहाँहरुलाई उही दशै तिहारमा मात्रै अरु जातसँग केहि नजिक गराए पनि अरु बेला टाढा नै राखिन्थ्यो । मैले त्यतिबेला पनि भनेको थिएँ, यो कार्य हुनुहुँदैन । मेरो पहलमा यो बस्तीमा पनि मैले मिक्सिङ गरेर राख्नुपर्छ भनेर अभियन थाले , त्यो सफल भयो ।

दलित बन्धुहरु त्यतिबेला शिक्षित हुदैनथे त्यतिबेला । एक दुई क्लास मात्र पढेको पनि देख्दिनथे । त्यो हेरेपछि मलाई नराम्रो लाग्यो र मैले यसरी मानव मानव बीचमा नै यस्तो गरिनु हुन्न भन्ने व्यक्तिगत फिलिङ जाग्यो र यसलाई हटाउन कसरी गर्ने त भन्ने लाग्यो । मुखले भनेर भएन पहिला आफुले व्यवहारमा देखाउनु पर्यो भन्ने लाग्यो ।

त्यतिबेला दलित समुदायको पक्षमा काम गर्दा तपाईमाथि केहि घटनाहरु घटेका थिए ?

मैले देखेको हाम्रो नेपाली समाजको ठुलो मान्छे, जान्ने मान्छेले राम्रो गरे पनि नराम्रो गरे पनि त्यसको प्रतिकार गर्न सक्दो रहेनछ । जस्तो मैले दलितकोमा गएर पानी खाएँ कसैले केहि गरेन । किनकी मैले हाम्रो समुदायमा सबैको भलो गरदिएको छु । देशमा अलि ठुलाठालु भनाउँदाहरुले गर्ने हो भने यो सम्भव छ । खाली मुखले भन्छन् , एक्शनमा छैन । बाहिर ठुलो ठुलो कुरा गर्ने भित्र नगर्ने प्रवृक्तिले गर्दा दलितहरुमाथि भेदभाव भइरहन्थ्यो । मेरो विरोधमा त्यतिवेला केही बोल्नसक्ने अवस्था थिइएन । मैले मेरै घरमा दलित समुदायकी युवतीलाई भान्से राखेँ । उनले पकाएको सबैलाई खान लगाएँ । पछि उनले एसएलसी पास गरिन् र मेरै घरबाट बिहे गरेर पठाइदिएँ ।

पहिलाभन्दा अहिले दलित समुदायमाथिको छुवाछूते झनै बढेको हो ?

व्यवहारमा चाहि मैले केही मात्रामा फरक देखेको छु । चलिस वर्ष अघि त चरम भेदभाव नै थिए तर अहिले व्यवस्था पनि चेन्ज भयो । नयाँ जेनेरेशन जन्मिए । २५ प्रतिशत जति चेन्ज चाहि आएको छ ,तर म यतिले खुशी छैन । अहिले जो अलि पढेलेखका छन् ,राजनीतिक रुपमा लागेको मान्छेहरुले पनि आफनो घोषणापत्रमा समेत अब भेदभाव गर्न हुदैन भनेर लेखेका पनि छन् ,उनीहरुले पनि प्रयास चाहि गरेका छन् । तर व्यवहारमा छैन । अझै पनि ठूला जातिका मान्छेले आफुले छुवाछूतका व्यवहार नगरे पनि बा–आमाहरु रिसाउने पो हुन की भन्ने पनि छ । उनीहरुको माइन्डमा चाहि स्ट्राइक गरेको छ । यहाँ अझै पनि ब्राहमणहरुले कब्जा गर्दै आइरहेका छन् । हिजो राजा हुँदा पनि र आज देशमा लोकतन्त्र आइसक्दा पनि । त्यसैले यिनैका सन्तानहरु त हुन नी अहिलेका ठुला शिर्ष नेताहरु पनि । प्रधानमन्त्री केपी ओली, प्रचण्ड ,बाबुराम भट्टराई , माधवकुमार नेपाल शेरबहादुर जस्ता शिर्ष नेताहरुले चाहेमा दतिलहरुलाई आपनो घरमा लगेर छुवाछुत मुक्त राष्ट्र घोषण कुरालाई व्यहारिक कार्यान्वयनमा लाग्नु पर्यो नि ?

दलित समुदायका पक्षमा लेखिएका कानुनहरु कार्यान्वयन भएको अनुभूति तपाईले गर्ने सक्नुहुन्छ त ?

जति पनि उच्च पोष्टहरु छन् त्यसमा सबै तागाधारीहरु मात्रै छन् । जबसम्म यो मुलुकमा तागाधारीहरु कि पोष्टमा हुन्छन् तबसम्म यिनीहरुले माइनेट्ली समाजलाई हेर्दैनन् । यो निश्चित छ । तर कुनै दिन आउला । तर अहिलेसम्म हेर्दा त्यस्तो देखिएको छैन । कानुन बनाउने यिनीहरु नै हुन् । लागु नगर्ने पनि यिनीहरु नै हुन । तर लागु गर्दैन किनकी यिनीहरु आफै तागाधारीहरु हुन् । उदाहरणको लागि जनार्दन नेपाल भन्ने डाइरेक्टर जेनरल त्यसबेला शिक्षा विभागको हुनुहुन्थ्यो । अनि उहाँ पनि बा्रहमण तागाधारी मान्छे । जसको मा म गए बहिराहरुको लागि । डाइरेक्टर साहेब यिनीहरको लागि छुटै स्कुल खोल्दिनुपर्छ, यिनीहरु सुन्नेहरुसंग बसेर पढ्न सक्दैनन् । उनीहरुको भाषा थाहा छैन । सुन्दैन बोल्दैन भन्दा उहाँले के भन्नुभयो भने केवी जी त्यसो नभन्नुस् । यो समावेशी हो । ती बहिराहरुले पनि सुन्ने स्कुलमा पढाउनुपर्छ । मैले भने त्यो कुर्सीमा बसेर तपाईले बहिराको समस्या बुभmनुहुन्छ डिजी साब ? । यिनीहरुलाई छुटै स्कुल चाहिन्छ भनेर मैले जोड गरेँ । पछि उहाँले आफनो असिस्टेन्ट बोलाएर यो स्कुल खोल्नको लागि अनुमति दिए र २०६३ सालदेखि ०७४ सालसम्म त्यो मान्छे बाग्लुङ गएन । पछि १२ वर्षपछि त्यो स्कुलमा गएर उसले चित खायो र मैले राम्रो काम गरेछु भनेर सबै सामु भन्यो । यसरी उनीहरुले दिदैनन् तपाई हामी लड्ने हो ।

यहाँ अझै पनि ब्राहमणहरुले कब्जा गर्दै आइरहेका छन् । हिजो राजा हुँदा पनि र आज देशमा लोकतन्त्र आइसक्दा पनि । त्यसैले यिनैका सन्तानहरु त हुन नी अहिलेका ठुला शिर्ष नेताहरु पनि । प्रधानमन्त्री केपी ओली, प्रचण्ड ,बाबुराम भट्टराई , माधवकुमार नेपाल शेरबहादुर जस्ता शिर्ष नेताहरुले चाहेमा दतिलहरुलाई आपनो घरमा लगेर छुवाछुत मुक्त राष्ट्र घोषण कुरालाई व्यहारिक कार्यान्वयनमा लाग्नु पर्यो नि ?

बहिरा स्कुल र दलित बहिराहरुको लागि इनिसियसन लिनुको मुख्य उद्देश्य के थियो ?

जसरी ठुलो मासमा दलितहरु हेला हुन्थे । सानो मासमा चाहि अपांगहरु हेला हुन्थे । दलितहरु चाहि समाजबाट केही हेला पाए पनि परिवारबाट माया पाउथे तर अपांगहरु चाहि परिवार भित्रबाटै नैै हेला पाउथे । दलितहरुलाई भन्दा पनि अझै अपांगहरुलाई धेरै पीर थियो । समाजबाट हेला हुने त परै जाओस् , घरभित्रै बाट उनीहरु हेला हुन्थे । एकजना बहिराभाइले नै आएर भने र आफूहरुलाई स्कुलको आवश्यक रहेको र आफृले पनि आइए वीए पढ्न सक्ने भन्यो । उनीहरुको पनि आफनै भाषा हुने कुरा पनि भन्यो र मैले उनीहरुलाई सहयोग गर्ने वचनसहित काम गरे र आज डिप्लोमा सम्म त्यो स्कुलमा पढाइ हुन्छ । यो स्कूलमा करिब एक सय ७४ जना दलित विद्यार्थीहरु छन् । म निशुल्क पढाएको छु । २ सय ७५ विद्यार्थीहरुले फ्रि खान्छन् । फ्रिमा बस्छन् । यस्तो सुविधा जबसम्म सरकारले गाउँ गाउँमा दिदैन तबसम्म दलित समुदायमाथि उठ्न सक्दैनन् । फ्रि शिक्षाको व्यवस्था हुनुपर्यो भनेर मात्र हुँदैन । उनीहरुलाई खान पनि व्यवस्था गरिदिनुपर्यो । खाली आर्दशको कुरा गरेर मात्र हुदैन । भोको पेटलाई भर्नलाई सहयोग नगरेसम्म र आर्थिक अवस्थामा दलितलाई सबल नबनाइकन खाली शिक्षाको रटान लगाउनु बेकार छ । यो दायित्व तपाई हाम्रो पनि हो भनेर मैले सुरुवात गरेको मात्र हुँ ।

दलितको पक्षमा बनेको कानुनलाई लागू गर्ने के गर्नुपर्ला ?

आदेश होइन ब्यहारिक रुपमा अब हामी लड्नुपर्छ । दलित समुदायका पक्षमा यति धेरै कानुनहरु लेखिएको छ , कि कार्यान्वयन गरे अझै भन्दा २० वर्ष अघि नै दलितमाथिको उत्पीडन बन्द हुन्थ्यो । तर कार्यान्वयनमै समस्य छ । यो तागाधारीहरुले विभेदकारी संरचनाको निर्माण रमाएका छन् । उनीहरुले नचाहर्दासम्म दलितमाथिको थिचोमिचो अझै कामय रह्न्छ । तागाधारीहरु सबैले बोल्छन् तर एक्शनमा नै जान चाहन् । अनि कसरी हुन्छ । आजभोली हरेक राइट्स छ । अब यिनीहरुलाई मान्ने त एउटा नियम कानुनले नै हो । धार्मिक हिसाबले त यिनीहरु मान्दै मान्दैनन् । धर्मको नाममा त हो नी यस्तो विभेद गरेको ।

यो तागाधारीहरुले विभेदकारी संरचनाको निर्माणमा रमाएका छन् । उनीहरुले नचाहर्दासम्म दलितमाथिको थिचोमिचो अझै कामय रह्न्छ । तागाधारीहरु सबैले बोल्छन् तर एक्शनमा नै जान चाहनन् ।

त्यसले यसलाई सुधार गरेर लैजानुपर्यो । हुन त बोल्नु पनि राम्रै हो । ठुलो मान्छे बोल्यो भन्छन् तर बोलेर मात्र हुँदैन । बोल्न चाहने, बोल्न सक्नेहरुले त्यसलाई व्यवहारमा पनि उतारे भने बल्ल अरुलाई पनि सहज हुन्छ । अरुलाई त्यसलाई गर्नलाई पनि नमुना गर्न सजिलो हुन्छ । अब बोल्नेमा मात्र सिमित हुने, व्यवहारमा चाहि लुकेर हिंड्ने हो भने त्यो व्यर्थ हुन्छ । उही झुक्याउने कुरा मात्र हो । दलितहरुलाई एकछिन मक्ख पार्ने कानुन बनाए जस्तो गर्न तर व्यवहारिक रुपमा कार्यान्वयन नगर्ने प्रवृति विरोध गदै बनेको कानुनलाई कार्यान्वयन गराउन अभियन चाल्नुपर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank