काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले सरकार शान्ति सुरक्षा कायम गर्नका लागि निरन्तर रहेको बताएका छन्।
बिहीबार राष्ट्रियसमा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा मन्त्री गुरुङले देशमा सुरक्षा कायमका साथै देशमा हुने हत्या, हिंसा, बलात्कार लगायतका अपराधहरूको अनुसन्धान चरणबद्ध रूपमा गरिरहेको बताएका हुन्।
बैठकमा राष्ट्रियसभा सदस्य विष्णु बहादुर विश्वकर्माले निर्मला पन्तका परिवारलाई न्याय दिन नसक्नुको कारण के हो ? निर्मलाको परिवारले कहिलेसम्म न्याय पाउँछ भन्दै प्रश्न गरेका थिए। जवाफमा गृहमन्त्री गुरुङले हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ? भन्दै उल्टै प्रश्न गरे।
एउटा आमाको घाउलाई कोट्याएको कोट्याएकै गरेर सदनमार्फत थप पीडा नदिन उनले आग्रह गरे। उनले यस विषयमा सूक्ष्म ढंगले अनुसन्धान भइरहेको बताए।

अब राष्ट्रिय सभामा यो प्रश्न चाहिँ नउठाउन गृहमन्त्रीले आग्रह गरेपछि राष्ट्रियसभा सदस्य विश्वकर्माले आपत्ति जनाएका थिए। विश्वकर्माले प्रश्न गर्ने आफ्नो अधिकार भएकाले मन्त्रीले जवाफ दिनैपर्ने उल्लेख गर्दै अबको कति महिना, कति दिनभित्र हाम्री चेली निर्मलाले न्याय पाउँछिन् ? भन्दै प्रश्न गरे।


























Leave a Reply