चैते धान उत्पादनमा जोड दिन मन्त्री चौधरीको निर्देशन

दलित अनलाइन साउन १०, २०८३

जनकपुर —  कृषि, वना तथा पर्यावरणमन्त्री गिता चौधरीले चैते धान उत्पादनमा जोड दिन कृषि अनुसन्धान केन्द्र, हर्दिनाथका विज्ञ तथा अनुसन्धानकर्ताहरुलाई निर्देशन दिएकी छन्।

दुई दिने धनुषा भ्रमणमा रहकी मन्त्री चौधरीले आज(आइतबार) धनुषाको हर्दिनाथ स्थित अनुसन्धान कृषि अनुसन्धान केन्द्रका विज्ञहरुसंग भेट गर्नुका साथै यस भेगमा कृषिको उत्पादन तथा अनुसन्धानबारे जानकारी लिएकी छन्।

सो क्रममा मन्त्री चौधरीले मधेश प्रदेशको कृषि क्षेत्रमा विद्यमान समस्याहरुलाई औंल्याउँदै, अनुसन्धानकर्ताहरुलाई चैते धान उत्पादनमा जोड दिन निर्देशन दिएकी छन्।

त्यस्तै, मधेश प्रदेशमा सिचाँईको गम्भीर समस्या रहेकाले कम पानीमा उत्पादन हुन सक्ने सुख्खा धानको अनुसन्धानमा जोड दिन विज्ञहरुलाई मन्त्री चौधरीले सुझाव दिइन्।

मन्त्री चौधरीले हर्दिनाथबाट उत्पादन हुने हर्दिना धानको विउ अब्वल भएपनि ३५ प्रतिशत किसानले मात्र प्रयोग गर्ने गरेको पाइएकाले अधिकतम किसानले सो विउ प्रयोग गर्न रुचाउने वातावरण निर्माण गर्न अनुसन्धान केन्द्रलाई निर्देशन दिइन।

उनले किसानलाई विउ उत्पादन, मल, बजार व्यवस्थापनलगायतका सम्पूर्ण वातावरण मिलाउने हिसाबले वान प्याकेज दिने गरी काम गर्न अनुसन्धान केन्द्रलाई सुझाव दिइन।

मन्त्री चौधरीले अनुसन्धान केन्द्रहरुले बजेटको कमी भयो भनेर गुनासो गर्नुको साटो बजेट ल्याउनसक्ने काम आफैंपनि गर्नुपर्ने सल्लाह दिइन।

अनुसन्धान केन्द्रहरु विभिन्न राष्ट्रिय र अन्तराष्ट्रि संघ संस्था तथा डिपार्टमेन्टहरुको सदस्य हुने गरेकाले ती स्थानहरुबाट पनि बजेट भित्र्याउन पहल गर्नुपर्ने मन्त्री चौधरीको भनाई छ।

मन्त्री चौधरी दुई दिन यता धनुषाका विभिन्न कृषि सहकारी संस्था, कृषि उत्पादन संस्था तथा किसानसंग प्रत्यक्ष आवद्ध भएका संस्थाहरुमा पुगेर किसानहरुका समस्या र वस्तुस्थितिबारे जानकारी लिएकी छन्। उनले मधेश प्रदेशका किसान तथा कृषि उत्पादनलाई थप गुणस्तरीय बनाउन सरकारले विशेष ध्यान दिने बताएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank