नेकपाको संयन्त्र गठन

दलित अनलाईन २६ आश्विन २०७५, शुक्रबार १८:४९

पर्वत –  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले जिल्लाका सात वटै स्थानीय तहमा पार्टीका संयन्त्र गठन गरेको छ । नेकपाको बिहीबार बसेको जिल्ला संयन्त्र बैठकले सबै पालिकामा संयन्त्र गठन गरेको हो ।

नेकपा गण्डकी प्रदेशका सहइन्चार्ज खगराज अधिकारी, अध्यक्ष हितराज पाण्डे र प्रदेश कमिटीका सचिव गोविन्द नेपालीको उपस्थितिमा बसेको बैठकले सर्वसम्मत रुपमा संयन्त्र चयन गरेको नेकपाले जनाएको छ । संयन्त्रमा साविक एमाले र माओवादी केन्द्रका नगरपालिका र गाउँपालिका कमिटीका इन्चार्ज तथा पदाधिकारीलाई सदस्यका रुपमा राखिएको छ । संयोजक भने वरिष्ठ सदस्यमध्येबाट चयन गरिने वा आलोपालो समेत गर्न सकिने व्यवस्था गरिएको नेकपाका केन्द्रीय सदस्य गुप्तबहादुर हमालले जानकारी दिनुभयो ।

अर्को व्यवस्था नभएसम्म संयन्त्रका सदस्यले एकीकृत पार्टीको गतिविधि सञ्चालन गर्ने भएका छन् । नेकपाले तल्लो तहमा कमिटी एकीकरण गर्ने उद्देश्यसहित सबै नगर तथा गाउँपालिका संयन्त्रको बैठक बसी ६१ वटै वडामा संयन्त्र बनाउने निर्णय गरेको छ । पालिकाका संयन्त्र बैठक आजदेखि शुरु भएर सोमबारसम्म सम्पन्न गरिसक्ने निर्णय भएको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य हमालले जानकारी दिनुभयो । वडा संयन्त्र गठन गर्दा वडा इन्चार्ज, अध्यक्षसहित पदाधिकारीलाई सहभागी बनाएर साविक एमाले तथा माओवादी केन्द्रबाट दुई दुई सदस्य रहने व्यवस्था गर्न निर्देशनसमेत दिएको छ ।

यसैगरी बिहीबार नै बसेको सचिवालय बैठकले साविक एमालेको जिल्ला कार्यालयलाई नै एकीकृत पार्टीको जिल्ला कार्यालयका रुपमा सञ्चालन गर्ने तथा पार्टी जिल्ला कार्यालयको सचिवको जिम्मा शिवलाल सार्कीलाई दिने निर्णयसमेत भएको छ ।
नेकपा पर्वतको जिल्ला संयन्त्रमा भने केन्द्रीय सदस्य हमाल र नेपाली तथा साविक एमालेबाट पदम गिरी, भक्त कुँवर, पदमपाणि शर्मा र गोविन्द पहाडी तथा साविक माओवादी केन्द्रबाट गगन थापा, केशव कुँवर, सुदीप कुँवर र सन्तबहादुर गुरुङ हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank