दलित अनलाईन

दलित विरोधी उखानका कारण आफ्नै कार्यक्रममा आत्मालोचित बन्दै माफी मागे निर्वाचन आयोगका पूर्व आयुक्त सूर्यप्रसाद श्रेष्ठले

दलित अनलाइन अशोज ७, २०७५

सभासद, दलका नेता, अधिकारकर्मी, निर्वाचन आयोगका आयुक्तहरुसँग सम्बन्धित व्यक्तित्व तथा संचारकर्मीहरुको जमघटमा ‘वर्तमान निर्वाचन प्रणालीको औचित्य’ माथि चलिरहेको गम्भीर छलफलमा एउटा उखान टुक्काले कार्यक्रमको बहसको दिशा नै अर्काेतिर मोडिदियो ।
आइतवार राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले बानेश्वर स्थित एउटा सभाकक्षमा आयोजना गरेको कार्यक्रम उत्कर्षमा थियो ।
मानव अधिकारकर्मी प्राध्यापक कपिल श्रेष्ठले बिषयवस्तुमाथि केन्द्रित कार्यपत्र वाचन गरेर भर्खर सकाएका थिए । कार्यक्रममाथि प्रकाश पार्दे नियोकका अध्यक्ष तथा कार्यक्रममा सभापतित्व गरिरहेका निर्वाचन आयोगका पूर्व आयुक्त सूर्यप्रसाद श्रेष्ठले एउटा उखान सुनाए । उनको टुक्का थियो – ‘राजाको काम छोडी कामीको देवाली’


श्रेष्ठले माहोल रसमय बनाउन सुनाएको उखान टुक्का कार्यक्रममा सक्रिय सहभागी दलित सभासद, अधिकारकर्मी तथा सचांरकर्मीहरुलाई चित्त बुझिरहेको थिएन । उनको उखान कटाक्षपछि नेपाली काग्रेंसका नेता डा.मिनेन्द्र रिजालले बोलेर के भ्याएका थिए, दलित अनलाईन डटकमका प्रधान सम्पादक अशोक दर्नालले श्रेष्ठले बोलेको उखानलाई लिएर बीचैमा उठेर आपत्ति प्रकट गरे ।
‘कानुनले समेत जातीय भेदभाव हुने र होच्याउने यस्ता शब्दहरु बोल्न बन्देज लगाईसकेको अवस्थामा समेत कानुनकै सन्दर्भ चलिरहेको कार्यक्रममा अध्यक्षले नै यसरी बोल्नु त्रुटीपूर्ण र आपत्तिजनक छ ।’ दर्नालको भनाई थियो – ‘यसले सिंगो दलित समुदायको मानमर्दन गर्ने हुनाले तपाईंले माफी माग्नुपर्छ ।’
दर्नालको आपत्तिपछि श्रेष्ठले आफुले जातीय विभेदको मनसायबाट शब्द प्रयोग नगरेको दावी गदै आत्मआलोचना गर्न अस्वीकार गरे । उनको त्यस्तो रुखो प्रतिक्रिया आएपछि दलित अधिकारकर्मी गणेश विश्वकर्मा, साँसद लक्ष्मी परियार ,साँसद विजय सुब्बाहरुले माफी माग्न दवाव दिएका थिए ।


दलित अधिकारकर्मी गणेश विश्वकर्माले आफुले गरेको गल्तीको आत्मआलोचना गर्नुको साटो उल्टै सुझाव दिनु गलत र आपत्तिजनक भएको भन्दै श्रेष्ठलाई माफी माग्न आग्रह गरेका थिए । साँसद लक्ष्मी परियारले उच्च जातको अंहकारबादी सोच र शासकहरुको पुरानो शैली संसदभित्र मात्र नभई यस्ता बौद्धिक कार्यक्रमहरुमा समेत देखिइन थालेको भन्दै विरोध गरिन ।
साँसद विजय सुब्बाले कानुनतः संविधान कार्यान्वयनको चरणबाट अघि बढेको भन्दै दलित समुदायलाई आघात पुग्ने गरी सार्वजनिक कार्यक्रममै विभेदकारी अभिव्यक्ति दिनु गलत भएको टिप्पणी गरे ।


नियोककै महासचिव डा. गोपाल सिवाकोटीले संस्थाले कसैलाई पनि विभेद नगर्ने नीति लिएको बताउँदै अनायासै आएकोे समुदाय लक्षित अभिव्यक्ति ‘व्यक्तिगत विचार‘ भएको स्पष्टिकरण दिएका थिए ।
सबैबाट विरोध आएपछि अन्ततः श्रेष्ठले ‘आफुले बोलेको अभिब्यक्तिका कारण कसैको भावना र आत्मसम्मानमा ठेस पुगेका भए क्षमाप्रार्थी छु ‘ भनि आत्मआलोचना गदै मागी मागेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank